Logo बैशाख १, २०७८ बुधबार


गजल

-यमनदेव उत्प्रेरक
माया गर्न तिमीलाई मौका कहाँ दियौ ठूली,
जिवनको लामो यात्रा तिम्ले एक्लै जियौ ठूली।

तिमीलाई चाहनुको प्रमाण जत्ति दिए पनि,
तिरस्कारै गरिरने अड्डी तिम्ले लियौ ठूली।

मायाले त ढुङ्गा गाल्छ भनी जत्ति भने पनि,
सकिएन गलाउन बरु तिमि खियौ ठूली ?

नामर्द नै भएँ म त समाजको नजरमा,
बोल्दा पनि बोल्दिनौ खै मुख किन सियौ ठूली ।

कत्ति कल्पेँ कत्ति तड्पेँ भित्र-भित्रै कत्ति सल्केँ,
तिमि भने एकोहोरो कस्तो नशा पियौ ठूली ?

बारम्बार तिमीबाट तिरस्कृत नै भए पनि,
मेरो मन-मन्दिरको तिमी देवी थियौ ठूली।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । विभाजनको संघारमा रहेको नेकपा (एमाले) का दुवै समूह पृथक ढंगले अघि बढिरहे पनि भित्र/भित्रै केही नेताहरु पार्टी एकढिक्का…

राती देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।

सन्तानबाट धनको सुख पाइनेछ। व्यापारमा लाभ हुनेछ। परिश्रमको फल मिल्नेछ।

कम लागतमा धेरै फाइदा लिन सकिने हुँदा माहुरी पालन पेशा फाईदाजनक भएको खत्रीकाे भनाइ छ ।

जतिसुकै नयाँ बीमा योजना ल्याएपनि यी समस्यालाई समाधान नगरेसम्म बीमा बजारको विस्तार हुन नसक्ने उहाँकाे भनाइ थियाे ।

कोरोना सङ्क्रमण पुष्टि भएसँगै कोभिड सघन उपचार कक्षमा उपचाररत उनको आज बिहान मृत्यु भएको स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीले…