Logo बैशाख २८, २०७८ मंगलबार


संविधान निर्माणमा समान सम्बोधन छैन : अध्यक्ष यादव

भगीरथ भण्डारी
इलाम । पूर्व उपप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले संविधान निर्माणमा समान रुपले सम्बोधन नभएको बताउनुभएको छ । जसपा इलाम जिल्ला समन्वय समिति इलामले आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै यादवले संविधानले सबैलाई समान सम्बोधन नगरेको बताउनुभएको हो ।

उहाँले सयौँ वर्षदेखि भेदभाव भइरहेको भन्दै यसको अन्त्य नगरेसम्म देश समृद्ध हुन नसक्ने बताउनुभयो । केपी ओली नेतृत्वको सरकार संघीय प्रणाली समाप्त पार्ने षड्यन्त्रमा लागेपनि सफल हुन नसकेको उहाँको भनाइ छ ।

जसपाका नेता अशोक राईले संविधानमा केही कमजोरी रहेको र नेपाली जनताको चाहनाअनुरुप बनाउन बाँकी रहेको बताउनुभयो । उहाँले संविधानमा धेरै विभेद देखिने बताउनुभयो । जातीवादी रहेको संविधान संशोधन हुनुपर्ने नेता राईको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

देशका केही स्थानमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुने महाशाखाको पूर्वानुमान रहेको छ।

मन्त्रालयका प्रमुख विशेषज्ञ डा रोशन पोखरेलले एक महिनामा एक लाख २८ हजार सङ्क्रमित बढेको जानकारी दिँदै सबैको प्रयासबाट नै सङ्क्रमण…

आज (मंगलबार) अस्पतालले प्रेस विज्ञप्ति जारी गरी दिएको जानकारी अनुसार पूर्वराजा शाहको २ दिनअघि पुनः स्वाब परीक्षण गरिएको र त्यसको…

प्रयोगशालाका लागि आवश्यक सामग्रीको अभावमा अस्पतालले परीक्षण रोकेको अस्पताल प्रशासन स्रोतले जानकारी दिएकाे छ ।

 बैठकले राष्ट्रिय प्राथमिकताप्राप्त विकास आयोजना बाहेकका सबै निर्माण कार्य पनि रोक्ने निर्णय गरेको छ । साथै अबको निषेधाज्ञा  थप कडा…

सहभागी प्रशिक्षार्थीहरुमा डेनमार्क, बेल्जियम, स्पेन, स्वीडेनलगायतका युरोपेली मुलुकमा रोजगारी तथा अध्ययनमा रहेका १८ युवा रहेको क्षेत्रीय सञ्चार स्रोत केन्द्र विराटनगरका…