प्रतिनिधि सभा पुनस्थापनाप्रति भारतीय सञ्चार माध्यमको चासो, कसले के लेखे ?

काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन गर्ने निर्णयप्रति भारतले चासो देखाएको छ । सरकरको निर्णयलाई बदर गर्दै अदालतले मंगलबार प्रतिनिधि सभा पुनस्थापना गरेसँगै भारतीय सञ्चार माध्यमले चासो देखाएका हुन् ।
भारतीय सञ्चार माध्यम ‘दैनिक भाष्कर’ ले सर्वोच्च अदालतले गरेको निर्णयले प्रधानमन्त्री केपी शर्मा ओलीलाई झड्का लागेको उल्लेख गरेको छ । संसद पुनस्थापनाको निर्णय सँगै पछिल्लो समय ओलीले गरेका नियुक्ती पनि पनि स्वतह खारेज भएकोप्रति चासो देखाएको छ ।
त्यसैगरी ‘नवभारत टाइम्स’ ले पनि सर्वोच्चको उक्त निर्णयप्रति चासो देखाएको छ । अदालतले प्रधानमन्त्रीमाथि हटौडा प्रहार गरेको भन्दै समाचार प्रकासन गरेको छ ।