Logo जेठ ३, २०७८ सोमबार


सिंहका हत्या आरोपी पुर्पक्षका लागि कारागार चलान

बझाङ । बझाङका अमृत सिंहको हत्याका पाँच अभियुक्तलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । छबिसपाथिभेरा गाउँपालिका–३ का २७ वर्षीय अमृत सिंहको हत्याका पाँच अभियुक्तलाई जिल्ला अदालत बझाङले मंगलबार पुर्पक्षका लागि कारागार चलान गरेको हो ।

पुर्पक्षका लागि कारागार चलान गर्नेमा छबिसपाथिभेरा गाउँपालिका–३ का विकास ऐडी, प्रकाश ऐडी, केदारमान ऐडी र ज्ञानबहादुर कठायत रहेका छन् ।

घटनामा संलग्न मानिएका प्रतिवादी अर्का जयाबहादुर रोकायालाई भने एक लाख धरौटीमा रिहा गर्ने आदेश भएको तर सो रकम तिर्न नसकेपछि उहाँलाई पनि कारागार चलान गरिएको अदालतका कर्मचारी अक्कल रावलले जानकारी दिनुभयो ।

हत्याको अभियोग लागेका पाँचै जना यस अगाडि प्रहरी हिरासतमा थिए । गएको माघ १३ गते बान्नीचौर माविको विद्यालय व्यवस्थापन समितिको विषयलाई लिएर उनीहरूबीच विवाद भएको थियो । सोही विषयलाई लिएर वडाध्यक्ष विकास ऐडी र उनका भाइसहितको टोलीले सिंहलाई खुणा प्रहार गरी हत्या गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

हाल देशभर सामान्य बदली रहेको छ महाशाखाले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।

अनावस्यक खर्च हुनेछ । नोक्सानी बेहोर्नु पर्नेछ । यात्रामा समस्या आउनेछ ।

विसं २०५० जेठ ३ गते पोखराबाट चितवन आउने क्रममा नेताद्वय सवार जीप दासढुङ्गामा रहस्यमय रुपमा दुर्घटना भएको थियो ।

नेपाली क्रान्तिको मौलिक सिद्धान्त एवं कार्यक्रमका रूपमा विकसित जनताको बहुदलीय जनवादले निर्दिष्ट गरेको बाटो ‘प्रतिस्पर्धाबाट श्रेष्ठता हाँसिल’ गर्ने कुराबाट भाग्ने…

काठमाडौं । ‘मान–सम्मानलाई उपभोग गर्दै किनारामा बसिबक्स्योस् महाराज। हात नलम्काइबक्स्योस्। आँखा नचम्काइबक्स्योस्। आफ्ना सुण्डमुण्डहरूलाई नचलाइबक्स्योस्। र, यदि सण्डमुण्डहरूलाई नै चलाउने…

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…