Logo बैशाख २, २०७८ बिहीबार


आदिवासीकाे विस्थापन र सभ्यताको विनास गरिएकाे भन्दै विराेध प्रदर्शन

काठमाडाैं । सडक विस्तारको नाममा अन्यायपूर्ण तरिकाले विस्थापित गराईएको भन्दै पीडितहरुले विरोध प्रदर्शन गरेका छन् ।
शुक्रबार बृहत नागरिक समाज, बृहत नागरिक आन्दोलन, उपत्यकाव्यापी सडक संघर्ष समिति र नेवाः देः दबु लगायतका विभिन्न संघसंस्थाहरुको आयोजनामा माइतीघर मण्डलामा विरोध प्रदर्शन गरिएको हो ।

सडक विस्तारको नाममा काठमाडौंका आदिवासी नेवारहरुलाई विस्थापित गरिएको र सभ्यताको समेत विनास भइरहेको भन्दै त्यसको विरुद्ध आन्दोलन गरिएको अभियान्ता राजेन्द्र महर्जनले बताउनुभयो ।

बालाजु बाइपासमा रहेका ४८ घरधुरीलाई सरकारले अन्यायपूर्ण रुपमा विस्थापित गराएको पीडितहरुको भनाइ छ । सर्वोच्च अदालतको अन्तरिम आदेश समेत नमानेर बिना मुआब्जा, बिना क्षतिपूर्ति सरकारले घर भत्काएको पीडितहरुको आरोप छ । घर भत्काउने सरकारको कामको विरोध गर्दा घरधनी तथा अभियन्ताहरुलाई प्रहरीले हिरासतमा लिएको भन्दै उनीहरुको रिहाईको मागसहित कानूनी राज्यको माग गर्दै आन्दोलन गर्नुपरेको उपत्यकाव्यापी सडक पीडित संघर्ष समितिकी सदस्य विद्या श्रेष्ठले बताउनुभयो ।

मातृभाषा बोलेकै कारण बालाजु बाइपासस्थित स्थानीयलाई प्रहरीले धरकपड गरी नियन्त्रणमा लिएको नेवाः देः दबुः का अध्यक्ष नरेश ताम्राकारले बताउनुभयो । सरकारले सर्वोच्च अदालतको अन्तरिम आदेशलाई समेत लत्याएर घरहरु भत्काएको बताउनुभयो ।

वर्षौदेखि सरकारी निकायसँग सिफारिस लिई बनाएको घर तथा कानूनी रुपमा पनि आफूहरुको जित भएको भएपनि राजनीतिक कारण आफूहरुको घर भत्काइएको पीडित श्यामकृष्ण मानन्धरले बताउनुभयो ।

प्रहरी नियन्त्रणमा भएका घरधनी तथा अभियन्ताहरु रिहाई नभए र विस्थापित भएका परिवारहरुको बारेमा न्यायिक निरुपण नहुञ्जेलसम्म आन्दोलन जारी राख्ने आयोजकको भनाइ छ । विकासको नाममा जारी प्रतिगमनविरुद्ध प्रतिरोधको ब्यानरमा भएको विरोध प्रदर्शनमा मापदण्ड ७–७ मिटर छुट्याई आफ्नो स्वबासी प्रमाणित जग्गामा घर बनाई बसोबास गर्न पाउनु हाम्रो नैसर्गिक अधिकार हो लगायतका प्लेकार्ड तथा ब्यानरसमेत प्रदर्शन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

विपक्षी सांसदहरुले विशेष अधिवेशन आह्वान गर्न माग गर्दै प्रदेश प्रमुख शेरचनलाई निवेदन दिने तयारी गरेका छन् ।

भुसालले भन्नुभयो, 'महन्थ र ओली सबैभन्दा असंगतिला पात्र हुन् । तर, आज आफ्नै पार्टीका नेतालाई लखेटेर महन्थसँग गठबन्धन गरेर सरकार…

अधिवेशन अन्त्य भइसकेपनि नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा)ले अविश्वास प्रस्ताव दर्ता गरेका छन्…

संसदमा पेस भएको संघीय निजामती सेवा विधेयकमा अधिकृत पदमा खुलाबाट ८० प्रतिशत र बढुवाबाट २० प्रतिशत पदपूर्ति गर्ने व्यवस्था गरिएको…

हालसम्म बाँके जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५९ पुगेको छ ।

घाइते तामाङको विएण्डसी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ।