Logo बैशाख १, २०७८ बुधबार


लेखकीय मन्तव्य

हरि अधिकारी
प्रिय पाठकगण१ प्रस्तुत संग्रह संकलित गद्यरचनामा समेटिएका अधिकांश निबन्धरप्रबन्ध हालका दुई-तीन वर्षभित्र लेखिएका र देशको राजधानीबाट प्रकाशनमा आइरहेका लोकप्रिय छापा र विद्युतीय माध्यमहरूमा छापिएका हुन् । मेरो गद्य-लेखनमा क्रमागत रूप आएको फरक र वैविध्यलाई बुझ्न सजिलो होस् भन्ने हेतुले यस संग्रहमा केही पुराना निबन्धलाई पनि स्थान दिएको छु । ती पुराना निबन्धरप्रबन्धहरू कुनै समय देशभरमै अग्रणी रहेको प्रकाशन(गृह रत्न पुस्तक भण्डारबाट विक्रम सम्वत् २०६९ सालमा प्रकाशित मेरा गद्य-रचनाहरूको संकलन ू६० वर्षपछिू बाट लिइएका हुन् । यस संग्रहमा पुनर्मुद्रण गर्नुअघि ती रचनाहरूमा असावधानीवश रहन गएका भाषिक वा अन्य गल्तीहरू सुधार्ने हेतुले तिनमाथि सामान्य पुनर्दृष्टि दिनुका साथै तिनको थोरै सम्पादन पनि गरेको छु ।

यी निबन्धरप्रबन्धहरूमा तपाइँहरूले मैले लेख्ने गरेको नेपाली गद्यको बान्की देख्नु हुनेछ । मेरा यसअघि प्रकाशनमा आएका गद्यकृतिहरूमाथि समीक्षात्मक विमर्श गर्ने सबैजसो सुधीजनहरूले मेरो नेपाली गद्य लेखनको भाषा र भङ्गिमा उनीहरूलाई मन परेको कुरा उल्लेख गरेका थिए । आरम्भदेखि नै मेरो लेखन-यात्रालाई नियाल्दै आएका र मेरा बारेमा यदाकदा लेखिरहेका एकजना वरिष्ठ समालोचकले त ूनेपाली भाषाको जीवन्तता र लालित्यको संरक्षणप्रति सदैव सजग स्रष्टाू भनेर मेरो प्रशंसा समेत गरेका थिए ।

मलाई स्नेह गर्ने ती अग्रज साहित्य-मर्मज्ञले गरेको त्यस्तो प्रशंसाको लागि म आफू योग्य छु भनेर ढुक्कसँग भन्न सक्दिनँ । तर हरेक पटक लेख्न बस्दा म उनले भनेझैँ ‘नेपाली भाषाको जीवन्तता र लालित्यको संरक्षणप्रति सजग’ रहन प्रयत्न भने गरिरहेकै हुन्छु । मैले रचेको साहित्य, कविता होस् कि कुनै विधाको गद्य, त्यसले मलाई स्वान्त सुख दिएर मात्र पुग्दैन, पाठकहरूलाई प्राञ्जल र परिस्कृत भाषामा लेखिएको श्रेष्ठ साहित्यबाट हुने अलौकिक सुखानुभूति गराउँन सक्नु पर्दछ भन्ने मेरो मान्यता हो ।

मेरा रचनाहरूमा मेरो मनोलोक प्रतिविम्बित हुनु स्वाभाविक नै हो । यी निबन्धरप्रबन्धहरूमा भने मैले आफूले भोगेको समयको अभिलेख राख्ने जमर्को पनि गरेको छु । त्यसैले यी गद्य-रचनाका पंक्तिहरूमा मेरो, ७ दशक पूरा हुन २ वर्ष मात्र बाँकी रहेको लामै भन्न मिल्ने जीवन-यात्राका अगणित पदचापहरूको मन्द मन्द ध्वनि सुन्न सकिने छ । हुन त यी सबै गैर(आख्यान रचना नै हुन् तर यिनमा आख्यानका तत्वहरू यथेष्ठ भेटिन्छन् र तिनले पाठकलाई मेरा, मेरो समाजका र मसँगसँगै हिँडिरहेका मजस्तै सामान्य मानिसहरूका दुख-सुखका विविध किसिमका, रोमाञ्चक कथा सुनाउँने जमर्को गर्दछन् ।

प्रतिभाशाली कवि-गीतकार तथा आत्मीय मित्र नीरा शर्माको आँकलनमा मेरा यी निबन्धरप्रबन्धहरू प्रायस् सबै नै नाटकीय प्रभाव पैदा गर्ने दृष्टिले हेर्दा बेजोड लाग्दछन् । नीरा भन्छिन्स् ‘संग्रहमा संकलित रचनाहरू पढ्ने पाठकको दिल र दिमागमा तिनमा वर्णित हरेक दृश्य, घटना र पात्र(पात्राको यस्तो जीवन्त चित्र उभारमा आउँछ पाठकलाई त्यसले बनाएको मनोलोकबाट बाहिर निस्कन नै गार्‍हो हुन्छ ।’ नीराले चर्चा गरेको नाटकीय प्रभावको यो कोणलाई नजरमा राखेर नै हुनु पर्दछ, राजकुमार बानियाँले यस संग्रहको आफ्नो भूमिकाको शीर्षक ‘दृश्यमान् शब्दहरूको मोहक नृत्य’ राखेका छन् । नीराको आँकलन र भनाइको वास्तविक परख भने यो संग्रह पाठकहरूको हातमा पुगेपछि हुनेछ ।

यो संग्रह प्रकाशनका लागि मलाई घच्घच्याउँने र सघाउँनेहरू छोरी अनुपमा, मित्र शरद्चन्द्र वस्ती, भाइ दीपक सापकोटा र मित्र नीरा शर्मा सबैलाई हार्दिक धन्यवाद दिन्छु । मेरो अनुरोध स्वीकार गरेर अत्यन्त मेहेनतका साथ प्राज्ञिक गरिमायुक्त भूमिका लेखेर प्रतिभाशाली लेखक-पत्रकार तथा साहित्य-मर्मज्ञ राजकुमार बानियाँले मलाई अनुगृहित त गराएका छन् नै, साथै उनले नयाँ पुस्तामाथि मैले गरेको भरोसाको मान पनि राखेका छन् ।

पछिल्लो समयमा मेरा अधिकांश गद्य(रचनाहरू छाप्ने सम्पादक रहेका कान्तिपुर दैनिकका परिशिष्ट संयोजक दीपक सापकोटालाई मैले यस संग्रहको परिचय(प्रशस्ति ९ब्लर्ब० लेख्न अनुरोध गरेकोमा उनले थोरै शब्द खर्चेर प्रभावपूर्ण ढङ्गले मेरो परिचय गराएका छन् । उमेर र अनुभवले वरिष्ठ तर बासी विचारहरूको कन्टेनर बन्नपुगेकाहरूलाई छोडेर नयाँ र उत्साही युवाहरूसँग सहकार्य गर्ने आफ्नो सोच सार्थक भएकोमा खुशी छु । नयाँ पुस्ताका यी दुवै सर्जक र साहित्यिक पत्रकारहरूलाई मेरो हार्दिक धन्यवाद छ ।

यस पटक प्रसिद्ध साहित्यकार तथा जनतासमाचार डट्का कम् का योगदाता लेखक हरि अधिकारीको स्तम्भ ‘देखेको लेखेको’मा उनकै प्रकाशोन्मुख पुस्तक ‘संकलित गद्यरचना’का लागि उनैले लेखेको लेखकीय मन्तव्य प्रस्तुत गरेका छौँ : सम्पादक

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । विभाजनको संघारमा रहेको नेकपा (एमाले) का दुवै समूह पृथक ढंगले अघि बढिरहे पनि भित्र/भित्रै केही नेताहरु पार्टी एकढिक्का…

राती देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।

सन्तानबाट धनको सुख पाइनेछ। व्यापारमा लाभ हुनेछ। परिश्रमको फल मिल्नेछ।

कम लागतमा धेरै फाइदा लिन सकिने हुँदा माहुरी पालन पेशा फाईदाजनक भएको खत्रीकाे भनाइ छ ।

जतिसुकै नयाँ बीमा योजना ल्याएपनि यी समस्यालाई समाधान नगरेसम्म बीमा बजारको विस्तार हुन नसक्ने उहाँकाे भनाइ थियाे ।

कोरोना सङ्क्रमण पुष्टि भएसँगै कोभिड सघन उपचार कक्षमा उपचाररत उनको आज बिहान मृत्यु भएको स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीले…