Logo बैशाख १, २०७८ बुधबार


ओली समूहको स्थायी समिति बैठक जारी, पत्रकारलाई प्रवेश निषेध

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केपी शर्मा ओली समूहको स्थायी कमिटी बैठक जारी छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नेकपाको स्थायी समिति बैठक शुरु भएको हो।

सर्वोच्चको फैसलापछिको राजनीतिक परिस्थिति र अब कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफलका लागि प्रधानमन्त्री ओलीले स्थायी समिति बैठक बोलाउनु भएको हो ।

बैठकमा नेताहरु ईश्वर पोखरेल, रामबहादुर थापा‘बादल’, नेम्वाङ लगायत सहभागी हुनुहुन्छ । बालुवाटारमा जारी बैठकमा पत्रकारलाई भने प्रवेश दिइएको छैन।

प्रधानमन्त्री ओलीले ५ पुसमा प्रतिनिधि सभा विघटन गर्ने निर्णय गर्नुभएको थियो । मन्त्रिपरिषदको रिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गरी आगामी १७ र २७ वैशाखमा निर्वाचतको मिति घोषणा गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । विभाजनको संघारमा रहेको नेकपा (एमाले) का दुवै समूह पृथक ढंगले अघि बढिरहे पनि भित्र/भित्रै केही नेताहरु पार्टी एकढिक्का…

राती देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।

सन्तानबाट धनको सुख पाइनेछ। व्यापारमा लाभ हुनेछ। परिश्रमको फल मिल्नेछ।

कम लागतमा धेरै फाइदा लिन सकिने हुँदा माहुरी पालन पेशा फाईदाजनक भएको खत्रीकाे भनाइ छ ।

जतिसुकै नयाँ बीमा योजना ल्याएपनि यी समस्यालाई समाधान नगरेसम्म बीमा बजारको विस्तार हुन नसक्ने उहाँकाे भनाइ थियाे ।

कोरोना सङ्क्रमण पुष्टि भएसँगै कोभिड सघन उपचार कक्षमा उपचाररत उनको आज बिहान मृत्यु भएको स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीले…