नेकपाले बोलायो संसदीय दलको बैठक

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले संसदीय दलको बैठक बोलाएको छ। सर्वोच्च अदालतले संसद विघटन बदर गरेपछि नेकपाले बैठक बोलाएको हो।
आगामी रणनीति तय गर्न र अनौपचारिक छलफलका लागि सांसदहरुलाई बोलाइएको प्रमुख सचेतक देव गुरुङले जानकारी दिनुभयो । प्रमुख सचेतक गुरुङका अनुसार बैठकबाट संसदीय दलले आगामी संसद बैठकमा खेल्नुपर्ने भूमिका र रणनीति तय गरिनेछ ।
नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले पनि अपराह्न ४ बजेका लागि संसदीय दलको बैठक बोलाइएको बताउनुभयो ।
नेकपाले यसअघि केपी शर्मा ओलीलाई संसदीय नेताबाट हटाएर पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई नेता चयन गरिसकेको छ। त्यस्तै, ओलीलाई नेकपाको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिएको छ ।