जनताकर्मी वैरागीको अभिनयमा म्यूजिक भिडियो सार्वजनिक

काठमाडौं । जनता प्रकाशन तथा प्रसारण लिमिटेडमा कार्यरत एल विवस वैरागीको अभिनयमा नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ। वैरागीद्वारा अभिनित तथा चर्चित गायक प्रमोद खरेलको स्वरमा रहेको ‘म मरेर पनि बाँचिरहेको छु’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो ।
योगेश बिष्टको रचना, विश्व अधिकारीको एरेन्जमेन्ट भएको म्युजिक भिडियोको पटकथा लेखन कलाकार वैरागीले नै गर्नुभएको छ । त्यस्तै, भिडियोको सम्पादन आभास रिजालको रहेको छ ।
माया प्रेम र विछोडको कथा रहेको म्युजिक भिडियोमा एल विवस बैरागी र यशोदा सापकोटाको जिवन्त अभिनय रहेको छ । त्यस्तै, बालकलाकारका रुपमा दिव्यास्त्र बस्नेत र दिवान्स बस्नेतको अभिनय देख्न सकिन्छ ।
राम सिटौलाको संगीत तथा अरुणदेव जोशीको निर्देशन रहेको म्युजिक भिडियोको छायांकन नारायण जीसीले गर्नुभएकाे हाे ।