प्रतिनिधि सभा पुन:र्स्थापना गर्ने सर्वोच्चको फैसला (पूर्णपाठसहित)

काठमाडौं । सर्वाेच्च अदालतले प्रतिनिधि सभा पुन:स्थापना गर्ने निर्णय गरेको छ । अदालतले प्रतिनिधि सभा विघटन गर्ने सरकारको निर्णय बदर गर्दे प्रतिनिधि सभा पुन:स्थापना गर्ने निर्णय गरेको हो । सर्वोच्चले १३ दिनभित्र प्रतिनिधि सभा बैठक बोलाउन सरकारलाई निर्देशन समेत दिएको छ ।
गत पुष ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गर्नुभएको थियो । प्रतिनिधि सभा विघटनको विरोधमा सर्वोच्च अदालतको संवैधानिक इजलासमा १३ थान सिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले अन्तिम निर्णय सुनाएको हो।
संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा, विश्वम्भर प्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल, तेजबहादुर केसीले विघटन विरुद्धका रिटमा सुनुवाइ गर्नुभएको हो ।
पूर्णपाठ: