Logo बैशाख १, २०७८ बुधबार


फागुन १६ गते नेपालकै ठूलो औद्योगिक पार्कको शिलन्यास हुने

झापा । दमकबाट आठ किलोमिटर दक्षिणमा निर्माण हुने नेपालकै सबैभन्दा ठूलो औद्योगिक क्षेत्र ‘चीन–नेपाल मैत्री औद्योगिक पार्क’को यही फागुन १६ गते शिलान्यास हुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गर्ने कार्यक्रम तय भएको पार्कका अध्यक्ष गोविन्द थापाले बुधबार पत्रकार सम्मेलनमार्फत जानकारी दिनुभएको हो ।

दमक नगरपालिका–१०, कमल गाउँपालिका–७ र गौरादह नगरपालिका–५ को संगमस्थलमा एक हजार तीन सय बिघा क्षेत्रफल निजी जग्गा अधिग्रहण गरेर नेपाल सरकारले पार्क बनाउन लागेको हो ।

पार्कमा ६५ अर्ब चिनियाँ लगानी भित्र्याउन सरकारले स्वीकृति प्रदान गरिसकेको र शिलान्यास भएको दुई वर्षभित्र संरचना बनिसक्ने अध्यक्ष थापाले बताउनुभयो । सरकारले जग्गा अधिग्रहण गरेबापत स्थानीयवासीलाई एक अर्ब ३६ करोड मुआब्जा दिनुपर्नेमा हालसम्ममा ९५ करोड उपलब्ध गराइसकेको छ ।

जग्गा ४० वर्षका लागि सरकारले पार्कलाई भाडामा दिएको हो । ४५ हजार नेपालीले प्रत्यक्ष रोजगारी पाउने सो पार्कमा पहिलो चरणमा २६ वटा कृषि, टेक्सटाइल, मोबाइल, विद्युतीयलगायतका कारखाना स्थापना हुने र त्यहाँबाट उत्पादित वस्तु विदेश निर्यात हुने थापाले दाबी गर्नुभयो ।

रोजगारी, लगानी र क्षेत्रफलका आधारमा नेपालको सबैभन्दा ठूलो औद्योगिक क्षेत्र भएकाले सो पार्क मुलुकको नमूना बन्ने उहाँको भनाई छ । पार्कमा चीनको मात्र लगानी रहने र नेपालले यसका लागि चीन सरकारसँग कुनै ऋणसमेत नलिएको उहाँले स्पष्ट पार्नुभयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । विभाजनको संघारमा रहेको नेकपा (एमाले) का दुवै समूह पृथक ढंगले अघि बढिरहे पनि भित्र/भित्रै केही नेताहरु पार्टी एकढिक्का…

राती देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।

सन्तानबाट धनको सुख पाइनेछ। व्यापारमा लाभ हुनेछ। परिश्रमको फल मिल्नेछ।

कम लागतमा धेरै फाइदा लिन सकिने हुँदा माहुरी पालन पेशा फाईदाजनक भएको खत्रीकाे भनाइ छ ।

जतिसुकै नयाँ बीमा योजना ल्याएपनि यी समस्यालाई समाधान नगरेसम्म बीमा बजारको विस्तार हुन नसक्ने उहाँकाे भनाइ थियाे ।

कोरोना सङ्क्रमण पुष्टि भएसँगै कोभिड सघन उपचार कक्षमा उपचाररत उनको आज बिहान मृत्यु भएको स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीले…