Logo बैशाख ६, २०७८ सोमबार


बालविवाह रोक्न पण्डितलाई कानून सिकाउँदै पर्वत प्रहरी

राजन पौडेल
पर्वत । पछिल्लो भागेर वा मागेर पनि २० वर्ष नपुग्दै केटाकेटीको विवाह गर्ने परिपाटिले समाजमा विभिन्न किसिमका घटनाहरु घट्ने गरेका छन् । अझ भनौँ बहुविवाह हुने, सम्बन्ध विच्छेद, आत्महत्या, झै–झगडादेखि विभिन्न घटनाहरु समाजमा बढेको देख्न र सुन्न पाउछौँ ।

परिवारका सदस्यमा कुरा मिलेर सगैँ विवाह हुने भएकाले न केटाकेटीको उमेर हेरिन्छ नत परिपक्वता नै । हाम्रो समाजमा केही पेशा व्यवसाय गरेको अथवा वैदेशिक रोजगारीमा गएर आएको केटा पाउने हो भने उमेरको पनि ख्याल नगरि विवाह गराउने परिपाटि रहेको छ । यी र यस्ता खालका गतिविधिकै कारण समाजमा सानै उमेरमा विभिन्न समस्याहरुको सामना गर्न विवस छन् नेपाली दिदीबहिनी । यसको न्युनिकरणको लागि पर्वतमा पण्डित पुरोहितसगँ सचेतना मुलक अन्तरक्रिया कार्यक्रम गरिएको छ । कार्यक्रममा उनीहरुलाई नियम कानूनका बारेमा जानाकारी गराइएको छ ।

जिल्ला प्रहरी कार्यलयका प्रमुख प्रहरी नायव उपरीक्षक विश्वराज अधिकारीका अनुसार नेपाली समाजमा बालविवाह र त्यसबाट सिर्जित विभिन्न घटनाहरु बढ्दो क्रममा भएको हँुदा यस्तो कार्यक्रमको आयोजना गरेर पण्डित पुरोहितसगँ अन्तरक्रिया गरिएको हो ।

हिन्दु धर्म अनुसार विवाहको लागि पण्डितको अनिवार्य उपस्थिति हुनुपर्ने भएका कारण पनि पण्डित पुरोहितसगँ यो अन्तक्रिया सञ्चालन गरेको अधिकारीले जानाकारी गराउनुभयो । गाउँ समाजमा सोझै सम्पर्कमा पण्डितहरु रहने हुनाले यो कार्यक्रमले यस्ता खालका घटना न्युनीकरणमा थप टेवा पुग्ने विश्वास अधिकारीको छ ।

कार्यक्रममा सहभागि भएका पर्वतको फलेवास नगरपालिका-१ कार्कीनेटा घर भएका पण्डित छविचन्द्र पाध्याले भन्नुभयो, ‘पण्डितले यस्ता घटनामा उमेर, परिपक्वताको ख्याल मात्र राखेर विवाह गर्दिने हो भने केटाकेटीको सानैमा बिहे नहुने रहेछ । कसैले सौता हाल्न पनि नपाउने रहेछ । प्रहरीका सरले धेरै ज्ञान दिनुभयो ।’

अब उपरान्त केटा र केटीको जन्मदर्ता र नागरिकता नहेरेसम्म बिहे नगराउने उहाँले वाचा पनि गर्नुभयो । उहाँले भन्नुभयो, ‘पहिले थाहा नभएर जेजे भयो भयो । अब मैले २० वर्ष नकाटेसम्म केटीको बिहे हुने भए पनि लगन नि जुराउँदिनँ, मण्डपमा पनि जान्नँ ।’

पर्वतकै कुस्मा नगरपालिकाका पण्डित विष्णु सुबेदीले पनि बिहे अगाडि केटाकेटीको उमेर प्रमाणित गरेर मात्र बिहे गराउने वाचा गर्नुभयो । यदि २० वर्षभन्दा कम उमेरका किशोरीको विवाह गराए ३० हजार रुपैयाँ जरिवाना वा तीन वर्ष जेल वा दुवै सजाय हुन सक्छन् भन्ने कुरा उहाँले थाहा पाएको बताउनुभयो । आफूले अहिलेसम्म सानै उमेरमा कसैको पनि विवाह नगराएको र अब झनै नगराउने ढकाल बताउनुहुन्छ ।

देशका अन्य जिल्लामा जस्तो बाल र बहुविवाहको अवस्था पर्वतमा भयाभह नरहेको भए पनि भएको अवस्थालाई समेत न्यूनीकरण गर्नका लागि प्रहरीले थालेको नयाँ कार्यक्रमबाट पण्डितहरूको काम गर्ने तरिका फेरिएको हो ।

नेपाली समाजमा मागी विवाह गर्नको लागि पण्डितको उपस्थिति अनिवार्य जस्तै रहेकाले कसले, कहाँ र कति उमेरमा बिहे गर्योे भन्ने कुरा उनीहरूलाई थाहा हुन्छ। यही कारण पण्डित वा पुरोहितका माध्यमबाट बालविवाह वा बहुविवाह अन्त्य गर्न सकिने ठानेर पर्वत प्रहरीले उनीहरूलाई भेला पारेर नेपालका प्रचलित कानूनबारे जानकारी गराएपछि पण्डितहरूमा कानूनी सचेतना बढेको छ ।

‘हाम्रो समाजमा पण्डितले बिहे गर्न हुन्छ भनिदिए बिहे गरिदिने र हुँदैन भनिदिए बिहे नगरिदिने परम्परा रहेको छ । यसको अर्थ विवाह पुरोहितबाट निर्देशित छ भन्न सकिन्छ । हरेक विवाहमा उहाँहरूको उपस्थिति रहने भएकोले बाल विवाह रोक्न उहाँहरूलाई प्रभावकारी माध्यमका रूपमा लिएका हौँ ।’ डिएसपी अधिकारी भन्नुहुन्छ, ‘उहाँहरूलाई सानै उमेरमा विवाह गर्दा हुने असरहरू र तथा विवाह
गर्ने र गराउनेहरूलाई कानूनमा रहेका प्रावधानबारे जानकारी दिएका छौँ ।’

‘समाजमा गुरुहरूले बोलेपछि सबैले विश्वास गर्छन् । गुरुहरूको निर्देशन समाजमा अग्रणी छ । उहाँहरूको निर्णयमा नै मृत्युकर्म, संस्कार, विवाहलगायत निर्णय हुने गरेका छन्,’ उहाँले भन्नुभयो, ‘गुरु तथा पुरोहितहरूबाट नै समाजमा परिवर्तन सम्भव छ भन्ने कुरा पर्वत प्रहरीलाई लागेको रहेछ भन्ने थाहा पाउँदा हामीहरूलाई खुसी लागेको छ । उहाँहरूबाट धेरै सिक्न पाइयो, यो अभियान निकै उपयोगी पनि लाग्यो ।’

पण्डितहरूलाई बाल विवाह गराउने बाबु, आमा, लमी, पुरोहित वा सहयोगी सबैलाई कसुरअनुसार सजाय हुने, उजुरीको प्रक्रिया र तरिका, बहुविवाहको अवस्था लगायतकाबारे जानकारी गराइएको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मृतक स्टाफ नर्स दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत हुनुहुन्थ्यो ।

सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटसमार्फत कलाकार श्रेष्ठले आफूलगायत परिवारका पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको बताउनु भएको हो ।

चित्त बुझ्दाे जवाफ नआएको खण्डमा वैशाख १० गते बस्ने बैठकले कारबाही गर्ने निर्णयसमेत गरेको बताइएको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भइरहेकाे क्रिकेटमा मलेसियाविरुद्ध नेपालले सानदार जित हासिल गरेकाे छ।

ओली नेतृत्वले गरेका कुनैपनि भेला कोरोना मुक्त हुने तर अरुले गरेका भेलाले कोरोना फैलाउने भन्ने कुरालाई मान्न नसकिने पनि बताउनुभयो…

विवाह, ब्रतबन्ध, मलामीजस्ता कार्यमा २५ जनाभन्दा बढी सहभागी हुन पनि रोक लगाएको छ ।