Logo बैशाख ७, २०७८ मंगलबार


सम्पदा वस्ती जाेडेर ‘पर्यटकीय प्राेडक्ट’ विकास अभियान सञ्चालन

ललितपुर । उपत्यकाका विभिन्न दशभन्दा बढी सम्पदा वस्तीलाई जोडेर नयाँ पर्यटकीय प्रोडक्ट विकास गर्ने अभियान ललितपुरको वुग्मती सम्पदाबाट अगाडि बढाइएको छ । कला, संस्कृतिको प्रचारप्रसार एवं प्रवर्द्धनसँगै स्थानीयको जिविकोपार्जनमा सहयोगसँगै आन्तरिक तथा बाह्य पर्यटकको बसाई बढाउन सम्पदा वस्तीले सहयोग गर्ने आशा गरिएको छ ।

बुधवार ललितपुर महानगरपालिका–२२ स्थित सम्पदा वस्ती वुङमतीको अवलोकन भ्रमण गर्दै उपत्यकाका दशभन्दा बढी सम्पदा वस्तीमार्फत नयाँ पर्यटकीय प्रोडक्टको विकास अभियान थालिएको छ । यूरोपियन युनीएनको स्विच एसिया सहयोग अन्तर्गत पर्यसम्पदा परियोजनाले सम्पदा वस्तीमा सम्पदा, वातावरणको संरक्षण र उद्यमशीलता विकास अन्तर्गत कार्य गरिरहेको हो ।

नेपालका लागि युरोपियन युनियनका राजदूत नोना डेप्रेजको उपस्थितिमा सम्पदा वस्तीमा भएका पुनर्निमाण सम्पदाको उद्घाटन उडक्राफ्ट सिटीको रुपमा विकास गर्ने गरी निर्माण हुन लागेको बहुउदेश्यीय भवनको शिलान्याससँगै वुङमती संग्राहलय र त्यहाँको कला संस्कृतिको अवलोकन गरिएको हो । परियोजनाले स्थानीय महिलाको जीवनस्तर उकास्ने अपेक्षा गरिएको छ ।

पर्यटकीय सम्पदा वस्ती वुङमतीलाई साइकल रुट बनाउने, वुङमतीको काष्ठकला र हस्तकलालाई विश्वव्यापीरुपमा चिनाउन र सम्पदा बस्ती संरक्षणमा स्थानीय सरकारसँगै परियोजना लागेको छ ।

दुई मिलियन अमेरिकी डलरको लागतमा सन् २०१८ बाट सुरु गरिएको परियोजना २०२१ को अन्त्यसम्ममा सम्पन्न गर्ने लक्ष्य लिइएको बताइएकाे छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ र बाकी भूभागको मौसम आँशिक बदली रहेको महाशाखाको भनाइ छ ।

धनको सहयोग जुट्नेछ। प्रिय वस्तु मिल्नेछ। पुरानो काममा फाइदा आउनेछ।

माओवादी केन्द्रले दल त्याग गरेको सूचना दिएपछि प्रतिनिधिसभा, राष्ट्रिय सभा र प्रदेशसभाका १३ जनाको पद रिक्त भएको छ ।

लक्ष्ण हेर्दा काेराेना संक्रमण भएकाे हुन सक्ने भएकाले कोरोना जाँचका लागि स्वाब संकलन गरी परीक्षणका लागि जिल्ला अस्पताल सिरहा पठाउने…

मृतक स्टाफ नर्स दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत हुनुहुन्थ्यो ।

सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटसमार्फत कलाकार श्रेष्ठले आफूलगायत परिवारका पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको बताउनु भएको हो ।