Logo बैशाख ५, २०७८ आइतबार


नैतिकताको गम्भीर परीक्षामा राजनीतिक दल र कार्यकर्ताहरु

‘अपराधीले बदमासी गर्छ त हाम्रो के दोष’ भनेर प्रहरी उम्कन नपाएजस्तै पार्टीभित्र ओली प्रवृति विकसित हुनुमा आफ्ना के–कस्ता कमजोरी रहे भन्ने विषयमा खुलाखुलस्त आत्मालोचना हुनसक्यो भने मात्रै अगाडि बढ्ने ढोका खुल्ने छ ।

–डा.विजयकुमार पौडेल

अनेक आशंकाहरूलाई पन्छाउँदै सम्मानित सर्वोच्च अदालतले संविधानवादको रक्षा गरेको छ, संविधानलाई जोगाएको छ । वि.सं. २०७७ साल पौष ११ गते तद् अनुसार २३ फरवरी, २०२१ मा नेपालको सर्वोच्च अदालतले गरेको फैसला न्यायिक इतिहासमा समग्र विश्वलाई नै एक नजिर बन्ने निश्चित छ । सम्मानित अदालतको यो फैसलाले देशको लोकतन्त्रलाई गम्भीर दुर्घटना हुनबाट जोगाएको छ । यो फैसलासँगै देशका सबै राजनीतिक पार्टीहरुको काँधमा गम्भीर जिम्मेवारी थपिदिएको छ । अब हेर्नु छ, देशका राजनीतिक पार्टीहरू अब आफूलाई विगतका तमाम गल्तिहरुबाट कत्तिको माथि उठाउन सक्छन् । नेपालका राजनीतिक पार्टीहरुलाई इतिहासले फेरि एकपटक आ–आफ्ना गल्ति–कमजोरी सच्याएर राष्ट्र निर्माणमा लाग्ने मौका दिएको छ । सर्वोच्चले लोकतन्त्र विरोधीहरूलाई ठेगान लगाएको मात्रै छैन, लोकतन्त्रको नयाँ यात्रा शु्रु गर्नका लागि दलहरुलाई थप मौका दिएको छ । अब देशको राष्ट्रियता र लोकतन्त्रको पक्षमा रहेका सबै दलका अगाडि नैतिक परीक्षाको घडि शुरु भएको छ ।

मापदण्ड र विधि नमान्नु केपी ओली प्रवृति हो भने त्यसका विपरित आफूहरुले नेतृत्व गरेको नेकपाको बहुमत पक्षलाई मापदण्डका आधारमा एकीकृत गर्नका लागि दृढ भएर उभिने नैतिक साहस माधव नेपाल–पुष्पकमल दाहाल पक्षले देखाउनै पर्दछ ।

सबैभन्दा ठूलो नैतिकताको परीक्षा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता–कार्यकर्ताहरूले दिनु पर्ने भएको छ । कानुनी हिसाबले नेकपा विभाजित भएको छैन तर व्यवहारतः केपी ओलीको नेतृत्वले पार्टी विभाजनको घातक प्रयास गरिसकेको छ । पार्टी कमिटी र संसदीय दलको अत्यधिक बहुमत माधव नेपाल–पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्व रहेको नेकपासँग छ । नेकपाको यो पक्षसँग इतिहासको वर्तमान घडीले गम्भीर समीक्षाको माग गरेको छ । जनताले अत्यधिक विश्वास गरेर दिएको जनमतलाई देश र जनताको हितमा सम्हालेर लैजान नसक्नु, सरकारका तीन–तीनवटा नीति कार्यक्रम आधारभूतरुपमा जनविरोधी आउनु, पार्टीको एकजना अध्यक्ष निर्लज्ज तरिकाले प्रतिगमनको योजनाकार बन्ने परिस्थिति तयार हुनु र मानार्थ राष्ट्रपतिले निर्लज्ज तरिकाले आफूलाई कार्यकारीको जस्तो ब्यवहार गर्ने ठाउँमा पुग्नुका पछाडि आफ्ना के–कस्ता कमजोरी रहे भन्ने कुरा नेकपाको बहुमत पक्षले समीक्षा गर्नै पर्दछ ।

यसबीचमा जे–जति विग्रह भयो, त्यसका लागि अल्पमतमा रहेका केपी ओलीले अपराध गरेका छन् भने नेकपाको बहुमत पक्षले पनि आफ्नो तर्फबाट के–कस्ता गल्ति भए भनेर कुरा नबटारीकन, कुनै घुमाउरो भाषा प्रयोग नगरी स्वीकार गर्ने हिम्मत देखाउनु पर्दछ ।

पार्टीभित्र निर्लज्ज तानाशाहको हालिमुहाली चलिरहँदा कुनै निर्णायक वैचारिक प्रतिवाद गर्न नसक्नु र फकाएर तथा अनुनय–विनयबाट काम निकाल्ने पटकपटकको प्रयत्न निरर्थक हुँदा पनि त्यही काम गरेर समाजवादी अभियानको विजारोपण गर्न सकिने अमूल्य तीन वर्ष खेर फाल्नुका पछाडि सबैभन्दा पहिले आफ्ना कमजोरीको आत्मसमीक्षा गर्ने नैतिक साहस देखाउन सक्यो भने मात्रै पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपालको नेतृत्वमा रहेको नेकपाले नैतिकताको कसीमा आफूलाई सफल बनाउने यात्रा शुरु गर्न सक्ने छ । आफ्ना गल्ति स्विकार्ने कामले नैतिकताको यात्रा शुरु मात्रै गराउने छ, त्यसपछि दर्जनौं ठाउँमा कम्युनिष्ट नैतिकताको परीक्षा दिएर अगाडि बढ्नु पर्ने छ । नेकपाले आफूलाई राष्ट्रको सेवक वा प्रहरी ठान्छ भने आफ्नो कर्तव्य के हो भन्ने हेक्का पनि राख्नु पर्दछ । प्रहरीले हत्या, लूट, बलात्कारजस्ता जघन्य अपराध गर्नेलाई समयमै कारवाही गर्न सकेन भने जनताले उसलाई विश्वास गर्दैनन् । ‘अपराधीले बदमासी गर्छ त हाम्रो के दोष’ भनेर प्रहरी उम्कन नपाएजस्तै पार्टीभित्र ओली प्रवृति विकसित हुनुमा आफ्ना के–कस्ता कमजोरी रहे भन्ने विषयमा खुलाखुलस्त आत्मालोचना हुनसक्यो भने मात्रै अगाडि बढ्ने ढोका खुल्ने छ ।

सांसदहरुलाई खरिद गरी आफ्नो बहुमत बनाउन सकिन्छ कि भनेर केपी ओली पक्ष हिँजो रातिदेखि नै प्रयास शुरु गरिसकेको छ, अनेक सांसदहरूलाई प्रलोभन दिने काम शुरु भैसकेका पर्याप्त सूचना आइसकेका छन् । यस्तो कुकृत्यबाट बहुमत पक्षको नेकपा सय कोस टाढा रहोस् । अनि मात्र बहुमत पक्ष सही बाटोमा छ भन्ने प्रमाणित हुने छ।

परिस्थितिको ठोस विश्लेषणका साथ अगाडि सारिने वैचारिक मार्गदर्शनमा मात्रै हरेक राजनीतिक पार्टी आ–आफ्नो बाटोमा अगाडि बढ्न सक्छन् । कम्युनिष्ट पार्टीका लागि त ठोस वैचारिक निरुपण अपरिहार्य कुरा हो । जनताले झण्डै दुईतिहाई मत दिएको नेकपाको शीर्ष नेतृत्वले विगत तीन वर्षमा टेलिभिजन र पत्रपत्रिकालाई दिएको अन्तर्वार्ताबाहेक एउटा पनि वैचारिक लेख लेख्न नसक्नु, विग्रँदै गैरहेको परिस्थितिलाई सम्हाल्न सक्ने गरी एउटा पनि दस्तावेज अगाडि सार्न नसक्नु र केपी ओलीसँग अनुरोध गरेको भरमा पार्टी सच्याउन सकिन्छ भन्ने भ्रममा पर्नु तथा निजले न्याय गर्लान् भन्ने भ्रममा बालुवाटार धाइरहनु नै यसबीचका बिडम्बनाहरु रहे । पछिल्लोपटक अगाडि सारिएका आरोप–प्रत्यारोप पछि त पार्टीमा विस्फोट भैहाल्यो । त्योभन्दा अगाडि नै प्रधानमन्त्रीका प्रतिगामी कदम रोक्न पहल गर्नु पर्ने थियो । यसैले यसबीचमा जे–जति विग्रह भयो, त्यसका लागि अल्पमतमा रहेका केपी ओलीले अपराध गरेका छन् भने नेकपाको बहुमत पक्षले पनि आफ्नो तर्फबाट के–कस्ता गल्ति भए भनेर कुरा नबटारीकन, कुनै घुमाउरो भाषा प्रयोग नगरी स्वीकार गर्ने हिम्मत देखाउनु पर्दछ ।

अब नयाँ सरकार बनाउँदा सही र सरल संसदीय अभ्यासमा रहन सक्नु नै मूलधारको नेकपाका नेतृत्व र कार्यकर्ताहरूको नैतिक परीक्षाको पहिलो खुड्किलो हुने छ ।

राज्यसत्तालाई जनताको सेवामा हाेइन, आसेपासे भ्रष्टहरूको सेवामा लगाउने गरेको केपी ओलीपक्षबाट माधव–पुष्पकमल पक्षले नेतृत्व गरेको नेकपालाई कमजोर बनाउन अनेक प्रयास भए र अझै हुने छन् । सांसदहरुलाई खरिद गरी आफ्नो बहुमत बनाउन सकिन्छ कि भनेर केपी ओली पक्ष हिँजो रातिदेखि नै प्रयास शुरु गरिसकेको छ, अनेक सांसदहरूलाई प्रलोभन दिने काम शुरु भैसकेका पर्याप्त सूचना आइसकेका छन् । यस्तो कुकृत्यबाट बहुमत पक्षको नेकपा सय कोस टाढा रहोस् । अनि मात्र बहुमत पक्ष सही बाटोमा छ भन्ने प्रमाणित हुने छ । अब नयाँ सरकार बनाउँदा सही र सरल संसदीय अभ्यासमा रहन सक्नु नै मूलधारको नेकपाका नेतृत्व र कार्यकर्ताहरूको नैतिक परीक्षाको पहिलो खुड्किलो हुने छ ।

केपी ओलीले आफू प्रधानमन्त्री हुनका लागि मात्रै पार्टी एकता गर्नु भएको थियो भन्ने कुरा दिनको घामजस्तै छर्लङ्ग भैसकेको छ । तीन वर्षसम्म उहाँले पार्टी एकताको कामलाई अगाडि बढ्नै दिनु भएन । तर अब माधव–प्रचण्डले आफूले नेतृत्व गर्नुभएको र बहुमत रहेको पार्टीमा बाँकी रहेको एकताको कामलाई कसरी अगाडि बढाउनु हुन्छ त भन्ने प्रश्न अगाडि तेर्सिएको छ । मापदण्ड र विधि नमान्नु केपी ओली प्रवृति हो भने त्यसका विपरित आफूहरुले नेतृत्व गरेको नेकपाको बहुमत पक्षलाई मापदण्डका आधारमा एकीकृत गर्नका लागि दृढ भएर उभिने नैतिक साहस माधव नेपाल–पुष्पकमल दाहाल पक्षले देखाउनै पर्दछ ।

एकता खोज्ने हो भने सबैका कुरा सुन्ने र अवसरहरूको वितरणमा सहभागिताको आवश्यकता पर्दछ । आफू पदमा टासिँदा ठीक, अरुले एकलौटी नगर्न अनुरोध गर्दा “पदलोलुप” भनेर आरोप लगाउने हो भने त कहिल्यै एकता हुन्न । अनि खुम्चिँदै खुम्चिँदै जाने कि ठूलो कम्युनिष्ट पार्टी बनाउने ? सरकार प्रमुखले एकलौटी हिँड्न पाउने कि आफ्ना कामहरूका बारेमा पार्टीमा परामर्श पनि गर्ने ?

केपी ओलीलाई पक्कै पनि असफल हुने रहर त थिएन । केपी ओलीको सबैभन्दा ठूलो कमजोरी भनेको कसैका कुरा नसुन्ने र सुनिहाले आफ्नो वरिपरि घुम्दै जयजयकार गर्नेहरुका कुरा सुनेर अगाडि बढ्ने प्रवृति हो । अब माधव नेपाल र पुष्पकमल दाहालले पनि यसबारे विचार गर्ने कि नगर्ने ? आफ्नो निजी हितका लागि केही माग्न नजाने र भेट हुँदा नीतिगत सुझाव दिने कार्यकर्ताका कुरा सुन्ने कि जहिले पनि गनगन् गर्ने र पद र प्रतिष्ठाका लागि मरिहत्ते गर्ने माानिसका कुरा सुन्ने भन्ने विषयमा नेकपाको बहुमत पक्ष स्पष्ट हुनै पर्दछ । बुझ्नु पर्दछ, केपी ओली नाम मात्रै हाेइन, विकृति र विसंगतिको एक प्रवृति हो । आफूले गरेका काम सबै ठीक भन्नु तथा आफूबाट गल्ति हुनै सक्दैनन् भन्ने मान्यता राख्नु केपी ओली प्रवृति हो । केपी ओलीलाई गनगन् गर्नेले डुबाए भने त्यही प्रवृतिका मानिसहरु कतै आफ्नो नजिक त छैनन् भनेर प्रतिगमनको विरुद्ध आन्दोलन गरी विजय प्राप्त गरेको नेतृत्वले पनि सोँच्नै पर्दछ । बहुमत पक्षले बुझ्नु पर्दछ– सानो प्रयासले मात्रै गतिलो पार्टी बन्ने छैन । सही मार्क्सवादी–लेनिनवादी पार्टी बनाउनका लागि ‘म’, ‘मेरो’ भन्ने प्रवृतिबाट माथि उठ्ने नेतृत्वले मात्रै अबको युग हाँक्न सक्नेछ ।

भ्रमवस्, भावनामा बगेर वा अन्य विविध कारणले केपी ओलीको पक्षमा रहेका नेता–कार्यकर्ताहरूको अगाडि नैतिकतासम्बन्धी प्रश्नका पहाड उभिएका छन् । छिटोभन्दा छिटो प्रतिगमनको कित्ता छोडेर मूल पार्टीमा फर्केमा धेरै नैतिक प्रश्नको जवाफ दिनु पर्ने छैन नत्र केपी ओलीको पक्षमा लाग्नेहरूलाई भविष्यले बोल्नै नसक्ने ठाउँमा पुर्याउने छ । केपी ओलीको पक्षमा लागेर कस्तो पार्टी बन्छ ? के त्यो कम्युनिष्ट पार्टी हुन्छ जहाँ जनताको घरमा छाना हाल्न छोडेर सरकार पशुपतिमा करोडौंको सुन दान गर्छ ? केपी ओलीको नेतृत्वमा कस्तो पार्टी बन्छ जहाँ संसदीय दलमा सांसदहरुलाई बोल्नै दिइन्न ? कस्तो पार्टी बन्छ, जहाँ नेताले कहिल्यै गल्ति स्विकार्नु पर्दैन ? केपीजी कस्तो पार्टी बनाउनु हुन्छ जहाँ गुण्डाहरुको संरक्षण हुन्छ ? भ्रष्टाचारको आरोप लागेका आफ्ना कार्यकर्ताहरुका बारेमा छानविनसम्म गर्न आवश्यक नदेख्ने नेतृत्वले देशमा कस्तो सुशासन देला ? पार्टीभित्रको विवादमा आफू पछि हटेर भए पनि समाधान गर्ने नेतृत्वले मात्रै देश हाँक्न सक्छ । पार्टी भित्रको विवादलाई पार्टी बैठकबाट समाधान गर्नु पर्ने हो कि हैन ? ल ओलीजीलाई षडयन्त्र गरेर प्रधानमन्त्रीबाट हटाउनै लागे भन्ने लागेको हो भने पनि त्यो कुराको गुहार पार्टीमा माग्ने हो कि “म पार्टीको बैठकमा आउन्न, निर्णय मान्दिन” भन्न पाइने हो ? आफू अनुकूलको निर्णय भए मान्ने नत्र नमान्ने नेताले कस्तो पार्टी बनाउला ?

केपी ओलीको पक्षमा लागेर कस्तो पार्टी बन्छ ? के त्यो कम्युनिष्ट पार्टी हुन्छ जहाँ जनताको घरमा छाना हाल्न छोडेर सरकार पशुपतिमा करोडौंको सुन दान गर्छ ?

केपी ओलीजीले पार्टीसँग कुनै सल्लाह नगरी ल्याएका तीनवटा नीति तथा कार्यक्रम र बजेटमा कहाँनिर कम्युनिष्ट वा समाजवादी भावना अभिव्यक्त भएको छ ? फरकमत राख्नेहरूलाई गालिगलौज गर्नेहरूलाई मात्रै नजिक देख्ने नेतृत्वको पछाडि लागेर जीवनभर “हस हजूर” भन्दै रहने हो वा चित्त नबुझेको कुरामा आलोचना गर्ने हिम्मत राख्ने हो ? ओलीजीको पार्टीमा आलोचनात्मक चेतका लागि कुनै ठाउँ छैन, चाकरीका लागि मात्रै ठाउँ छ । अहिले केपी ओलीको पक्षमा भएका कार्यकर्ताहरूले गम्भीर भएर सोँच्नु पर्ने अवस्था छ– भविष्यमा कम्युनिष्ट पार्टीहरुलाई एकजुट बनाउने प्रयास गर्ने कि नगर्ने ? एक्लै–एक्लै हिँड्ने हो कि भविष्यमा पुनः एकताको सम्भावना खोज्ने ? एकता खोज्ने हो भने सबैका कुरा सुन्ने र अवसरहरूको वितरणमा सहभागिताको आवश्यकता पर्दछ । आफू पदमा टासिँदा ठीक, अरुले एकलौटी नगर्न अनुरोध गर्दा “पदलोलुप” भनेर आरोप लगाउने हो भने त कहिल्यै एकता हुन्न । अनि खुम्चिँदै खुम्चिँदै जाने कि ठूलो कम्युनिष्ट पार्टी बनाउने ? सरकार प्रमुखले एकलौटी हिँड्न पाउने कि आफ्ना कामहरूका बारेमा पार्टीमा परामर्श पनि गर्ने ?

अँ, ओलीजीको चाटुकारितामा रमाउन छोडेर एकपटक चुच्चे नक्शा को मात्रै उदाहरण लिउँ न । तेश्रो नीति तथा कार्यक्रम प्रस्तुत गर्ने दिन पुष्पकमल दाहाल–माधव नेपालको अनुरोधमा सचिवालय बैठक बसेपछि लिम्पिया धुरा समेटिएको नक्शा छाप्ने कुरा उठेको हो र त्यहीँबाट प्रधानमन्त्रीले मुख्य सचिवलाई फोन गरेर अन्तिम अवस्थामा त्यो कुरा राख्न लगाइएको थियो । प्रधानमन्त्री आफैले त्यो कुरा ल्याउनु भएको थिएन । जे भो, त्यो राम्रो भयो । यसैगरी हरेक निर्णयमा पार्टीको सामूहिकता लिएको भए के बिग्रने थियो ?

के नेपाली कांग्रेसको क्रान्तिकारी तप्काले भ्रष्ट र नीतिहीन नेतृत्वलाई कार्वाही गर्ने आँट गर्न सक्छ ? नेपाली कांग्रेसका सच्चा नेता–कार्यकर्ताहरुका अगाडि गम्भीर नैतिक प्रश्न छ ।

नैतिकताको महाँ खडेरी नेपाली कांग्रेसको वर्तमान नेतृत्वमा देखिएको छ । नेपाली कांग्रेसले यसपटक प्रतिगमनका विरुद्ध स्पष्ट अभिमत राख्न र आन्दोलनको नेतृत्व गर्नबाट चुक्यो । परिस्थितिले एकपटक पुनः लोकतन्त्रको च्याम्पियन हुने मौका नेपाली कांग्रेसलाई दिएको थियो, प्रतिगमनका विरुद्ध संयुक्त आन्दोलनको नेतृत्व गरेर, तर नेपाली कांग्रेस यसपाली नराम्ररी चुक्यो । प्रतिगामी सरकारसँग खुसुक्क भागवण्डा गर्ने नेतृत्वलाई बोकेर अगाडि बढ्ने हो र अब पनि गलत नेतृत्वलाई तह नलगाउने हो भने नेपाली कांग्रेस अगाडि बढ्न सक्ने छैन ।

प्रतिगमनको विरोध गरेजस्तो पनि गर्ने, अनि उसैसँग मिल्ने नेतृत्वलाइृ पुनः सरकारमा जाने मौका दिनु भनेको नेपाली कांग्रेसलाई समाप्त पार्ने दिशामा लैजानु हो भन्ने बारेमा हेक्का राख्न नसक्ने हो भने भविष्यमा हुने चुनाव प्रचारका बेला जनताले सोध्ने प्रश्नको उत्तर नेपालाी कांग्रेसका उमेदवारहरूले कसरी देलान् ? नेकपाले ढिलै भए पनि केपी ओलीलाई कार्वाही गरेर हटाउने आँट गर्यो । यसैले आन्दोलनमा जाने नैतिक बल प्राप्त भयो । के नेपाली कांग्रेसको क्रान्तिकारी तप्काले भ्रष्ट र नीतिहीन नेतृत्वलाई कार्वाही गर्ने आँट गर्न सक्छ ? नेपाली कांग्रेसका सच्चा नेता–कार्यकर्ताहरुका अगाडि गम्भीर नैतिक प्रश्न छ ।

सँगै हिँडेको मानिसलाई भाइरसले छोएको छ भने आफूलाई पनि त्यसले पक्कै भेटेको छ र म यसलाई जितेर अगाडि बढ्नु पर्दछ भन्ने चेत सबै पार्टीका नेता–कार्यकर्तामा आउन जरुरी छ । खासगरी नेकपा बहुमत पक्षका नेता र कार्यकर्ता सबैले आफूमा थोरैधेरै ओली प्रवृति पक्कै सरेको छ भनेर महसुस् गर्ने र त्यसबााट जोगिन सही कम्युनिष्ट आचरण, कार्यशैली, संगठन र विचारधारा अपनाउन जरुरी छ ।

प्रतिगमनको विरुद्ध आन्दोलनमा उत्रिएका अरु राजनीतिक पार्टीहरुका अगाडि पनि आ–आफ्नै प्रकारका नैतिकताका प्रश्नहरू उपस्थित भएका छन् । उनीहरुले पनि आत्मसमीक्षा गरी अगाडि बढेमा मात्र भविष्यको राजनीतिक यात्रा सहज हुने छ ।

देशको लोकतन्त्रलाई सनकी तानाशाहको पञ्जाबाट यसपटक सर्वोच्च अदालतले जोगाइदिएको छ । सधैंभरी अदालतले लोकतन्त्र जोगाउने गरी काम गर्ने अवस्था अवश्य पनि आउँदैन । लोकतन्त्र जोगाउन राजनीतिक दलहरू नै सक्षम हुनु पर्दछ । यसका लागि राजनीतिक दलहरू आफ्नो पार्टीभित्र र बाहिर दुबै ठाउँमा लोकतान्त्रिक हुनै पर्दछ । वास्तविक अर्थमा लोकतान्त्रिक हुन सक्ने कि नसक्ने भन्ने प्रश्न सबै दलका नेता–कार्यकर्ताका अगाडि तेर्सिएको छ । हाम्रोजस्तो मुलूकमा ओली प्रवृति एक खतरनाक भाइरस जस्तै हो । सँगै हिँडेको मानिसलाई भाइरसले छोएको छ भने आफूलाई पनि त्यसले पक्कै भेटेको छ र म यसलाई जितेर अगाडि बढ्नु पर्दछ भन्ने चेत सबै पार्टीका नेता–कार्यकर्तामा आउन जरुरी छ । खासगरी नेकपा बहुमत पक्षका नेता र कार्यकर्ता सबैले आफूमा थोरैधेरै ओली प्रवृति पक्कै सरेको छ भनेर महसुस् गर्ने र त्यसबााट जोगिन सही कम्युनिष्ट आचरण, कार्यशैली, संगठन र विचारधारा अपनाउन जरुरी छ । पारदर्शी र स्वआलोचित ब्यवहार नअपनाउने हो भने नेकपाको बहुमत पक्षमा पनि अर्को ओली जन्मिने खतरा छ भनेर बुझ्न आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । वर्तमान सरकारमा सहभागि हुने या नयाँ गठबन्धन निर्माण गरी अघि बढ्ने भन्ने दोधारमा रहेको जनता समाजवादी पार्टी (जसपा)…

हाल देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदलीको अबस्था रहेको महाशाखाको भनाइ छ।

बोली वचनले साथ दिनेछ। आफन्त भेटघाट हुनेछ। धनको कारोबार बढ्नेछ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृह जिल्ला झापामा एमालेकै वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव नेपालसमूहले पार्टी पुनर्गठन गरेको…

३ वटा सुरुङहरु निर्माण गर्नुपर्ने भएकाले नेपालको सन्दर्भमा नयाँ काम चुनौतिपूर्ण छ ।

तनहूँ जिल्लाको नाम तनहूँसुरबाट अप्रभंश भएर रहेको भन्ने किंवदन्ती छ ।