कांग्रेस सर्वोच्चको फैसलालाई स्वागत गर्छ : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतको फैसलालाई कांग्रेसले स्वागत गर्ने बताउनुभएको छ । अदालतले प्रतिनिधि सभा पुन:स्थापनाको निर्णय गरेसँगै सभापति देउवाले अदालतको फैसला कांग्रेसले स्वागत गर्ने बताउनुभएको हो ।
उहाँले सामाजिक सञ्जालमार्फत अदालतको फैसला स्वागतयोग्य भएको उल्लेख गर्नुभएको छ । उहाँले आफूले शुरु देखिनै अदालतलाई स्वतन्त्र भएर फैसला गर्न सघाउनुपर्छ भन्दै आएको उल्लेख गर्नुभएको छ । सभापति देउवाले अदालतको फैसला एतिहासिक भएको समेत बताउनुभएको छ ।