Logo बैशाख २८, २०७८ मंगलबार


चीन सरकारद्वारा दरबार हाई स्कुललाई शैक्षिक सामग्री सहयोग

काठमाडाैं । चीन सरकारले काठमाडौंको दरबार हाई स्कुललाई शैक्षिक सामग्री सहयोग उपलब्ध गराएको छ । चिनियाँ नयाँ वर्षको उपलक्षमा चीन सरकार र चिनियाँ जनताको तर्फबाट स्टेसनरी सामग्री, खेलकुद सामग्री, स्वास्थ्य सामग्री तथा ड्रेस सहयोग गरेको छ ।

शुक्रबार विद्यालयमा विशेष कार्यक्रम आयोजना गरी नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले शैक्षिक सामग्री हस्तान्तरण गर्नुभयो ।

विद्यालयमा गरिएकाे विशेष कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले चीन सरकारले आफैले पुनर्निर्माण गरेको विद्यालयमा चिनियाँ नयाँ वर्षको उपलक्षमा खेलकुद, स्वास्थ्य सामग्री, स्टेसनरी तथा ड्रेस सहयोग गरेको बताउनुभयो । चीन सरकारको सहयोग निरन्तर प्राप्त भइरहेको भन्दै मन्त्री श्रेष्ठले राजदूत यान्छीलाई धन्यवाद समेत दिनुभयो ।

२०७२ सालको भूकम्पबाट दरबार हाइ स्कुल पूर्ण रुपमा क्षति भएपछि चीन सरकार आफैले विद्यालय भवनको निर्माण गरेको थियो । पुनर्निमाण पछाडि बनेको भवनमा रहेका कक्षा कोठाहरु ठूला, फराकिला र आधुनिक देखिएको छ । चीन सरकारको सहयोगमा नै विद्यालयमा फर्निचर लगायतका सबै सामग्रीको व्यवस्थापन गरिएको थियो ।

विद्यालयकाे पुनर्निमाण सम्पन्न भएपछि पठनपाठन शुरु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

देशका केही स्थानमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुने महाशाखाको पूर्वानुमान रहेको छ।

मन्त्रालयका प्रमुख विशेषज्ञ डा रोशन पोखरेलले एक महिनामा एक लाख २८ हजार सङ्क्रमित बढेको जानकारी दिँदै सबैको प्रयासबाट नै सङ्क्रमण…

आज (मंगलबार) अस्पतालले प्रेस विज्ञप्ति जारी गरी दिएको जानकारी अनुसार पूर्वराजा शाहको २ दिनअघि पुनः स्वाब परीक्षण गरिएको र त्यसको…

प्रयोगशालाका लागि आवश्यक सामग्रीको अभावमा अस्पतालले परीक्षण रोकेको अस्पताल प्रशासन स्रोतले जानकारी दिएकाे छ ।

 बैठकले राष्ट्रिय प्राथमिकताप्राप्त विकास आयोजना बाहेकका सबै निर्माण कार्य पनि रोक्ने निर्णय गरेको छ । साथै अबको निषेधाज्ञा  थप कडा…

सहभागी प्रशिक्षार्थीहरुमा डेनमार्क, बेल्जियम, स्पेन, स्वीडेनलगायतका युरोपेली मुलुकमा रोजगारी तथा अध्ययनमा रहेका १८ युवा रहेको क्षेत्रीय सञ्चार स्रोत केन्द्र विराटनगरका…