Logo बैशाख ३०, २०७८ बिहीबार


बर्डफ्लुको उच्च जोखिम, भारतबाट अवैध आयात जारी

बाँके । सुर्खेतमा बर्डफ्लु भेटिएपछि पनि छिमेकी जिल्ला बाँकेमा भारतबाट अवैध रूपमा भइरहेको कुखुराको आयात रोकिएको छैन काठमाडौँ र सुर्खेतमा बर्डफ्लु भेटिएपछि प्रहरी प्रशासनले भारतबाट कुखुरा आयात गर्न नदिने बताइरहेको बेला आयात जारी देखिएको हो ।

प्रहरीले यही बेला दुई दिनको अन्तरालमा भारतबाट अवैध रूपमा ल्याइएका १४ क्विन्टल अवैध कुखुरासहित सात मोटरसाइकल र सात तस्करलाई नियन्त्रणमा लिएको छ । बर्डफ्लुको उच्च जोखिम हुँदा पनि कुखुराको अवैध आयात जारी रहेको पनि यस्ता घटनाले पुष्टि गरेको छ ।

सिमानामा खटिएको सशस्त्र प्रहरीले बाँकेको डुडुवा र नरैनापुर गाउँपालिकाबाट १४ क्विन्टल अवैध कुखुरा, मोटरसाइकल र तस्करलाई नियन्त्रणमा लिएको हो। सशस्त्र प्रहरीको खडैचा बीओपीबाट सशस्त्र प्रहरी टोलीले बुधबार डुडुवा गाउँपालिका–१, पाँजाबाट पाँच क्विन्टल भारतबाट आउँदै गरेको अवैध कुखुरा बरामद गरेको हो ।

टोलीले कुखरासहित सात मोटरसाइकल र सात तस्करलाई समेत पक्राउ गरेको सशस्त्र प्रहरी बल नम्बर ३० गण वागेश्वरी बाँकेका प्रमुख एसपी अशोक बमले जानकारी दिए । समाचार आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

ठाकुरका सहयोगी सतेन्द्र मिश्रका अनुसार बुधबार दिउँसो केहीबेर पूर्वसमाजवादीको पार्टी कार्यालय बबरमहलमा जसपाका संघीय परिषद्का अध्यक्ष डा। बाबुराम भट्टराई र…

जपाको पूर्ण समर्थन नभएको अवस्थामा एमालेका माधवकुमार नेपाल समूहका सांसदहरुले सामूहिक राजीनामा दिए मात्रै कांग्रेसले नयाँ सरकार निर्माणमा सफलता प्राप्त…

हाल देशभर आँशिकदेखि सामान्य बदली रहेको महाशाखाको भनाइ छ।

प्रेममा प्रशन्नता बढ्नेछ । धनको सहयोग मिल्नेछ । पैसाको जोहो हुुनेछ ।

संघले बुधवार विज्ञप्ति जारी गरी नेपालको स्वास्थ्य गम्भीर अवस्थामा पुगेको भन्दै रेड अर्लट घोषणा गरेको हो ।

कार्यालयले कोभिड–१९ सँग मिल्दोजुल्दो लक्षण भएका बिरामीलाई परीक्षण गराई रोगको निदानका लागि समुचित औषधि प्रयोग गर्न गराउनसमेत आग्रह गरेको छ…