आज देशभर नेकपाको विजय जुलुस

काठमाडौं । नेपाल कम्युनिष्ट पाटी (नेकपा) ले आज विजय जुलुश निकाल्ने भएको छ। प्रतिनिधिसभा विघटनको विरुद्धमा सर्वोच्च अदालतमा रिट हालेको नेकपाले सर्वोच्चको फैसला सकारात्मक भन्दै स्वागत समेत गरेको छ ।
सर्वोच्चले प्रतिनिधिसभा पुनर्स्थापना गर्न आदेश दिएपछि देशैभर विजय जुलुश निकाल्न लागेको नेकपाले जनाएको छ। काठमाडौंमा आयोजना हुने जुलुसमा अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल सहभागी हुनु हुनेछ । मध्यान्ह १२ बजे हुने जुलुशमा सहभागी हुन अध्यक्षद्वय चितवनबाट हिंडिसक्नु भएको छ ।
चितवनमा आज हुने भनिएको विरोध सभामा सहभागी हुन अध्यक्षद्वय त्यहाँ पुग्नुभएको थियो । नेकपाले आजै संसदीय दलको बैठक डाकेको छ। संसद् पुनर्स्थापना भएपछि पार्टीले संसदीय दलको बैठक बोलाएको हो ।