Logo बैशाख २८, २०७८ मंगलबार


‘नेकपा’ नाम विवादको फैसला अर्को साता

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नामको विवादमा परेको मुद्दामा सर्वोच्च अदालतले अर्को साता फैसला गर्ने भएको छ । न्यायाधीशद्वय बमकुमार श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासले यो मुद्दाको निसु (निर्णय सुनाउने) २० गतेलाई तोकेको हो ।

ऋषिराम कट्टेलले नेपाल कम्युनिस्ट पार्टी आफ्नो नाममा दर्ता भए पनि सोही नामको अर्को पनि पार्टी दर्ता गरेको भन्दै निर्वाचन आयोगविरुद्ध रिट दायर गर्नुभएको थियो । तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता भएपछि केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ अध्यक्ष रहेको नेकपा निर्वाचन आयोगमा दर्ता भएको थियो ।

आफ्नो पार्टीको नामसँग मिल्ने गरी केही संकेत थपेर पार्टी दर्ता गरिएको भन्दै कट्टेलले ०७५ को मंसिर तेस्रो साता सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको थियो । अहिले ओली र प्रचण्ड अध्यक्ष रहेको नेकपा पार्टी विभाजनको संघारमा हुँदा नाम कसले पाउने भन्ने विवाद निर्वाचन आयोगमा कायम रहेका बेला अदालतले यसबारे निर्णय गर्ने संकेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

देशका केही स्थानमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुने महाशाखाको पूर्वानुमान रहेको छ।

मन्त्रालयका प्रमुख विशेषज्ञ डा रोशन पोखरेलले एक महिनामा एक लाख २८ हजार सङ्क्रमित बढेको जानकारी दिँदै सबैको प्रयासबाट नै सङ्क्रमण…

आज (मंगलबार) अस्पतालले प्रेस विज्ञप्ति जारी गरी दिएको जानकारी अनुसार पूर्वराजा शाहको २ दिनअघि पुनः स्वाब परीक्षण गरिएको र त्यसको…

प्रयोगशालाका लागि आवश्यक सामग्रीको अभावमा अस्पतालले परीक्षण रोकेको अस्पताल प्रशासन स्रोतले जानकारी दिएकाे छ ।

 बैठकले राष्ट्रिय प्राथमिकताप्राप्त विकास आयोजना बाहेकका सबै निर्माण कार्य पनि रोक्ने निर्णय गरेको छ । साथै अबको निषेधाज्ञा  थप कडा…

सहभागी प्रशिक्षार्थीहरुमा डेनमार्क, बेल्जियम, स्पेन, स्वीडेनलगायतका युरोपेली मुलुकमा रोजगारी तथा अध्ययनमा रहेका १८ युवा रहेको क्षेत्रीय सञ्चार स्रोत केन्द्र विराटनगरका…