Logo बैशाख २८, २०७८ मंगलबार


स्रोत नखुलेको २५ लाखसहित दुई भारतीय पक्राउ

अनिल तिवारी
बारा । स्रोत नखुलेको २५ लाख ३५ हजार रुपैयाँसहित प्रहरीले दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । कलैया उपमहानगरपालिका–८ बेरुवामा चेकजाँचका क्रममा प्रहरीले रकमसहित दुई जना भारतीयलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा मोटरसाइकल चालक भारत बिहार पूर्वी चम्पारण ग्राम पञ्चायत नरकटिया–७ नरटियाका ३५ वर्षीय चंद्र शेखर प्रसाद र मोटरसाईकल सवार ३८ वर्षीय संजय कुमार रहेका छन् ।

बुधबार बिहान ११ बजे बेरुवा टोलस्थित कलैया मटिअर्वा सडक खण्डमा जिल्ला प्रहरी कार्यलय बाराबाट खटिएको प्रहरी टोलीले मोटरसाइकल चेकजाँच गर्ने उनीहरुको शरीर तथा मोटरसाईकलको डिक्कीमा लुकाई राखेको अवस्थामा उक्त रकम फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीले उनीहरुबाट नेपाली एक हजार दरका एक हजार सात सय ७२ थान र पाँच सय दरका एक हजार पाँच सय २६ थान गरी जम्मा २५ लाख ३५ हजार रुपैयाँ फेला परेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक
दीपेन्द्र शाहीले जानकारी दिनुभयो ।

रकमका बारेमा सोधपुछ गर्दा स्रोत नखुलाएकोले मोटरसाइकल र दुवै जनालाई नियन्त्रणमा लिएर आवश्यक अननुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

देशका केही स्थानमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुने महाशाखाको पूर्वानुमान रहेको छ।

मन्त्रालयका प्रमुख विशेषज्ञ डा रोशन पोखरेलले एक महिनामा एक लाख २८ हजार सङ्क्रमित बढेको जानकारी दिँदै सबैको प्रयासबाट नै सङ्क्रमण…

आज (मंगलबार) अस्पतालले प्रेस विज्ञप्ति जारी गरी दिएको जानकारी अनुसार पूर्वराजा शाहको २ दिनअघि पुनः स्वाब परीक्षण गरिएको र त्यसको…

प्रयोगशालाका लागि आवश्यक सामग्रीको अभावमा अस्पतालले परीक्षण रोकेको अस्पताल प्रशासन स्रोतले जानकारी दिएकाे छ ।

 बैठकले राष्ट्रिय प्राथमिकताप्राप्त विकास आयोजना बाहेकका सबै निर्माण कार्य पनि रोक्ने निर्णय गरेको छ । साथै अबको निषेधाज्ञा  थप कडा…

सहभागी प्रशिक्षार्थीहरुमा डेनमार्क, बेल्जियम, स्पेन, स्वीडेनलगायतका युरोपेली मुलुकमा रोजगारी तथा अध्ययनमा रहेका १८ युवा रहेको क्षेत्रीय सञ्चार स्रोत केन्द्र विराटनगरका…