Logo बैशाख २, २०७८ बिहीबार


‘वर्तमान राजनीतिक परिस्थितिले सरकार विचलित हुँदैन’

काठमाडाैं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले वर्तमान राजनीतिक परिस्थितिले सरकार विचलित नहुने बताउनुभएको छ ।  शुक्रबार नेपालको राष्ट्रियगानका संगीतकार वरिष्ठ कला साधक अम्बर गुरुङको ८३औँ जन्मजयन्ती समारोहमा बोल्दै मन्त्री गुरुङले वर्तमान राजनीतिक उतारचढावका कारण सरकार विचलित नहुने बताउनुएको हो ।

राष्ट्र र राष्ट्रियताको निम्ति सरकारले अविचलित रुपमा काम गर्ने उहाँको भनाइ छ । केपी शर्मा ओली नेतृत्वको सरकारले नै मुलुकलाई सही दिशा र सही गन्तव्य दिने दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो ‘अहिलेको राजनीतिबाट मुलुकलाई समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय दृष्टिकोण बोकेको नेपाल सरकार कतै विचलित हुने छैन । सरकारले अविचलित रुपमा नेपाल राष्ट्रको निम्ति, राष्ट्रियताको निम्ति सदासदा काम गर्छ । केपी शर्मा ओली नेतृत्वको सरकारले नै यो मुलुकलाई सही दिशा र सही गन्तव्यमा पुर्याउनेछ भन्नेमा म विश्वास दिलाउन चाहन्छु ।’

मन्त्री गुरुङले संगीतकार अम्बर गुरुङको सांगीतिक क्षेत्र र राष्ट्रिय भावनाप्रति ओतप्रोत भएको कलाकारिताबाट सबैले राष्ट्रभक्ति प्रेरणा लिएर अगाडि बढे उहाँ प्रति सच्चा श्रद्धाञ्जली र सम्मान हुने बताउनुभयो । नेपाललाई राष्ट्रिय, अन्तराष्ट्रिय क्षेत्रमा चिनाउन संगीतकार गुरुङको योगदान रहेको भन्दै उहाँले गुरुङप्रति सम्मान व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी अन्तिम चरणमा पुगेको छ । नेपाली कांग्रेस र माओवादी…

कास्की। माओवादी केन्द्रको समर्थनमा नेपाली काँग्रेसले गण्डकी प्रदेश सरकारको नेतृत्व गर्ने सम्भावना बढ्दै जाँदा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ नेतृत्वकाे सरकारकाे दिनगन्ती…

हाल देशका पहाडी भूभागहरूमा आंशिक बदली भइ बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ।

घरायसी तनाव बढ्नेछ। विश्वास घात हुन सक्नेछ। मनमा शंकाले दु:ख दिनेछ ।

काठमाडौं । विभाजनको संघारमा रहेको नेकपा (एमाले) का दुवै समूह पृथक ढंगले अघि बढिरहे पनि भित्र/भित्रै केही नेताहरु पार्टी एकढिक्का…

राती देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।