Logo बैशाख १, २०७८ बुधबार


नेकपा विभाजन नभएसम्म कांग्रेसले कसैसँग सत्ता सहकार्य नगर्ने

काठमाडौं । नेपाली कांग्रेसले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कानूनी रुपमा विभाजन नभएसम्म कुनै पनि पक्षसँग सहकार्य नगर्ने भएको छ । सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्डमा बिहीबार बसेको पदाधिकार तथा पूर्वपदाधिकारीको बैठकले नेकपा औपचारिक रुपमा विभाजित नभएसम्म सत्ता सहकार्यबारे निर्णय नगर्ने निष्कर्ष निकालेको हो ।

सहमहामन्त्री डा.प्रकाशशरण महतले संसद बैठकपछि उत्पन्न हुने परिस्थितिअनुसार पार्टीले निर्णय लिने निष्कर्ष निकालेको जानकारी दिनुभयो ।

प्रतिनिधि सभा पुनःस्थापना भएपछि नेकपाको पुष्पकमल दाहाल र माधवकुमार नेपाल पक्षले बुधबार देउवालाई भेटेर सत्ता सहकार्यका लागि प्रस्ताव गरेका थिए। नेकपाको अर्को पक्ष ओली समूहले पनि कांग्रेसलाई सरकार सहकार्यका लागि निरन्तर प्रस्ताव गरिरहेको छ।

बैठकमा सभापति देउवाले नेकपाको ओली र दाहाल दुवै पक्षबाट सत्ता सहकार्यको प्रस्ताव आएको भन्दै सुझाव माग्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । विभाजनको संघारमा रहेको नेकपा (एमाले) का दुवै समूह पृथक ढंगले अघि बढिरहे पनि भित्र/भित्रै केही नेताहरु पार्टी एकढिक्का…

राती देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।

सन्तानबाट धनको सुख पाइनेछ। व्यापारमा लाभ हुनेछ। परिश्रमको फल मिल्नेछ।

कम लागतमा धेरै फाइदा लिन सकिने हुँदा माहुरी पालन पेशा फाईदाजनक भएको खत्रीकाे भनाइ छ ।

जतिसुकै नयाँ बीमा योजना ल्याएपनि यी समस्यालाई समाधान नगरेसम्म बीमा बजारको विस्तार हुन नसक्ने उहाँकाे भनाइ थियाे ।

कोरोना सङ्क्रमण पुष्टि भएसँगै कोभिड सघन उपचार कक्षमा उपचाररत उनको आज बिहान मृत्यु भएको स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीले…