Logo फाल्गुन २४, २०७७ सोमबार


संसद पुन:स्थापनापछि प्रधानमन्त्री ओलीको आगामी कदम के होला ?

काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधि सभा पुन:स्थापना गर्ने निर्णय गरेको छ । अदालतले प्रतिनिधि सभा विघटन गर्ने सरकारको निर्णय बदर गर्दै प्रतिनिधि सभा पुन:स्थापना गर्ने निर्णय गरेको हो । सर्वोच्चले १३ दिनभित्र प्रतिनिधि सभा बैठक बोलाउन सरकारलाई निर्देशन समेत दिएको छ ।

योसँगै अब नेपालको राजनीति के होला भन्ने आम जनमानसमा चासो बढेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिन्छन् कि अब फेरि अर्को के निर्णय गर्ने हुन भन्ने उत्सुकता पनि उत्तिकै छ ।

यसैबीच नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री ओलीले राजीनामा दिएको खण्ड संसद् स्वभाविक प्रकियामा अघि बढ्ने बताउनुभयो । उहाँले अदालतको फैसलासँगै संसदीय प्रक्रिया सुचारु हुने बताउनुभयो ।

त्यसैगरी ओली सरकारका पूर्व प्रवक्ता गोकुल बास्कोटाले अदालतको फैसला स्वभाविक भएको बताउनुभएको छ । सामाजिक सञ्जालमार्फत उहाँले संविधानले नभइ राजनीतिले संसदमा असर गरेको उल्लेख गर्नु भएको छ । उहाँले राजनीति आ–आफ्नै ताल सुरमा चलिरहने भएकोले अदालतको फैसलालाई स्वभाविक र नियमित रुपमा लिनुपर्ने आशय व्यक्त गर्नुभएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष

पितृसत्ताको जाँतोमा लामो समयसम्म महिलाहरु थिचिएकै कारण उनीहरुलाई बाहिर आउन निकै लामो सघर्ष गर्नुपरेको यथार्थ हामी सामू छदैछ ।

काठमाडौं । नक्सालमा भीषण आगलागी भएको छ । नारायण चौर नजिक रहेको फुट ट्र रेष्टुरेन्टमा आगलागी भएको हो। आगलागी नियन्त्रणका…

सर्वोच्च अदालतले तत्कालीन एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपा खारेज गरे फैसलापछि सो समूहले आकस्मिक स्थायी समिति बैठक बोलाएको…

उपराष्ट्रपति पुनले राज्यको हरेक निकायमा महिला सहभागिता बढिरहेको उल्लेख गर्दै यस उपलब्धी प्रति गर्व गर्दै बाँकी उपलब्धीहरुका लागि सचेत रहन…

नेकपा स्रोतका अनुसार आज अपरान्ह तीन बजे पेरिसडाँडामा बोलाएको स्थायी कमिटी बैठकबाट पुनरावलोकनमा जानेबारे औपचारिक निर्णय गर्नेछ।

हिउँदमा पनि नदीमा पानी बगाउन शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जमा बाँध निर्माण भइरहे पनि पूरा हुन सकेको छैन ।