सुन खानीमा पहिरो जाँदा ५ जनाको मृत्यु, ७० बेपत्ता

एजेन्सी । इन्डोनेसियाको केन्द्रीय प्रान्त सुलावेसीमा पहिरोमा परी पाँच जनाको मृत्यु भएको छ । सुलावेसीमा रहेको सुन खानीमा बुधबार आएको पहिरोमा परी कम्तीमा पाँच जनाको मृत्यु भएको हो ।
पहिरोमा परेर अन्य करिब ७० जना बेपत्ता भएको प्रकोप निन्त्रयण निकायले जानकारी दिएको छ । प्रान्तीय प्रकोप व्यवस्थापन निकायका प्रमुख दातु पामुसु टोम्बोलोटुटुले घटनास्थलबाट सिन्हवा समाचार समितिलाई टेलिफोन गरेर भारी वर्षाका कारण परिगी माउन्टोङ जिल्लाको बुरंगा गाउँमा रहेको परम्परागत सुन खानीमा पहिरो शुरु भएको बताउनुभएको थियो ।