Logo बैशाख ३१, २०७८ शुक्रबार


उद्योग संघको निर्वाचनमा अधिकांश सञ्चार माध्यमले भट्टराईलाई सघाउने

झापा । फागुन १६ गते हुने बिर्तामोड उद्योग वाणिज्य संघको निर्वाचनमा बिर्तामोडका अधिकांश सञ्चार माध्यमका सञ्चालकले सुवास भट्टराई नेतृत्वको संयुक्त व्यवसायीक प्यानललाई सहयोग गर्ने भएका छन्।

महासचिवका उम्मेद्वार अर्जुन मैनालीसहित शुक्रबार बिर्तामोडमा भएको अन्तरक्रियामा बिर्तामोड केन्द्रीत दैनिक पत्रिका, अनलाइन, साप्ताहिक पत्रिका, टेलिभिजनलगायतले भट्टराईलाई सहयोग गर्ने प्रतिवद्धता जनाएका हुन् ।

एकछत्र नेतृत्वमा रहेको कांग्रेस समर्थकले संघको हितका लागि यसअघि गरेको प्रतिवद्धता पूरा नगरेको भन्दै नयाँ नेतृत्वको आवश्यक रहेको उनीहरुले बताएका छन् । पटक पटक गरेको प्रतिवद्धता पूरा नगरेकाले यसपटक नयाँ नेतृत्वलाई विजयी गराउन सबै व्यवसायीलाई उनीहरुले अपिल समेत गरेका छन् ।

नयाँ नेतृत्वले व्यापारी, व्यवसायीको पक्षमा सक्रियताका साथ सहभागी हुने प्रतिवद्धता जाहेर गरेको छ । यसअघि शिक्षक महासंघ, टेम्पो व्यवसायी संघ, कपडा सिलाई व्यवसायी संघलगायतले भट्टराई नेतृत्वको प्यानललाई सहयोग गर्ने प्रतिवद्धता जनाइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…

पारिवारिक भेटघाट हुनेछ । मित्रबाट फाईदा मिल्नेछ ।प्रेममा खुसियाली बढ्नेछ ।

यस दिन गरेको शुभ कामबाट अक्षय अर्थात् कहिल्यै नाश नहुने फल प्राप्त हुने हुँदा यस तिथिलाई अक्षय तृतीया भनिएको हो…

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…

सन्तानको खुशी बढ्नेछ । व्यापारमा आम्दानी राम्रो हुनेछ । व्यवसायमा प्रगति हुनेछ ।

काठमाडौँ । केपी शर्मा ओली पुनः प्रधानमन्त्री नियुक्त हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (३) अनुरुप संसदको…