Logo बैशाख २८, २०७८ मंगलबार


कोरोना संक्रमणबाट मृत्यु हुने २५ लाख नाघे

काठमाडौं । विश्वमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या २५ लाख नाघेको छ । बिहीबार दिउँसोसम्म कोरोना संक्रमणबाट विश्वभरमा ज्यान गुमाउनेको संख्या २५ लाख नौ हजार आठ सय ९९ पुगेको हो ।

कोरोनाबाट ज्यान गुमाउनेमध्ये सबैभन्दा बढी अमेरिकाका छन् । अमेरिकामा हालसम्म पाँच लाख भन्दा बढी मानिसको कोरोना संक्रमणबाट ज्यान गएको छ । त्यसैगरी ब्राजिलमा दुई लाख ५० हजारभन्दा बढी मानिसको कोरोना संक्रमणबाट मृत्यु भएको छ भने भारतमा एक लाख ५६ हजार भन्दा बढी संक्रमितको मृत्यु भएको छ ।

हालसम्म ११ करोड ३१ लाख ४४ हजार सात सय ९३ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । त्यसैगरी संक्रमितमध्ये आठ करोड ८७ लाख ५७ हजार ६ सय ७० जना निको भइसकेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष

देशका केही स्थानमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुने महाशाखाको पूर्वानुमान रहेको छ।

मन्त्रालयका प्रमुख विशेषज्ञ डा रोशन पोखरेलले एक महिनामा एक लाख २८ हजार सङ्क्रमित बढेको जानकारी दिँदै सबैको प्रयासबाट नै सङ्क्रमण…

आज (मंगलबार) अस्पतालले प्रेस विज्ञप्ति जारी गरी दिएको जानकारी अनुसार पूर्वराजा शाहको २ दिनअघि पुनः स्वाब परीक्षण गरिएको र त्यसको…

प्रयोगशालाका लागि आवश्यक सामग्रीको अभावमा अस्पतालले परीक्षण रोकेको अस्पताल प्रशासन स्रोतले जानकारी दिएकाे छ ।

 बैठकले राष्ट्रिय प्राथमिकताप्राप्त विकास आयोजना बाहेकका सबै निर्माण कार्य पनि रोक्ने निर्णय गरेको छ । साथै अबको निषेधाज्ञा  थप कडा…

सहभागी प्रशिक्षार्थीहरुमा डेनमार्क, बेल्जियम, स्पेन, स्वीडेनलगायतका युरोपेली मुलुकमा रोजगारी तथा अध्ययनमा रहेका १८ युवा रहेको क्षेत्रीय सञ्चार स्रोत केन्द्र विराटनगरका…