Logo बैशाख ७, २०७८ मंगलबार


संवैधानिक परिषदको बैठक दुषित र कपटपूर्ण : सभामुख सापकोटा

काठमाडौं । सभामुख अग्नीप्रसाद सापकोटाले गत मंसिर ३० गतेको संवैधानिक परिषदको बैठक दुषित र कपटपूर्ण भएको बताउनुभएको छ।

सर्वोच्चमा लिखित जवाफ पेश गर्दै सभामुख सापकोटाले नियम र कानुन मिचेर कपटपूर्ण तरिकाले बसेको बैठक र उक्त बैठकले गरेको निर्णय कपटपूर्ण भएको भन्दै बदरको भागीदार भएको बताउनुभएको हो ।

वरिष्ठ अधिवक्ता डा दिनेश त्रिपाठीले सभामुख सापकोटालाई विपक्षी बनाइ सर्वोच्च अदालतमा दायर भएकाे मुद्दामा विपक्षीको नाममा लिखित जवाफ पेश गर्न सर्वोच्च अदालतले आदेश दिएको थियो । सर्वोच्च अदालतको आदेश अनुरुप सभामुख सापकोटाले संवैधानिक परिषदको बैठकमा उपस्थित राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिम्सिनाले बैठकमा कुनै निर्णय नभएको सञ्चारमाध्यमलाई बताउनुभएको विषयतर्फ सर्वोच्च इजलासको ध्यानाकृष्ट गराउनुभएको छ ।

उक्त दिनको बैठकमा कुनै पनि निर्णय नभएको भन्ने अध्यक्ष तिम्सिनाको भनाइ रेडियो, टेलिभिजन तथा सरकारी सञ्चारमाध्यम गोरखापत्र तथा राइजिङ नेपालमा पनि प्रकाशित भएको सभामुख सापकोटाले लिखित जवाफमा पेश गर्नुभएको छ । बैठकमा उपस्थित भएको जिम्मेवार व्यक्तिले नै कुनै निर्णय नभएको बताए तापनि पछि त्यही बैठकको निर्णय भन्दै संवैधानिक नियुक्ती हुनु कपटपूर्ण भएका कारण बदरभागी रहेको सापकोटाले दाबी गर्नुभएको हो ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष

देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ र बाकी भूभागको मौसम आँशिक बदली रहेको महाशाखाको भनाइ छ ।

धनको सहयोग जुट्नेछ। प्रिय वस्तु मिल्नेछ। पुरानो काममा फाइदा आउनेछ।

माओवादी केन्द्रले दल त्याग गरेको सूचना दिएपछि प्रतिनिधिसभा, राष्ट्रिय सभा र प्रदेशसभाका १३ जनाको पद रिक्त भएको छ ।

लक्ष्ण हेर्दा काेराेना संक्रमण भएकाे हुन सक्ने भएकाले कोरोना जाँचका लागि स्वाब संकलन गरी परीक्षणका लागि जिल्ला अस्पताल सिरहा पठाउने…

मृतक स्टाफ नर्स दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत हुनुहुन्थ्यो ।

सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटसमार्फत कलाकार श्रेष्ठले आफूलगायत परिवारका पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको बताउनु भएको हो ।