Logo बैशाख २८, २०७८ मंगलबार


सत्ता साझेदारीबारे दाहाल–नेपाल र जसपाबीच छलफल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का पुष्पकमल दाहाल र माधव नेपाल समूहले जनता समाजवादी पार्टीसँग सत्ता साझेदारीबारे छलफल गरेको छ । पार्टी कार्यालय पेरिसडाँडामा बिहीबार नेकपाका अध्यक्षद्वय दाहाल र नेपालले जसपाका शीर्ष नेतासँग सत्ता सहकार्य बारेमा छलफल गर्नुभएको हो।

छलफलमा जसपाबाट नेता महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो र नेता राजेन्द्र श्रेष्ठलगायतको उपस्थिति थियो । छलफलमा नेकपा अध्यक्षद्वयले संघीय लोकतान्त्रिक गणतन्त्र पक्षरधर शक्ति मिलेर अगाडि बढ्नुपर्ने प्रस्ताव गर्नुभयो।

नेकपाको प्रस्तावमा जवाफस्वरुप जसपाका नेताले सहकार्यका लागि आधिकारीक पार्टी हुनुपर्ने बताउँदै दाहाल र नेपाललाई ‘तपाइँहरु कुन पार्टी ?’ भन्ने प्रश्न गरे । अध्यक्ष दाहालले आफूहरुकै पार्टी आधिकारीक भएको भन्दै मनाउन खोजेपछि उनीहरुले पार्टीभित्र छलफल गरेर निर्णय गर्ने जवाफ दिए।

 

 

प्रतिक्रिया दिनुहोस्
विशेष

देशका केही स्थानमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुने महाशाखाको पूर्वानुमान रहेको छ।

मन्त्रालयका प्रमुख विशेषज्ञ डा रोशन पोखरेलले एक महिनामा एक लाख २८ हजार सङ्क्रमित बढेको जानकारी दिँदै सबैको प्रयासबाट नै सङ्क्रमण…

आज (मंगलबार) अस्पतालले प्रेस विज्ञप्ति जारी गरी दिएको जानकारी अनुसार पूर्वराजा शाहको २ दिनअघि पुनः स्वाब परीक्षण गरिएको र त्यसको…

प्रयोगशालाका लागि आवश्यक सामग्रीको अभावमा अस्पतालले परीक्षण रोकेको अस्पताल प्रशासन स्रोतले जानकारी दिएकाे छ ।

 बैठकले राष्ट्रिय प्राथमिकताप्राप्त विकास आयोजना बाहेकका सबै निर्माण कार्य पनि रोक्ने निर्णय गरेको छ । साथै अबको निषेधाज्ञा  थप कडा…

सहभागी प्रशिक्षार्थीहरुमा डेनमार्क, बेल्जियम, स्पेन, स्वीडेनलगायतका युरोपेली मुलुकमा रोजगारी तथा अध्ययनमा रहेका १८ युवा रहेको क्षेत्रीय सञ्चार स्रोत केन्द्र विराटनगरका…