Logo बैशाख १, २०७८ बुधबार


सुन्दर राजकुमारी

एउटा राज्यमा एकजना राजा थिए । उनको एउटी छोरी थिइन् । उनलाई राजाले खुब माया गर्थे । ती राजकुमारीको एउटा हात अलि छोटो थियो । उनी राजाकी एक मात्र छोरी थिइन् । उनी अत्यन्तै सुन्दर थिइन् । उनको शरीरमा अरु केही कुराको कमि थिएन तर पनि उनी आफ्नो हातका कारण दुखी थिइन् । राजकुमारीलाई धर्मशास्त्रको सबै ज्ञान थियो । उनलाई बहस गर्नमा कसैले पनि जित्न सक्दैन थियो ।

बिस्तारै राजकुमारी बढ्दै गइन् । उनी विवाहका लागि योग्य भइन् । राजाले पनि अब छोरीको विवाह गरिदिने बारे सोच्न थाले । राजकुमारीको छोटो हातका बारेमा धेरै मानिसलाई थाहा थियो । त्यसैले उनलाई विवाहका लागि हेर्न निकै कम राजकुमारहरु आउँथे । विदर्भ राज्यका एक
राजकुमार अत्यन्तै ज्ञानी थिए । एक दिन राजकुमारीलाई हेर्न ती नै राजकुमार आएका थिए । त्यसै समयमा अन्य दुई राज्यका राजकुमार पनि राजकुमारीलाई हेर्न आएका थिए । राजाले ती राजकुमारहरुसँग छोरीको विवाहका लागि कुनै पनि परीक्षा राखेका थिएनन् । ती राजकुमारहरुले राजकुमारीलाई केही समय हेर्नुपर्ने र आफ्नो विचार राजालाई भन्नुपर्ने थियो । सबैभन्दा पहिले एक राजकुमारले राजकुमारीलाई हेरे ।

त्यसपछि राजाले ती राजकुमारलाई सोधे, ‘कुमार तपाइँले मेरी छोरीमा के देखिरहनुभएको छ ?’ राजकुमारले भने, ‘राजन म उनको बायाँ हात छोटो देखिरहेको छु ।’ त्यसपछि दोस्रो राजकुमारको पालो आयो । उसलाई पनि राजाले त्यहि प्रश्न सोधे । ती राजकुमारले राजकुमारीको सुन्दर रुप, ठूला आँखा जसमा संसार समावेश भएको देखेको बताए । राजाले उनलाई भने, ‘तिमीले राजकुमारीको बायाँ हात पनि देख्यौ ।?’ त्यसपछि ती राजकुमारले भने, ‘हो यी सुन्दर राजकुमारीमा एउटा दोष पनि छ, चन्द्रमामा दाग भएजस्तै ।’ त्यसपछि अन्तिममा विदर्भ राज्यका राजकुमारको पालो आयो । उनले राजकुमारीलाई लामो समयसम्म हेरेपछि राजालाई भने, ‘राजन मैले यी राजकुमारीमा सोझोपन, दयालुपन, एक वीरंगना र एक विदुषी देखिरहेको छु ।’ त्यसपछि राजाले भने, ‘के तिमीले उसको बायाँ हात देख्यौ ?’ राजकुमारले भने, ‘छैन । राजकुमारीको सुन्दर अनुहारबाट मेरो आँखा नै हटेन ।’ राजा आफ्नी छोरीको लागि यस्तो वर चाहन्थे की

जसले बाहिरी नभएर आन्तरिक सुन्दरता हेरोस र आफ्नी छोरीको हात हैन मन हेरेर स्वीकार गरोस् । र राजाले चाहेजस्तो राजकुमार विदर्भ देशका राजकुमार मात्र भए । राजाले दरबारका सबैलाई बोलाएर आफ्नी छोरीको विवाह विदर्भ देशका राजकुमारसँग गर्ने घोषणा गरे । उनीहरुको विवाह भयो । दुवै जना ज्ञानी र बुझ्ने भएका कारण उनीहरुको वैवाहिक जीवन सुखमय बित्यो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । विभाजनको संघारमा रहेको नेकपा (एमाले) का दुवै समूह पृथक ढंगले अघि बढिरहे पनि भित्र/भित्रै केही नेताहरु पार्टी एकढिक्का…

राती देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।

सन्तानबाट धनको सुख पाइनेछ। व्यापारमा लाभ हुनेछ। परिश्रमको फल मिल्नेछ।

कम लागतमा धेरै फाइदा लिन सकिने हुँदा माहुरी पालन पेशा फाईदाजनक भएको खत्रीकाे भनाइ छ ।

जतिसुकै नयाँ बीमा योजना ल्याएपनि यी समस्यालाई समाधान नगरेसम्म बीमा बजारको विस्तार हुन नसक्ने उहाँकाे भनाइ थियाे ।

कोरोना सङ्क्रमण पुष्टि भएसँगै कोभिड सघन उपचार कक्षमा उपचाररत उनको आज बिहान मृत्यु भएको स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीले…