Logo बैशाख २८, २०७८ मंगलबार


कांग्रेस नेता जाेशीकाे स्वास्थ्य अवस्था जटिल

काठमाडाैं । पूर्व उद्योगमन्त्री एवं नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्थामा सुधार नदेखिएको अस्पतालले बताएको छ ।  शुक्रबार दिउसो पत्रकारहरुसँग कुरा गर्दै नर्भिक अन्तर्राष्ट्रिय हस्पिटलका चिकित्सक डा. राजीव झाले जोशीको स्वास्थ्य अवस्था स्थिर रहेकाले भेन्टिलेटरमा उपचार भइरहेकाे र सुधार नदेखिएकाे बताउनुभएकाे हाे ।

जोशीलाई मस्तिष्कघात भएपछि शुक्रबार बिहान थापाथली स्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा उपचारका लागि लगिएको थियो । स्वास्थ्य अवस्था स्थिर देखिएपनि सुधार हुने सम्भावना भने कायमै रहेको चिकित्सक झाले बताउनुभयो । टाउकोको सिटिस्क्यान गर्दा दिमागमा रगत र पानी जमेको पाइएको पनि डा. झाले बताउनुभयो ।

उहाँले भन्नुभयो ‘आँखाको नानी फुलेको देखियो । दुवैतिर कसैको आँखाको नानी फुलेको छ भने त्यो अलमोस्ट डेथ मान्छेहरुमा त्यस्तो देखिन्छ । एकातिर त्यस्तो देखिनु भनेको आधार दिमागले राम्रोसित काम नगरेको जस्तो देखिसक्यो भनेपछि पक्कैपनि रगत बग्ने भइरहेको छ भनेर तुरुन्तै सिटिस्क्यान गर्यौं । सिटिस्क्यान गर्दा रगत जुन थियो त्यो दिमागको बीच भागमा एउटा सानो तलाउजस्तो हुन्छ त्यहाँ पानी बन्छ त्यो ठाउँमा गएर पानी निस्कने बाटो बन्द गरेर टाउकोमा पानी पनि जम्दै राखेको देखें ।

टाउकोमा जमेको पानी निकाल्न एक्स्टर्नल भेन्ट्रिकुलर ड्रेन (इभिडी) राखिएको र १ सय ३० एमएल जती पानी निकालिएको पनि डा. झाले बताउनुभयो । त्यपछि रक्तचाप कम भएकाले रक्तचाप बढाउने औषधि दिइएको पनि उहाँले बताउनभुयो । यस्तो अवस्था जटिल हुने पनि डा. झाले बताउनुभयो ।

उहाँले भन्नुभयो ‘यो अवस्था एकदमै जटिल अवस्था हो । विश्वमा हेर्ने हो भने यस्तो किसिमको मान्छेहरुमा १ सय प्रतिशतमा ६०/७० प्रतिशतको मृत्यु हुन्छ । अहिले कसरी हुन्छ बचाउनेतिर हामी लागिरहेका छौं । जो ३० प्रतिशत जति बाँच्छन्, उनीहरुमा ठूलो प्यारालाइसिस रहने सम्भावना लामो समयसम्म रहन्छ ।’

नर्भिक अस्पतालमा आइपुग्दा जोशी कोमाको अवस्थामा रहनुभएको र वान्ता भई फोक्सोमा असर भएकाले शास फेर्न गाह्रो भइरहेकाे डा. झाकाे भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

देशका केही स्थानमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुने महाशाखाको पूर्वानुमान रहेको छ।

मन्त्रालयका प्रमुख विशेषज्ञ डा रोशन पोखरेलले एक महिनामा एक लाख २८ हजार सङ्क्रमित बढेको जानकारी दिँदै सबैको प्रयासबाट नै सङ्क्रमण…

आज (मंगलबार) अस्पतालले प्रेस विज्ञप्ति जारी गरी दिएको जानकारी अनुसार पूर्वराजा शाहको २ दिनअघि पुनः स्वाब परीक्षण गरिएको र त्यसको…

प्रयोगशालाका लागि आवश्यक सामग्रीको अभावमा अस्पतालले परीक्षण रोकेको अस्पताल प्रशासन स्रोतले जानकारी दिएकाे छ ।

 बैठकले राष्ट्रिय प्राथमिकताप्राप्त विकास आयोजना बाहेकका सबै निर्माण कार्य पनि रोक्ने निर्णय गरेको छ । साथै अबको निषेधाज्ञा  थप कडा…

सहभागी प्रशिक्षार्थीहरुमा डेनमार्क, बेल्जियम, स्पेन, स्वीडेनलगायतका युरोपेली मुलुकमा रोजगारी तथा अध्ययनमा रहेका १८ युवा रहेको क्षेत्रीय सञ्चार स्रोत केन्द्र विराटनगरका…