Logo बैशाख २८, २०७८ मंगलबार


थप ११२ जनामा संक्रमण, एक जनाको मृत्यु

काठमाडौं । नेपालमा थप एक सय १२ जनामा कोरोना भाइरस संक्रमणबाट पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा तीन हजार चार सय ११ जनाको पीसीआर परीक्षण गरिएकोमा एक सय १२ जनाको रिपोर्ट पोजेटिभ देखिएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या दुई लाख ७३ हजार आठ सय ७२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज देशभर आठ सय ८२ जना सक्रिय संक्रमित छन् ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या दुई हजार सात सय ६७ पुगेको मन्त्रालयले जनाएको छ ।

गत २४ घण्टामा ८४ जना कोरोना संक्रमित निको भएसँगै नेपालमा संक्रमणमुक्त हुनेको संख्या दुई लाख ७० हजार दुई सय २३ पुगेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

देशका केही स्थानमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुने महाशाखाको पूर्वानुमान रहेको छ।

मन्त्रालयका प्रमुख विशेषज्ञ डा रोशन पोखरेलले एक महिनामा एक लाख २८ हजार सङ्क्रमित बढेको जानकारी दिँदै सबैको प्रयासबाट नै सङ्क्रमण…

आज (मंगलबार) अस्पतालले प्रेस विज्ञप्ति जारी गरी दिएको जानकारी अनुसार पूर्वराजा शाहको २ दिनअघि पुनः स्वाब परीक्षण गरिएको र त्यसको…

प्रयोगशालाका लागि आवश्यक सामग्रीको अभावमा अस्पतालले परीक्षण रोकेको अस्पताल प्रशासन स्रोतले जानकारी दिएकाे छ ।

 बैठकले राष्ट्रिय प्राथमिकताप्राप्त विकास आयोजना बाहेकका सबै निर्माण कार्य पनि रोक्ने निर्णय गरेको छ । साथै अबको निषेधाज्ञा  थप कडा…

सहभागी प्रशिक्षार्थीहरुमा डेनमार्क, बेल्जियम, स्पेन, स्वीडेनलगायतका युरोपेली मुलुकमा रोजगारी तथा अध्ययनमा रहेका १८ युवा रहेको क्षेत्रीय सञ्चार स्रोत केन्द्र विराटनगरका…