Logo बैशाख ३०, २०७८ बिहीबार


च्याउ खेतीबाट मनग्य आम्दानी, उत्पादनभन्दा माग बढी

अनिल तिवारी
बारा । बाराका युवाहरु पछिल्लो समय च्याउ खेतीतर्फ आकर्षित हुँदै आएका छन् । युवा शक्ति विदेश पलायन हुनुभन्दा आफ्नै देशमा केही गर्नुपर्छ भन्ने धारणाले जिल्लाका युवाहरुले च्याउ खेती शुरु गरेका हुन् ।

निजगढका युवाले कृषि पेसामा फाइदा नहुने भनाइलाई गलत सावित गर्दै व्यावसायिक च्याउ खेतीमा रमाइरहेका छन् । काम गर्ने जाँगर र आँट भए स्वदेशमै मनग्य आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण बनेका छन् यी युवाहरु ।

वैदेशिक रोजगारीबाट फर्के लगत्तै निजगढका सापकोटाले निजगढ नगरपालिका वडा नम्बर ८ मा १० कठ्ठा जमिन भाडामा लिएर च्याउ खेती शुरु गर्नुभयो । स्थानिय साथीहरु उदयराज पाण्डे र किरण ओझासंग मिली केयुडी समुहले च्याउ खोतिसँगै अर्गानीक तरकारी खेती र गड्यौला मल उत्पादन गर्दै आएका छन् ।

बाराको बजारमा च्याउको माग थोरै रहेको र स्थानिय उत्पादन भन्दा बाहिरी जिल्लाबाट च्याउ निर्यात हुने भएका कारण यी युवाले बजारको माग अनुसार च्याउ खेती शुरु गरेको सञ्चालक सापकोटाको भनाइ छ । युवाशक्ति विदेश पलायन हुनुभन्दा आफ्नै मुलुकमा उत्पादनमा जोडिनु पर्छ भन्दै च्याउ खेतीको सुरुवात गरिएको सञ्चालक सापकोटाले बताउनुभयो । बजारमा च्याउको उत्पादन भन्दा माग बढी भएको देखेपछि आफूहरु यस व्यवसायतर्फ आकर्षित भएको उहाँहरुको भनाइ छ ।

करिब तीन लाख लगानिमा एउटा च्याउ टनेल निर्माण गरी च्याउ खेती शुरु गरिएको र आर्गनिक रुपमा उत्पादित च्याउको अहिले बजारमा माग बढ्दो भएका कारण थप दुई वटा टनेल निमाण गरी च्याउ खेती गरिरहेको उदयराज पाण्डेले बताउनुभयो । हाल सम्म करिब १५ लाख लगानि गरिएको र दैनिक रुपमा ६५ किलो च्याउ उत्पादन गर्दै अएको भएता पनि बजारमा यसको माग पूर्ति गर्न नसकेको उहाँले जानकारी
दिनुभयो ।

हाल बजारमा दैनिक एक कुन्टल ३० किलो माग भएपनि पनि त्यति उत्पादन गर्न नसकेको तर त्यसको तयारीमा लागेको उहाँको भनाइ छ । सानो लगानीबाट शुरु गरेको व्यवसायबाट अहिले मनग्य आम्दानी हुन थालेपछि उनीहरु उत्साहित बनेका छन् ।

पछिल्ले समय बारामा धमाधम होटल व्यवसाय फस्टाउँदै गइरहेको अवस्थामा लोकल च्याउ र आर्गनिक तरकारीकाको उत्पादनसँगै खपत समेत हुने गरेको छ । पछिलो समय यस समूहले च्याउ खेती सँगै अर्गानिक तरकारी खेती र गड्यौला मल उत्पादन समेत सुरुवात गरेको किरण ओझाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

ठाकुरका सहयोगी सतेन्द्र मिश्रका अनुसार बुधबार दिउँसो केहीबेर पूर्वसमाजवादीको पार्टी कार्यालय बबरमहलमा जसपाका संघीय परिषद्का अध्यक्ष डा। बाबुराम भट्टराई र…

जपाको पूर्ण समर्थन नभएको अवस्थामा एमालेका माधवकुमार नेपाल समूहका सांसदहरुले सामूहिक राजीनामा दिए मात्रै कांग्रेसले नयाँ सरकार निर्माणमा सफलता प्राप्त…

हाल देशभर आँशिकदेखि सामान्य बदली रहेको महाशाखाको भनाइ छ।

प्रेममा प्रशन्नता बढ्नेछ । धनको सहयोग मिल्नेछ । पैसाको जोहो हुुनेछ ।

संघले बुधवार विज्ञप्ति जारी गरी नेपालको स्वास्थ्य गम्भीर अवस्थामा पुगेको भन्दै रेड अर्लट घोषणा गरेको हो ।

कार्यालयले कोभिड–१९ सँग मिल्दोजुल्दो लक्षण भएका बिरामीलाई परीक्षण गराई रोगको निदानका लागि समुचित औषधि प्रयोग गर्न गराउनसमेत आग्रह गरेको छ…