Logo बैशाख १, २०७८ बुधबार


सबै स्थानीय तहमा सैनिक गुप्तचर विस्तार हुने

काठमाडौं । बुधबार जनतासमाचार डट्कम मा प्रधानमन्त्री ओली राजनीनामा गर्नुपर्छ : देउवा, फागुन १६ गते नेपालकै ठूलो औद्योगिक पार्कको शिलान्यास हुने, प्रधानमन्त्रीले आत्मालोचनासहित राजीनामा दिनुपर्छ : उपाध्यक्ष गौतम र मूल पार्टीमा फर्किएर जिम्मेवारी लिन नेकपाको आह्वान लगायतका शीर्षकका समाचार तथा विचार प्रकाशित गरिए ।

बिहीवार राजधानीबाट प्रकाशित पत्रपत्रिकाले पनि फरक–फरक विषयका समाचारलाई महत्वका साथ छापेका छन्। पत्रिकाहरूमा सबै स्थानीय तहमा सैनिक गुप्तचर विस्तार हुने, संसद्‌भित्र नेकपाको संघर्ष झन् जटिल, देउवासँग दाहाल–नेपालको प्रस्तावः नयाँ सरकारमा सहकार्य गरौं र ‘प्रतिबद्ध कामदार’ लाई कोरिया प्रवेशमा प्राथमिकतालगायतका शीर्षकमा प्राथमिकताका साथ समाचार सम्प्रेषण गरेका छन् ।

नयाँ पत्रिका दैनिकमा नेपाली सेनाले मुलुकभर आफ्नै इन्टेलिजेन्स (गुप्तचर) विस्तार गरेको समाचारलाई मुख्य स्थान दिएर सम्प्रेषण गरिएको छ । अहिले ७७ जिल्लामा रहेको सैनिक इन्टेलिजेन्सलाई विस्तार गरेर सेनाले नगरपालिका र गाउँपालिका पालिका तह (७५३) सम्म पुर्‍याउउन लागेको समाचारमा उल्लेख छ । ‘थ्री प्लस वान’ कमान्ड अवधारणाअन्तर्गत सेनाले आफ्नो इन्टेलिजेन्स प्रत्येक गाउँपालिका तहसम्म विस्तार गर्न लागेको जनाएको छ । सेनाको विस्तारित इन्टेलिजेन्सले ‘क्लान्टेस्टिन (केप्ट सेक्रेट एन्ड डन सेक्रेट)’ अवधारणाबाट काम गर्नेछ ।

सैनिक प्रवक्ता सहायक रथी सन्तोषबल्लभ पौडेलले सैनिक इन्टेलिजेन्स जिल्ला तहबाट पालिका तहसम्म लग्ने सेनाको तयारी रहेको बताउनुभएको समाचारमा उल्लेख छ । ‘आफ्नो इन्टेलिजेन्स हुनुपर्छ भन्ने यथार्थलाई मध्यनजर गरेर सेनामा इन्टेलिजेन्स खडा भएको हो । हाल हामीसँग ७७ जिल्लामै इन्टेलिजेन्स खडा छन् अब यसलाई विस्तार गरी गाउँपालिका तहसम्मै विस्तार गर्ने हाम्रो योजना छ,’ पौडेलले भन्नुभयो, ‘सेनाको यो आवश्यकता पनि हो ।’

कान्तिपुर दैनिकमा संसद्‌भित्र नेकपाको संघर्ष झन् जटिल शीर्षकमा प्रमुख समाचार छापिएको छ । समाचारमा प्रधानमन्त्री केपी शर्मा ओलीले चरण–चरणको रणनीति बनाइरहेका बेला ओली विरूद्धको लडाइँ आफ्नै पार्टीको संसदीय दलमा हो या प्रतिनिधिसभामा भन्नेमा दाहाल–नेपाल पक्षधर स्पष्ट हुन नसकेको विश्लेषण गरिएको छ ।

समाचारमा प्रतिनिधिसभा चुनावबाट दुई तिहाइ मतसहित ५ वर्ष सरकार चलाउने म्यान्डेट पाएको नेकपा ३ वर्षमै दुईतिर बाँडिएपछि अब सत्ता सञ्चालनका लागि दुवै पक्षलाई अर्को पार्टीको साथ चाहिने भएको विषय पनि समेटिएको छ । संसदीय दलको सालाखाला आँकडाअनुसार केपी शर्मा ओली र पुष्पकमल दाहाल–माधवकुमार नेपाल दुवै पक्षलाई कांग्रेसको साथबिना सरकार बनाउन निकै जटिल छ । त्यसमाथि प्रधानमन्त्री ओलीले राजीनामा नदिने र संसद्को सामना गर्ने निर्णय गरेपछि नेकपा, संसदभित्रको समीकरण र सत्ता साझेदारीको आगामी अवस्था प्रस्ट भइनसके पनि त्यसले अप्ठ्यारो परिस्थिति निम्त्याउने देखिएको समाचारमा विश्लेषण छ । भावी समीकरणमा कांग्रेस निर्णायक शीर्षकको अर्को समाचारलाई पनि पत्रिकाले मुख्य स्थान दिएको छ ।

नागरिक दैनिकले संसदमा झन्डै दुईतिहाइ बहुमतनजिक रहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राजनीतिक रूपमा विभाजित भएपछि नयाँ सरकार कसरी बन्छ र चल्छ भन्ने अन्योल कायमै रहेका बेला दाहाल–नेपाल समूहले सरकार बनाउन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग सहयोग मागेको विषयलाई प्रमुख समाचारका रुपमा प्स्तुत गरेको छ । समाचारमा उल्लेख भए अनुसार नेकपा दाहाल–नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्दै नयाँ सरकारमा सहकार्य गर्न कांग्रेस सभापति देउवासँग प्रस्ताव गरेको हो ।

चितवनमा बुधबार हुने भनिएको सभालाई सम्बोधन नगरी काठमाडौं आएका नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपाल देउवालाई भेट्न बुढानीलकण्ठस्थित उनको निवास पुगेको पत्रिकामा लेखिएको छ । त्यहाँ दाहाल–नेपालले सरकारमा सहकार्यका लागि प्रस्ताव राखेका थिए । ‘प्रतिगमनविरुद्धको आन्दोलनमा जसरी हामी सबै दलसँग सल्लाह गरी अघि बढेका थियौं, अब बन्ने सरकारका लागि पनि त्यसरी नै अघि बढ्नेछौं, यसमा धोका हुँदैन, सहकार्य गरौं’, दाहाल–नेपालले देउवालाई प्रस्ताव राख्नुभएको समाचारमा उल्लेख छ ।

 

 

 

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । विभाजनको संघारमा रहेको नेकपा (एमाले) का दुवै समूह पृथक ढंगले अघि बढिरहे पनि भित्र/भित्रै केही नेताहरु पार्टी एकढिक्का…

राती देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।

सन्तानबाट धनको सुख पाइनेछ। व्यापारमा लाभ हुनेछ। परिश्रमको फल मिल्नेछ।

कम लागतमा धेरै फाइदा लिन सकिने हुँदा माहुरी पालन पेशा फाईदाजनक भएको खत्रीकाे भनाइ छ ।

जतिसुकै नयाँ बीमा योजना ल्याएपनि यी समस्यालाई समाधान नगरेसम्म बीमा बजारको विस्तार हुन नसक्ने उहाँकाे भनाइ थियाे ।

कोरोना सङ्क्रमण पुष्टि भएसँगै कोभिड सघन उपचार कक्षमा उपचाररत उनको आज बिहान मृत्यु भएको स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीले…