Logo बैशाख १, २०७८ बुधबार


‘प्रतिबद्ध कामदार’ लाई कोरिया प्रवेशमा प्राथमिकता

काठमाडौं । कोरोना संक्रमणका कारण रोकिएको कोरियाको रोजगारी ‘प्रतिबद्ध कामदार’ (कमिटेड वर्कर) लाई पहिलो प्राथमिकतामा राखेर सुचारु गरिने भएको छ ।

कोरियाका रोजगारदाताले पुनः प्रवेश अनुमति दिएका यस्ता श्रमिक दक्ष र अनुभवी भएका कारण पहिलो प्राथमिकतामा राखिएको हो । कोरियामा श्रमिक आपूर्ति गर्दै आएका नेपालसहित १६ देशको संक्रमण अवस्थालाई हेरेर कोरिया सरकारले रोजगारी सुचारु गर्ने जनाइरहेका बेला पहिलो प्राथमिकतामा यस्ता कामदारलाई राखिने भएको हो ।

एचआरडी कोरिया र नेपालका प्रतिनिधिबीच पटक–पटक भएको छलफलमा कोरिया प्रवेश गराउने मोडालिटी, परीक्षालगायतका विषयमा समेत छलफल भएको छ ।

कोरियन पक्षले कुन मितिमा नेपाली श्रमिक लैजानेबारे जानकारी नदिए पनि पहिलो चरणमा भिसा लागेर जाने तयारीमा रहेका प्रतिबद्ध कामदार र त्यसपछि नयाँ श्रमिकलाई लैजाने अनौपचारिक जानकारी दिएको कारोवार दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । विभाजनको संघारमा रहेको नेकपा (एमाले) का दुवै समूह पृथक ढंगले अघि बढिरहे पनि भित्र/भित्रै केही नेताहरु पार्टी एकढिक्का…

राती देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।

सन्तानबाट धनको सुख पाइनेछ। व्यापारमा लाभ हुनेछ। परिश्रमको फल मिल्नेछ।

कम लागतमा धेरै फाइदा लिन सकिने हुँदा माहुरी पालन पेशा फाईदाजनक भएको खत्रीकाे भनाइ छ ।

जतिसुकै नयाँ बीमा योजना ल्याएपनि यी समस्यालाई समाधान नगरेसम्म बीमा बजारको विस्तार हुन नसक्ने उहाँकाे भनाइ थियाे ।

कोरोना सङ्क्रमण पुष्टि भएसँगै कोभिड सघन उपचार कक्षमा उपचाररत उनको आज बिहान मृत्यु भएको स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीले…