Logo बैशाख २८, २०७८ मंगलबार


वैदेशिक रोजगारीमा ठगी, पीडितको ३ करोड डुब्यो

काठमाडौं । बिहीबार जनतासमाचार डट्कम मा भागरथी हत्याको अनुसन्धानमा सफल दुई प्रहरीको बढुवा, नैतिकताको गम्भीर परीक्षामा राजनीतिक दल र कार्यकर्ताहरु, सुन खानीमा पहिरो जाँदा ५ जनाको मृत्यु, ७० बेपत्ता र जनताकर्मी वैरागीको अभिनयमा म्यूजिक भिडियो सार्वजनिक लगायत शीर्षकका समाचार तथा विचार प्रकाशित गरिए।

शुक्रबार राजधानीबाट प्रकाशित पत्रपत्रिकाले पनि फरक–फरक विषयका समाचारलाई महत्वका साथ छापेका छन्। पत्रिकाहरूमा संवैधानिक नियुक्तिलाई प्रतिनिधिसभा पुनस्थापनाले असर नगर्ने, सत्ता सोजेदारीका लागि दाहाल नेपालको दौडधूप, सक्लान् आर्थिक अपराधि पत्ता लगाउन र सरकारको नीति तथा कार्यक्रममा स्वास्थ्य लगायतका शीर्षकमा प्राथमिकताका साथ समाचार सम्प्रेषण गरेका छन्।

नयाँ पत्रिका दैनिकले ‘प्रशासन झन् भद्रगोल: स्वास्थ्य मन्त्रालयमा दुई वर्षमा गैरस्वास्थ्य क्षेत्रका ६ सचिव’ शीर्षकको समाचार मुख्य पृष्ठमा छापेको छ । समाचारमा केदार अधिकारीलाई ५१ दिन, चन्द्र घिमिरेलाई ८१ दिन, रामप्रसाद थपलियालाई पाँच महिना, खगराज बराललाई ६ महिना, यादव कोइरालालाई तीन महिना सचिव बनाएको सरकारले गत जेठदेखि लक्ष्मण अर्याललाई स्वास्थ्यमा राखेको समाचारमा उल्लेख छ ।
त्यसैगरी पत्रिकाले ‘वन मन्त्रालयमा सरकारी ढुकुटीको दुरुपयोग: भत्ताका लागि एक–एक घन्टाको फरकमा बैठक’ शीर्षकको अर्को समाचार पनि महत्वका साथ छापेको छ । समाचारमा वन मन्त्रालयका कर्मचारीले सरकारी ढुकुटीको चरम दुरुपयोग गरेका छन् । भत्ता खानका लागि एकै दिन एक–एक घन्टाको फरकमा चारपटकसम्म बैठक बसेको माइन्युट गरिएको छानबिनबाट खुलेको समाचारमा छापिएको छ ।

पत्रिकाले सत्तासमीकरणका लागि संवादमा प्रचण्ड–नेपाल, सरकारले फेरि गर्‍यो ३१ सहसचिवको सरुवा र जनता समाजवादी पार्टीलाई प्रचण्ड–नेपालको सहकार्य प्रस्ताव लगायत शीर्षकमा समाचार छापेको छ ।

कान्तिपुर दैनिकले भने ‘कोरोनाले एक हजार नीजि विद्यालय संकट’मा शीर्षकको समाचार महत्वका साथ छापेको छ । समाचारमा कोरोना महामारकिा कारण प्रमुख सहरमा साना लगानीमा सञ्चालित करिब एक हजार निजी विद्यालय बन्द भएका छन् । माहामारी बीच बन्द भएका विद्यालय भर्ना पुन: खुल्दा अति न्यून संख्यामा विद्यार्थी भर्ना भएपछि यो स्थिति आएको समाचारमा छापेको छ ।

पत्रिकाले ‘कार्बनडाइअक्साइड बेच्न विश्व बैंकसँग सम्झौता’ शीर्षकको अर्को समाचार महत्वका साथ छापेको छ । समाचारमा रुखले सोसेर राखेको कार्बनडाइअक्साइड बिक्रीका लागि सरकारले विश्व बैंकसँग सम्झौता गरेको समाचारमा उल्लेख छ ।

त्यसैगरी पत्रिकाले चिनियाँ र भारतीय राजदूतले देउवालाई भेटे, ‘सर्वोच्चले संविधान बचायो’ । बेपत्ता दम्पती अझै भेटिएनन् र दाहाल- नेपालमा ओली प्रवृत्ति लगायत शीर्षकका समाचार तथा विचार महत्वका साथ छापेको छ ।

आजको गोरखा पत्र दैनिकले ‘ई- चेरोटको लतले स्वास्थ्यमा प्रतिकूल असर’ शीर्षकको समाचार महत्वका साथ छापेको छ । समाचारमा विद्यालय तथा कलेजका कतिपय छात्रछात्रासमेत विद्युतीय चुरोटको कुलतमा पर्न थालेको उल्लेख छ ।

पत्रिकाले ‘खोप भण्डारण गृह निर्माणको थालनी’ शीर्षकको अर्को समाचार पनि छापेको छ । समाचारमा सरकारले कोरोना खोप भण्डार क्षमता अभिवृद्धि गर्न देशभर आठवटा खोप भण्डारण गृह आगामी दुई महिनामै तयार पार्नै समाचारमा उल्लेख छ ।

पत्रिकाले राष्ट्रपतिद्वारा डा. दासलाई सम्मान, परिवर्तित राजनीतिक सन्दर्भमा छलफल, कोरोनबाट मृत्युको संख्या थपियो र अवहेलना गरेको छैनस् ढुङ्गाना लगायत शीर्षमका समाचार महत्वका साथ छापेको छ ।

त्यसैगरी आजको नागरिक दैनिकले ‘वैदेशिक रोजगारीमा ठगी’ शीर्षकको समाचार छापेको छ । समाचारमा बेरोजगार युवालाई रोजगारमा पठाउने भन्दै भेरी ओभरसिज म्यानपावरले तीन करोड रुपैयाँ ठगेको समाचारमा उल्लेख छ ।

समाचारअनुसार एक सय ५० जनाभन्दा बढीलाई युरोपका विभिन्न मुलुक र अफगानिस्तान पठाउने भन्दै उक्त म्यानपावरले ठगी धन्दा चलाएको समाचारमा उल्लेख छ ।

पत्रिकाले दाहाल-नेपालसँग जसपाको सर्त, नेकपाका दुवै समूह सकसमा थोत्रियो एयरपोर्ट सडक, विद्यालय सुधारका लागि साढे दुई अर्ब छात्रवृत्ति र पहिलो प्राथमिकतामा ८४ प्रतिशतले लिए खोप लगायत शीर्षकका समाचार महत्वका साथ छापेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

देशका केही स्थानमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुने महाशाखाको पूर्वानुमान रहेको छ।

मन्त्रालयका प्रमुख विशेषज्ञ डा रोशन पोखरेलले एक महिनामा एक लाख २८ हजार सङ्क्रमित बढेको जानकारी दिँदै सबैको प्रयासबाट नै सङ्क्रमण…

आज (मंगलबार) अस्पतालले प्रेस विज्ञप्ति जारी गरी दिएको जानकारी अनुसार पूर्वराजा शाहको २ दिनअघि पुनः स्वाब परीक्षण गरिएको र त्यसको…

प्रयोगशालाका लागि आवश्यक सामग्रीको अभावमा अस्पतालले परीक्षण रोकेको अस्पताल प्रशासन स्रोतले जानकारी दिएकाे छ ।

 बैठकले राष्ट्रिय प्राथमिकताप्राप्त विकास आयोजना बाहेकका सबै निर्माण कार्य पनि रोक्ने निर्णय गरेको छ । साथै अबको निषेधाज्ञा  थप कडा…

सहभागी प्रशिक्षार्थीहरुमा डेनमार्क, बेल्जियम, स्पेन, स्वीडेनलगायतका युरोपेली मुलुकमा रोजगारी तथा अध्ययनमा रहेका १८ युवा रहेको क्षेत्रीय सञ्चार स्रोत केन्द्र विराटनगरका…