जातकै कारण फ्ल्याट भाडामा नदिने घरबेटी पक्राउ

काठमाडौं । जातकै कारण करुणा विश्वकर्मालाई फ्ल्याट भाडामा दिन नमान्ने घरबेटी माधवराज भुसाललाई महानगरीय प्रहरी वृत्त महाराजगन्जले पक्राउ गरेको छ ।
गत बिहीबार जातीय विभेद गरेको भन्दै करुणाले वृत्तमा जाहेरी दिएकी थिइन् । करुणाको जाहेरीको आधारमा प्रहरीले घरबेटी भुसाललाई पक्राउ गरेको डिएसपी रोशन खड्काले जानकारी दिनुभयो ।