Logo बैशाख २, २०७८ बिहीबार


अब फेसबुकमा समाचार शेयर गर्दा शुल्क तिर्नुपर्ने

एजेन्सी । अष्ट्रेलियामा अब फेसबुकमा समाचार शेयर गरे पैसा तिर्नुपर्ने भएको छ । अस्ट्रेलियाले गुगल र फेसबुकजस्ता संस्थालाई सञ्चारमाध्यमको समाचार प्रयोग गरेबापत प्रकाशकलाई शुल्क तिर्नुपर्ने कानुन पारित गरेपछि समाचार शेयर गर्ने व्यक्तिले शुल्क तिर्नुपर्ने भएको हो।

यस्तो खालको कानुन संसारमै पहिलोपल्ट बनेको बताइएको छ । अमेरिकी प्रविधि संस्थाहरूले यो कानुनको विरोध गरेका थिए।

गतसाता फेसबुकले यो कानुनका कारण अस्ट्रेलियाका सबै समाचार बन्द गरेको थियो तर सरकारसँगको वार्तापछि त्यो खुला गरिएको छ।
त्यो वार्तापछि गरिएको संशोधनमा फेसबुक र गुगललाई त्यो कानुन छल्न सक्ने बाटो खुला गरिएको छ। त्यो बाटो भनेको ती कम्पनीले समाचार संस्थासँग सोझै सहमति गर्न सक्ने प्रावधान हो।

यो कानुन अस्ट्रेलियाको प्रतिनिधिसभाले बिहीवार संशोधन सहित पारित गरेको थियाे ।

अस्ट्रेलियामा लागु भएकाे यो कानुन अन्य देशहरूमा पनि समाचारका लागि सामाजिक सञ्जाल वा समाचार प्रयोग गर्ने साइटहरूलाई शुल्क तिर्नुपर्ने नियम लागु गर्न सम्भावित कानुनका रूपमा परीक्षण मानिएको छ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी अन्तिम चरणमा पुगेको छ । नेपाली कांग्रेस र माओवादी…

कास्की। माओवादी केन्द्रको समर्थनमा नेपाली काँग्रेसले गण्डकी प्रदेश सरकारको नेतृत्व गर्ने सम्भावना बढ्दै जाँदा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ नेतृत्वकाे सरकारकाे दिनगन्ती…

हाल देशका पहाडी भूभागहरूमा आंशिक बदली भइ बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ।

घरायसी तनाव बढ्नेछ। विश्वास घात हुन सक्नेछ। मनमा शंकाले दु:ख दिनेछ ।

काठमाडौं । विभाजनको संघारमा रहेको नेकपा (एमाले) का दुवै समूह पृथक ढंगले अघि बढिरहे पनि भित्र/भित्रै केही नेताहरु पार्टी एकढिक्का…

राती देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।