Logo बैशाख १, २०७८ बुधबार


जनता समाचारमा बुधवार प्रकाशित समाचार सार

जनतासमाचार डट्कममा बुधवार प्रकाशित समाचारका मुख्य अंशहरू :

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले सबै नेताहरुलाई पार्टीमा फर्केर आ–आफ्नो जिम्मेवारी लिन आह्वान गरेको छ ।  बुधबार बसेको बैठकले नयाँ सन्दर्भमा भ्रममा परेर वा अन्य कुनैपनि कारणले फुटवादी गुटमा लाग्नुभएका सबै नेता कार्यकर्तालाई आ–आफ्नो जिम्मेवारीमा फर्कन आह्वान गर्ने निर्णय गरेको हो ।

 

अनेक आशंकाहरूलाई पन्छाउँदै सम्मानित सर्वोच्च अदालतले संविधानवादको रक्षा गरेको छ, संविधानलाई जोगाएको छ । वि.सं. २०७७ साल पौष ११ गते तद् अनुसार २३ फरवरी, २०२१ मा नेपालको सर्वोच्च अदालतले गरेको फैसला न्यायिक इतिहासमा समग्र विश्वलाई नै एक नजिर बन्ने निश्चित छ । सम्मानित अदालतको यो फैसलाले देशको लोकतन्त्रलाई गम्भीर दुर्घटना हुनबाट जोगाएको छ । 

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) ओली समूहको स्थायी कमिटी बैठकले सर्वोच्च अदालतको प्रतिनिधि सभा विघटनलाई बदर र १३ दिनभित्र प्रतिनिधि सभाको बैठक बोलाउन गरेको फैसलालाई कार्यान्वयन गर्ने निर्णय गरेको छ । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा ओली समूहको स्थायी कमिटी बैठकले सर्वोच्चले मंगलबार गरेको फैसलालाई कार्यान्वयन गर्ने निर्णय गरेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतको मंगलबारको फैसलापछि पनि आफ्नो काम निरन्तर रुपमा चलिरहने बताउनुभएको छ । बुधबार राजधानीमा आयोजित ‘नेपालको माटोको डिजिटल नक्सा’ सार्वजनिक कार्यक्रममा ओलीले अब विरोधीले आफ्नो राजीनामा माग्न थाल्ने आशंका व्यक्त गर्दै सरकार निरन्तर चलिरहने बताउनुभएको हो ।

सर्वोच्च अदालतले पशुपतिनाथ मन्दिरमा जलहरी नराख्न आदेश जारी गरेको छ । प्रदेशसभा सांसद नरोत्तम वैद्य र अधिवक्ता नितीका ढुंगानाले दायर गरेको छुट्टाछुट्टै रिटमाथि सुनुवाई गर्दै अदालतले बुधबार सरकारका नाममा अन्तरकालीन अन्तरिम आदेश जारी गरेको हो ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दाहाल–नेपाल समूहको संसदीय दलकाे बैठक शुरु भएको छ । संसदीय दलको कार्यालयमा बुधबार अपरान्ह संसदीय दलकाे बैठक बसेको हो । बैठकमा प्रतिनिधि सभा र राष्ट्रिय सभाका ९० जनाभन्दा बढी सांसदहरूकाे उपस्थिति रहेकाे नेकपा स्राेतले जानकारी दिएकाे छ ।

स्वास्थ्य मन्त्रालयको तथ्यांक भन्दा थप ६ सय १९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएपछि तथ्यांक सच्याइएकाे छ । मन्त्रालयले बुधबार कोरोनाबाट मृत्यु हुनेको संख्यामा ६ सय १९ जना थप गरेको हो ।

मुक्तिनाथ प्रवेशद्वाराको रुपमा परिचित कुश्मा नगरपालिकामा रहेको सहस्रधारा अहिले मासिने अवस्थामा पुगेको छ । धार्मिक तथा सांस्कृतिक पर्यटक भित्र्याउने प्राचीन सहस्रधाराको रुपमा स्थापित दिव्यधाम अहिले कसैले पनि ध्यान नदिँदा मासिने अवस्थामा पुगेको हो ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय दाहाल-नेपाल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । भेटघाटका तथा छलफलका लागि दाहाल-नेपाल देउवा निवास बुढानिलकण्ठ पुग्नुभएकाे हाे ।

पूर्वप्रधानमत्री तथा जनता समाजवादी पार्टीका नेता डा.बावुराम भट्टराईको बायोप्सी रिपोर्ट आउन चार दिन लाग्ने भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि परीक्षणका लागि आइतबार भारत जानुभएका भट्टराई मंगलबार दिल्लीस्थित यकृत एवं पित्त विज्ञान संस्थानमा भर्ना हुनुभएको हो ।

 कोरोना महामारीका कारण बन्द भएका विद्यालय एक वर्षपछि सञ्चालनमा आएका छन् । गत वर्ष जाडो सकेर विद्यार्थी भर्ना अभियान शुरु गर्दैगर्दा कोरोनाले एसइई परीक्षा स्थगित भएसँगै बन्द भएका विद्यालय सञ्चालन आएका हुन् ।

 वरिष्ठ अधिवक्ता गोविन्द बन्दीले वर्तमान सरकारले विभिन्न निकायमा असंवैधानिक तवरले गरेका नियुक्ति स्वत: खारेज हुने बताउनु भएको छ । बन्दीले सरकार आफैले ल्याएको त्यससम्बन्धी अध्यादेश संविधानसँग बाझिएको र नियुक्ति प्रक्रियामा सार्वभौम संसदका सभामुखलाई पनि सहभागी नगराइएकाले नियुक्तिहरु स्वत: बदर हुने बताउनुभएको हो ।

बुधबार नेपाली बजारमा सुनको भाउ प्रतितोला ३ सय रुपैयाँले घटेको छ । मंगलबार छापावाला सुन प्रतितोला ९० हजार १ सयमा कारोबार भएको थियो भने बुधबार घटेर प्रतितोला ८९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यसैगरी तेजावी सुन प्रतितोला ८९ हजार ३ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई तत्काल सचिवालय बैठक बोलाउन माग गर्नुभएको छ । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरेपछि उहाँले आज (बुधबार) विज्ञप्ति जारी गर्दै पार्टी एकता जोगाउन पार्टी मुख्यालय धूम्रबाराहीमा सचिवालय बैठक बोलाउन माग गर्नुभएको हो ।

व्यास नगरपालिका–१० स्थित शिव माध्यमिक विद्यालयबाट डिजिटल सिकाइ अभियान शुभारम्भ गरिएको छ । व्यास नगरपालिकाको सहयोग तथा एककिृत हरित विकास नेपालको सहकार्य एवं टच स्काइ एजुकेशन नेटवर्क र बिएसएस कम्प्युटर लर्निङ सेन्टर प्रालिको प्राविधिक सहयोगमा डिजिटल सिकाइ अभियान मंगलबारदेखि थालिएको हो ।

महानगरपालिकाले आफू मातहत रहेका विद्यालयमा स्थानीय भाषा पठनपाठन गराउन १ सय ७२ नयाँ शिक्षक नियुक्ति गर्ने तयारी गरेको छ । संवैधानिक व्यवस्थाअनुरुप अनिवार्यरूपमा १०० नम्बरको एक विषय अध्ययन अध्यापन गराउन सकिने व्यवस्था गरिएको छ ।

नेपाल कम्युनिष्ट पाटी (नेकपा) ले आज विजय जुलुश निकाल्ने भएको छ। प्रतिनिधिसभा विघटनको विरुद्धमा सर्वोच्च अदालतमा रिट हालेको नेकपाले सर्वोच्चको फैसला सकारात्मक भन्दै स्वागत समेत गरेको छ । सर्वोच्चले प्रतिनिधिसभा पुनर्स्थापना गर्न आदेश दिएपछि देशैभर विजय जुलुश निकाल्न लागेको नेकपाले जनाएको छ।

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत गएराति भएको खेलमा लीड्स युजाइटेड विजयी बनेको छ । मंगलबार राति घरेलु मैदानमा भएको खेलमा लीड्सले साउथह्याम्पटनलाई ३- ० ले पराजित गरेको हो । लीड्सका लागि ४७ औं मिनेटमा प्याट्रिक बामफोर्ड, ७८ औं मिनेटमा स्टूआर्ट डालास र ८४ औं मिनेटमा राफिन्हाले गोल गरेका हुन् ।

नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले सर्वोच्चको फैसलाले अदालतप्रतिको आशा र विश्वास बढाएको बताएको छ । प्रतिनिधिसभाबारे मंगलबारको अदालत फैसला लोकतन्त्र, संविधान र नेपाली जनताको पक्षमा रहेको भन्दै नेविसंघले यसले जनतामा अदालतप्रतिको विश्वास अझ प्रगाढ बनेको बताएको हो ।

प्रतिनिधिसभा विघटनको निर्णय बदर गर्ने सर्वोच्च अदालतको फैसलालाई प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले स्वागत गरेको छ। सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतको निर्णयलाई स्वागतयोग्य कदम भन्दै अदालतले लिएको संसद् पुनःस्थापनाको निर्णयलाई  स्वागत गर्नु भएको हो ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले प्रतिनिधिसभा पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको फैसलालाई स्वागत गरेको छ। नेकपाले प्रतिनिधिसभा विघटनको असंवैधानिक कदमलाई खारेज गरेर संसद पुनर्स्थापना गरेको भन्दै अदातलको फैसलालाई स्वागत गरेको हो ।

बुधबार राजधानीबाट प्रकाशित पत्रपत्रिकाले पनि फरक–फरक विषयका समाचारलाई महत्वका साथ छापेका छन्। पत्रिकाहरूमा सर्वोच्चबाट प्रतिनिधिसभा विघटन बदर, स्वागतयोग्य कदम: कांग्रेस , सुरक्षा संयन्त्र ‘हाइ अलर्ट’ मा र यातायात शाखा अधिकृत विष्ट ‘भ्रष्टाचारी’ ठहर लगायत शीर्षकमा प्राथमिकताका साथ समाचार सम्प्रेषण गरेका छन् ।

विश्वभरमा आठ करोड ८२ लाखभन्दा बढी कोरोना भाइरसका बिरामी निको भएका छन् । बुधबार बिहानसम्ममा आठ करोड ८२ लाख नौं हजार पाँच सय तीन जना संक्रमित कोरोनामुक्त भएका हुन् । हालसम्म विश्वमा ११ करोड २६ लाख २५ हजार दुई सय २७ जनामा कोरोना संक्रमण भएको छ । संक्रमितमध्ये २४ लाख ९४ हजार आठ सय २४ जनाको मृत्यु भइसकेको छ । हाल विश्वमा दुई करोड १९ लाख २० हजारभन्दा बढी सक्रिय संक्रमित छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । विभाजनको संघारमा रहेको नेकपा (एमाले) का दुवै समूह पृथक ढंगले अघि बढिरहे पनि भित्र/भित्रै केही नेताहरु पार्टी एकढिक्का…

राती देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।

सन्तानबाट धनको सुख पाइनेछ। व्यापारमा लाभ हुनेछ। परिश्रमको फल मिल्नेछ।

कम लागतमा धेरै फाइदा लिन सकिने हुँदा माहुरी पालन पेशा फाईदाजनक भएको खत्रीकाे भनाइ छ ।

जतिसुकै नयाँ बीमा योजना ल्याएपनि यी समस्यालाई समाधान नगरेसम्म बीमा बजारको विस्तार हुन नसक्ने उहाँकाे भनाइ थियाे ।

कोरोना सङ्क्रमण पुष्टि भएसँगै कोभिड सघन उपचार कक्षमा उपचाररत उनको आज बिहान मृत्यु भएको स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीले…