Logo बैशाख ३०, २०७८ बिहीबार


पार्टीको धारणा सञ्चार माध्यमबाट होइन नेताको मुखबाट बुझौँ : प्रवक्ता श्रेष्ठ

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीको आधिकारीक धारणा सञ्चार माध्यमको आधारमा मात्र नबुझ्न आग्रह गर्नुभएको छ । प्रवक्ता श्रेष्ठले पार्टीको धारणा र नेताको विचार सञ्चार माध्यमबाट नभएर आधिकारिक ठाउँबाट नै बुझ्नुपर्ने बताउनुभएको हो ।

उहाँले बिहीवार सामाजिक सञ्जालमा स्टाटस् लेख्दै पार्टीको आधिकारिक धारणा र नेताहरुको विचार सञ्चार माध्यमको आधारमा होइन नेताहरुकै मुख वा आधिकारिक ठाँउबाट बुझ्न आग्रह गर्नुभएको हो ।

प्रवक्ता श्रेष्ठले स्ट्याटसमा लेख्नुभएकाे छ, ‘सर्वोच्च अदालतको प्रतिनिधिसभा पुन:स्थापना गर्ने फैसलापछि अहिले हामी संसदको अधिवेशन, सरकार, संविधानको कार्यान्वयन, समृद्धि, समाजवादको आधार निर्माण र नेपाली कम्युनिष्ट आन्दोलनलाई कसरी अघि बढाउने भन्ने गम्भीर छलफलको संवेदनशील मोडमा छौँ ।’

सञ्चारमाध्यममा आएका समाचार तथा विशलेषणहरूलाई सम्मान गर्नुपर्ने बताउँदै श्रेष्ठले स्ट्याटसमा भन्नुभएकाे छ,  ‘सञ्चार माध्यमका आ–आफ्ना विश्लेषणलाई यथोचित सम्मान गरौँ। त्यसमा सकारात्मक सन्देश वा शिक्षाहरु छन् भने त्यसलाई ग्रहण गरौँ । हामी उहाँहरुको दृष्टिकोण, धारणा र अधिकारबारे अरु केही भन्न सक्दैनौँ र उचित पनि हुँदैन । तर पार्टीको आधिकारिक धारणा र नेताहरुको विचार सञ्चार माध्यमको आधारमा होइन नेताहरुकै मुख वा आधिकारिक ठाँउबाट बुझौं।’

 

 

प्रतिक्रिया दिनुहोस्
विशेष

ठाकुरका सहयोगी सतेन्द्र मिश्रका अनुसार बुधबार दिउँसो केहीबेर पूर्वसमाजवादीको पार्टी कार्यालय बबरमहलमा जसपाका संघीय परिषद्का अध्यक्ष डा। बाबुराम भट्टराई र…

जपाको पूर्ण समर्थन नभएको अवस्थामा एमालेका माधवकुमार नेपाल समूहका सांसदहरुले सामूहिक राजीनामा दिए मात्रै कांग्रेसले नयाँ सरकार निर्माणमा सफलता प्राप्त…

हाल देशभर आँशिकदेखि सामान्य बदली रहेको महाशाखाको भनाइ छ।

प्रेममा प्रशन्नता बढ्नेछ । धनको सहयोग मिल्नेछ । पैसाको जोहो हुुनेछ ।

संघले बुधवार विज्ञप्ति जारी गरी नेपालको स्वास्थ्य गम्भीर अवस्थामा पुगेको भन्दै रेड अर्लट घोषणा गरेको हो ।

कार्यालयले कोभिड–१९ सँग मिल्दोजुल्दो लक्षण भएका बिरामीलाई परीक्षण गराई रोगको निदानका लागि समुचित औषधि प्रयोग गर्न गराउनसमेत आग्रह गरेको छ…