Logo बैशाख ७, २०७८ मंगलबार


विद्यालय शिक्षामा गुणस्तर कसरी ल्याउने ?

–नवराज भट्ट

नेपालमा ३६ हजारभन्दा बढी विद्यालयमा २८ लाखको हाराहारीमा विद्यार्थीहरु पढ्छन् । विद्यालय तथा विद्यार्थी संख्यामा भएको यो वृद्धिले शिक्षमा पहुँच र सहभागिता उल्लेख्य बढेको देखाउँछ । तर कक्षा १ मा भर्ना भएका मध्ये ६२ प्रतिशत भन्दा बढी विद्यार्थी १० कक्षा नपुग्दै विद्यालय छाेड्छन् । यसले नेपालको विद्यालय तहको शिक्षामा शैक्षिक क्षतिको मात्रा ठूलो रहेको प्रष्ट पार्छ । भर्ना भएका बालबालिकाले पनि विद्यालयमा के–के सिक्नुपर्ने हो र सिकेका छन् भन्ने विषयमा सन्तोषजनक जवाफ दिन सकिएको छैन ।

शिक्षा के र कति भन्ने सम्बन्धमा विभिन्न दृष्टिकोण छन् । यस अनुसार गुणस्तरको परिभाषामा पनि भिन्नता देख्न सकिन्छ । त्यसैले गुणस्तरीय शिक्षाको एउटै र सर्वमान्य परिभाषा खोज्नु उपयुक्त नभए पनि यसको गुणस्तरलाई सामाजिक, आर्थिक, सांस्कृतिक अवस्था तथा प्रविधिको विकासका आधारमा सान्दर्भीकरण गरेर हेर्नुपर्ने हुन्छ । शिक्षाको मानवतावादी दृष्टिकोण अनुसार प्रत्येक बालबालिकालाई आत्मविश्वास आन्तरनिर्भरता र स्वतन्त्र रुपमा कार्य गर्न सक्ने सामर्थ्यकाे विकास गर्नेगरी अन्तरनिहीत प्रतिभाको विकास गराउनु शिक्षाको उद्देश्य हो । शिक्षालाई मानव पुँजी विकासका रुपमा हेर्ने दृष्टिकोणले यसको श्रमबजारको भागअनुसारको सान सीपयुक्त जनशक्ति उत्पादन गर्न सक्नुपर्छ भन्ने विचार राख्छ ।

विद्यालय शिक्षाको गुणस्तरको लेखाजोखा गर्दा विद्यार्थीमा विकास भएमा उल्लेखित सक्षमताको आधार लिनु उपयुक्त हुन्छ । तर नेपालमा कक्षा १० को अन्त्यमा सञ्चालन गरिने एसईई परीक्षाको नतिजालाई नै प्राथमिकता दिइ विद्यालय शिक्षाको गुणस्तरको चर्चा हुने गरेको छ । कक्षा कोठामा गरिने निरन्तर मुल्यांकन र त्यसबाट प्राप्त हुने पृष्ठपोषणलाई पोत्साहित गर्ने र सिकाइ क्रियाकलापलाई सृजनशील सिकाइ उपलब्धी संस्थागत विद्यालयका विद्यार्थीको भन्दा कम भए पनि केही सामुदायिक विद्यालयका विद्याथीको औसत सिकाइ उच्च देखिएको छ । यसले मुख्य गरेर दुई अन्तरसम्बन्धित कुराको संकेत गर्छ ।

पहिलो केही सामुदायिक विद्यालयको नतिजा उच्च हुनु शैक्षिक प्रणालीको प्रभावकारिता र कार्यकुशलताबाट नभइ विद्यालय वा समुदायको विशेष सक्रियताको परिणाम हुन सक्छ । दोस्रो कुनै विद्यालय वा समुदाय विशेषको सक्रियताले सो विद्यालयले नतिजामा सुधार आएको हुन सक्छ । शिक्षाको गुणस्तरलाई संयुक्त राष्ट्रसंघीय बालकोषले उल्लेख गरेअनुसार सिकाइ वातावरण विषयवस्तु प्रक्रिया र उपलब्धी वा नतिजाका आधारमा लेखाजोखा गर्नुपर्ने हुन्छ । नेपालका सन्दर्भमा विद्यालय शिक्षामा सिकाइ वातावरण विषयवस्तु र प्रक्रिया के कति गुणस्तरीय र प्रभावकारी रहेका छन् भन्ने कुराका आधारमा विद्यालय शिक्षाको गुणस्तरको लेखाजोखा गर्नु आवश्यक हुन्छ । यस्तो लेखाजोखाले सुधारका क्षेत्रहरु परिचालन गर्न समेत सहयोग गर्छ ।

गुणस्तरीय शिक्षाका लागि उपयुक्त सिकाइ वातावरण आवश्यक हुन्छ । नेपालले सामुदायिक विद्यालयहरुका भवन फर्निचर शौचालय लगायतका भौतिक सुधारमा लगानी गरिरहेको बालमैत्री विद्यालयको कार्यढाँचा स्वीकृत गरेको हिंसारहित सिकाइ वातावरणप्रति प्रतिबद्धता पनि व्यक्त गरेको र समावेशीकरण सम्बन्धी नीति तथा प्रक्रिया तर्जुमा गरेको देखिन्छ । तर यस्ता नीति तथा कार्यक्रम सबैतिर कार्यान्वयन हुन सकेको देखिँदैनन् । कयौँ विद्यालयहरु अपर्थाप्त भौतिक वातावरणमा सञ्चालित छन् । धेरैजसो विद्यालयमा कक्षाकोठाको सामाजिक वातावरण अझै पनि भाषिक, सांस्कृतिक तथा क्षमताको विविधता, आर्थिक तथा सामाजिक स्तरको भिन्नता भएका बालबालिकाका लागि समावेशी बनाउने परिपाटीको विकास आम रुपमा गर्न सहयोग पुगेको देखिँदैन ।

यस्तो अवस्थाले धेरैजसो विद्यार्थीमा पाठ्यपुस्तकमा भएका जानकारीलाई स्मरण गर्ने र जस्ताको तेस्तै उतार्ने बानीको विकास गराइ समस्या समाधान गर्ने र सृजनशील हुने क्षमताको विकासमा नकारात्मक असर पर्ने देखिन्छ । केही वर्षदेखि आधारभुत तहका विभिन्न कक्षामा शैक्षिक गुणस्तर परीक्षण केन्द्रद्वारा सञ्चालित विद्यार्थीले पाएको औसत अंक प्रतिशत संज्ञानात्मक क्षेत्रको तल्लो तह अर्थात ज्ञान तहबाट बोध, प्रयोग र विश्लेषण संश्लेषणजस्तो उच्च तहमा क्रमश कम हुँदै गएको पनि यो कुराको पुष्टि भएको छ ।

२०७२ सालदेखि शुरु भएको अक्षर ग्रेडिङमा विषयगत रुपमा धेरै विद्यार्थीले तल्लो ग्रेड प्राप्त गरेको अवस्था छ । यसले पनि नेपालको विद्यालय शिक्षा प्रणलीको गुणस्तरप्रति सन्तोष गर्ने ठाउँ देखिँदैन । त्यसैगरी शैक्षिक गुणस्तर परीक्षण केन्द्रद्वारा सञ्चालन गरिएका कक्षा ३, ५ र ८ का विद्यार्थीको उपलब्धीको राष्ट्रिय परीक्षणहरुमा एकातिर औसत सिकाइ उपलब्धी सन्तोषजनक देखिएको छैन । अर्कोतिर विद्यार्थी उपलब्धीमा परिवारको आर्थिक, सामाजिकस्तर भौगोलिक अवस्थिति भाषिक पृष्ठभूमि ग्रामीण–सहरी अवस्थिति लगायतको प्रभाव देखिएको छ । यसले शिक्षा प्रणालीलाई समतामूलक बनाउन थप प्रयत्न आवश्यक देखिएको छ । उपलब्धी परीक्षणले नतिजाले देखाएअनुसार केही अपवाद छाेडेर आमरुपमा सामुदायिक विद्यालयका विद्यार्थीको औसत सिकाइ उपलब्धी प्रतिशत संस्थागत विद्यालयको तुलनामा निकै कम हुनुले असमान शैक्षिक उपलब्धी देखाएको छ । अन्तराष्ट्रिय स्तरसँग तुलना गर्दा पनि नेपाली विद्यार्थीको उपलब्धी सन्तोषजनक देखिँदैन ।
यी उपलब्धी परीक्षणहरुले देखाएको अर्को विचारणीय नतिजा भनेको सामुदायिक विद्यालयका विद्यार्थीको औसत भूकम्प लगायत अन्य प्राकृतिक प्रकोपबाट क्षति भएका अधिकांश विद्यालयका भौतिक संरचनाकाे निर्माण तथा पुनर्निर्माण हुन नसक्दा शिक्षको प्रवाहमा कठिनाइ भएको छ भने अर्कातिर कतिपय विद्यालयका भवनहरु भूकम्प प्रतिरोधि नहुनाले सुरक्षित हुन सकेका छैनन् ।

शिक्षाको गुणस्तर लेखाजोखा गर्ने अर्को महत्वपूर्ण आधार शैक्षिक प्रक्रियाको गुणस्तरीयता अर्थात शिक्षण सिकाइ प्रक्रियाको उपयुक्तता हो । शिक्षण सिकाई प्रक्रिया बाल केन्द्रित सहभागितामूलक विद्यार्थी सक्रिय क्रियाकलापमुखी बनाउने भनि नीतिगत दस्तावेजहरु तयार गरिएका छन् । तर अधिकांश विद्यालयको शिक्षण सिकाई प्रक्रिया परम्परागत र शिक्षक केन्द्रित छन् । यसले विद्यार्थीमा सिर्जनशीलता समस्या समाधान सहकार्य र सामाजिक समायोजनका सीप विकास गराउने भन्दा पनि तथ्य तथ्यांक तथा सूचनाहरु सम्झने र प्रत्याहवान गर्ने प्रकृतिको पुनरावृत्ति गर्न मात्र सघाएको देखिन्छ ।

अन्तमा, नेपालको विद्यालय शिक्षाको गुणस्तरलाई सिकाइ वातावरण, विषयवस्तु, शैक्षिक प्रक्रिया र नतिजाका आधारमा सामान्य रुपमा समिक्षा गर्दा गुणस्तर सन्तोषजनक नदेखिएको स्पष्ट हुन्छ । नीतिगत रुपमा वा दस्तावेजका गुणस्तर विकास सम्बन्धी भएका कतिपय व्यवस्था पनि उचित तरिकाले कार्यान्वयन हुन सकेको देखिँदैन । यस्तो अवस्थामा समग्र शैक्षिक प्रणालीलाई विद्यार्थी प्रति जवाफदेही बनाउन आवश्यक त छँदैछ विद्यालय र शिक्षकको सकारात्मक सोच र विद्यार्थीको सिकाइप्रतिको जवाफदेहिता वृद्धि गर्ने परिपाटी पनि उत्तिकै आवश्यक देखिन्छ । यसका लागि अन्य सुधार र परिवर्तन सँगसँगै शिक्षक तयारी वर्तमान स्वरुप परिवर्तन स्पष्ट रुपमा जवाफदेहिताको ढाँचा निर्माण केन्द्रित स्तरबाट निर्देशन हालको शैक्षिक व्यवस्थापनलाई स्थानीय स्तरमा प्रतिस्थापन गरी स्थिानीय निकायलाई सुपरीवेक्षण गर्ने प्रणालीको विकास गर्नु जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ र बाकी भूभागको मौसम आँशिक बदली रहेको महाशाखाको भनाइ छ ।

धनको सहयोग जुट्नेछ। प्रिय वस्तु मिल्नेछ। पुरानो काममा फाइदा आउनेछ।

माओवादी केन्द्रले दल त्याग गरेको सूचना दिएपछि प्रतिनिधिसभा, राष्ट्रिय सभा र प्रदेशसभाका १३ जनाको पद रिक्त भएको छ ।

लक्ष्ण हेर्दा काेराेना संक्रमण भएकाे हुन सक्ने भएकाले कोरोना जाँचका लागि स्वाब संकलन गरी परीक्षणका लागि जिल्ला अस्पताल सिरहा पठाउने…

मृतक स्टाफ नर्स दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत हुनुहुन्थ्यो ।

सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटसमार्फत कलाकार श्रेष्ठले आफूलगायत परिवारका पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको बताउनु भएको हो ।