Logo बैशाख २, २०७८ बिहीबार


विश्वभर ८ करोड ९१ लाख संक्रमणमुक्त, २५ लाख १७ हजारको मृत्यु

काठमाडौं । विश्वभरमा आठ करोड ९१ लाखभन्दा बढी कोरोना भाइरसका बिरामी निको भएका छन् । शुक्रबार बिहानसम्ममा आठ करोड ९१ लाख नौं हजार दुई सय ५९ जना संक्रमित कोरोनामुक्त भएका हुन् ।

हालसम्म विश्वमा ११ करोड ३५ लाख १७ हजार तीन सय ७४ जनामा कोरोना संक्रमण भएको छ । संक्रमितमध्ये २५ लाख १७ हजार नौं सय ६८ जनाको मृत्यु भइसकेको छ । हाल विश्वमा दुई करोड १८ लाख ९० हजारभन्दा बढी सक्रिय संक्रमित छन् ।

कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित राष्ट्र संयुक्त राज्य अमेरिकामा हालसम्म दुई करोड ९० लाखभन्दा बढी मानिस संक्रमित भइसकेका छन् । संक्रमितमध्ये एक करोड ९४ लाख ३२ हजारभन्दा बढी निको भएका छन् भने पाँच लाख २० हजार ६ सय ८९ जना संक्रमितले ज्यान गुमाइसकेका छन् ।

भारतमा हालसम्म एक करोड १० लाख ६३ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् । संक्रमितमध्ये एक करोड सात लाख ४८ हजारभन्दा बढी निको भएका छन् भने कोरोनाबाट ज्यान गुमाउनेको संख्या एक लाख ५६ हजार आठ सय ९६१ जना पुगेको छ।

नेपालमा हालसम्म दुई लाख ७३ हजार आठ सय ७२ जनामा कोरोना पुष्टि भएको छ । संक्रमितमध्ये दुई लाख ७० हजार दुई सय २३ जना निको भएका छन् । यहाँ कोरोनाबाट दुई हजार ६ सय ८५ जनाले ज्यान गुमाइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी अन्तिम चरणमा पुगेको छ । नेपाली कांग्रेस र माओवादी…

कास्की। माओवादी केन्द्रको समर्थनमा नेपाली काँग्रेसले गण्डकी प्रदेश सरकारको नेतृत्व गर्ने सम्भावना बढ्दै जाँदा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ नेतृत्वकाे सरकारकाे दिनगन्ती…

हाल देशका पहाडी भूभागहरूमा आंशिक बदली भइ बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ।

घरायसी तनाव बढ्नेछ। विश्वास घात हुन सक्नेछ। मनमा शंकाले दु:ख दिनेछ ।

काठमाडौं । विभाजनको संघारमा रहेको नेकपा (एमाले) का दुवै समूह पृथक ढंगले अघि बढिरहे पनि भित्र/भित्रै केही नेताहरु पार्टी एकढिक्का…

राती देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।