Logo बैशाख २, २०७८ बिहीबार


नायक पल शाहविरूद्ध प्रहरीमा उजुरी

मोरङ । चर्चित नायक पूर्णविक्रम शाह (पल शाह) विरुद्ध प्रहरीमा उजुरी परेको छ । म्यूजिक भिडियो छायाँकनका क्रममा धरान पुगेका शाह र सहायक कृष्णप्रसाद जोशीविरुद्ध कुटपिट गरेको आरोपमा उजुरी परेको हो ।

शाह र जोशीले नेपाल चलचित्रकर्मी महासंघ प्रदेश १ का अध्यक्ष अरुणकुमार प्रधानलाई हातपात गरेको उजुरी परेकाे छ । धरानको एक होटलमा खाना खाने क्रममा आफूमाथि कुटपिट भएको भन्दै प्रधानले बिहीबार दिउँसो प्रहरी कार्यालयमा उजुरी दिएका हुन् ।

उजुरीमा नायक शाह र उनका म्यानेजर जोशीले कुटपिट गरेको उल्लेख छ। कुटपिटको उजुरी परेसँगै प्रहरीले दुवै पक्षलाई शुक्रबार दिउँसो १ बजे छलफलका लागि कार्यालयमा बोलाएको छ ।

घटनाबारे नेपाल चलचित्रकर्मी महासंघ प्रदेश १ ले जारी गरेकाे प्रेस विज्ञप्तिमा नायक शाहको चलचित्र धरानमा पूर्ण रुपमा रोक लगाउने चेतावनी दिइएको उल्लेख छ । घटनाको भत्सर्ना गर्दै महासंघले नायक शाह र उनका सहयोगी जोशीले प्रहरी कार्यालयमा लिखित रुपमा माफी माग्नुपर्ने जनाएको छ।

नायकसहितको टोलीलाई स्वागत गर्नेक्रममा फोटो खिच्दा जोशीले अभद्र व्यवहार गर्दै फोटो खिच्न नदिएको प्रधानले आरोप लगाएका छन्। खाना खाने क्रममा शाहलाई प्रधानले शनिबार हुने ‘प्रदेश १ मा नेपाली चलचित्रको प्रभाव’ कार्यक्रममा सहभागिताको निमन्त्रणा दिएका थिए। तर, शाह र उनका सहयोगी जोशीले सहभागी नहुने बताएपछि विवाद चर्केको हो।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी अन्तिम चरणमा पुगेको छ । नेपाली कांग्रेस र माओवादी…

कास्की। माओवादी केन्द्रको समर्थनमा नेपाली काँग्रेसले गण्डकी प्रदेश सरकारको नेतृत्व गर्ने सम्भावना बढ्दै जाँदा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ नेतृत्वकाे सरकारकाे दिनगन्ती…

हाल देशका पहाडी भूभागहरूमा आंशिक बदली भइ बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ।

घरायसी तनाव बढ्नेछ। विश्वास घात हुन सक्नेछ। मनमा शंकाले दु:ख दिनेछ ।

काठमाडौं । विभाजनको संघारमा रहेको नेकपा (एमाले) का दुवै समूह पृथक ढंगले अघि बढिरहे पनि भित्र/भित्रै केही नेताहरु पार्टी एकढिक्का…

राती देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।