Logo जेठ ३, २०७८ सोमबार


महिला फुटबल टोलीको प्रशिक्षकमा फिलिप्स नियुक्त

काठमाडौं । नेपाली महिला राष्ट्रिय फुटबल टोलीको प्रशिक्षकमा अष्ट्रेलियाका ग्यारी फिलिप्सलाई नियुक्त गरिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले फिलिप्सलाई प्रशिक्षकमा नियुक्त गरेको हो ।

यसअघि एन्फाको पाँच सदस्यीय प्राविधिक समितिले फिलिप्सलाई प्रशिक्षकका लागि प्रस्ताव गरेको थियो । फिलिप्स अहिले एन्फाको प्राविधिक निर्देशकका रुपमा कार्यरत हुनुहुन्छ । गत वर्ष नेपालमा सम्पन्न १३औं दक्षिण एशियाली खेलकूद (साग) पछि महिला फुटबल टोलीका प्रशिक्षक हरि खड्काले राजीनामा दिएपछि उक्त पद रिक्त थियो । खड्का हाल एन्फाको महिला फुटबल विभाग प्रमुखका रुपमा कार्यरत हुनुहुन्छ ।

यस्तै एन्फाले महिला साफ च्याम्पियनसिप र एएफसी महिला एशियन कप छनोट खेलको तयारीका लागि महिला टिमको बन्द प्रशिक्षण छिट्टै शुरु गर्ने जनाएको छ । एन्फाले गत माघ ७ देखि फागुन ७ गतेसम्म पहिलो पटक महिला फुटबलको डबल राउण्ड रोविन लिग आयोजना गरेको छ । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी बन्द प्रशिक्षणका लागि छनोट गरिने एन्फाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

हाल देशभर सामान्य बदली रहेको छ महाशाखाले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।

अनावस्यक खर्च हुनेछ । नोक्सानी बेहोर्नु पर्नेछ । यात्रामा समस्या आउनेछ ।

विसं २०५० जेठ ३ गते पोखराबाट चितवन आउने क्रममा नेताद्वय सवार जीप दासढुङ्गामा रहस्यमय रुपमा दुर्घटना भएको थियो ।

नेपाली क्रान्तिको मौलिक सिद्धान्त एवं कार्यक्रमका रूपमा विकसित जनताको बहुदलीय जनवादले निर्दिष्ट गरेको बाटो ‘प्रतिस्पर्धाबाट श्रेष्ठता हाँसिल’ गर्ने कुराबाट भाग्ने…

काठमाडौं । ‘मान–सम्मानलाई उपभोग गर्दै किनारामा बसिबक्स्योस् महाराज। हात नलम्काइबक्स्योस्। आँखा नचम्काइबक्स्योस्। आफ्ना सुण्डमुण्डहरूलाई नचलाइबक्स्योस्। र, यदि सण्डमुण्डहरूलाई नै चलाउने…

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…