Logo बैशाख १, २०७८ बुधबार


‘मानसिक तथा शारीरिक स्वास्थ्यका लागि खेलकूद आवश्यक’

काठमाडौं । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मानसिक तथा शारीरिक स्वास्थ्यका लागि खेलकूद आवश्यक पर्ने बताउनुभएको छ । हेटौंडाको हुप्रचौरमा शुक्रबारबाट शुरु भएको मेयरकप फुटबल प्रतियोगिता उद्घाटन गर्दै मुख्यमन्त्री पौडेलले सरकारले हरेक स्थानीय तहमा रंगशाला निर्माण गर्ने अभियानलाई प्राथमिकतामा राखेको जनाउँदै अन्तर्राष्ट्रियस्तरका खेलमैदानहरु निर्माण गरेर अन्तर्राष्ट्रियस्तरका प्रतियोगिताहरु गर्नसके आर्थिकरुपमा समेत फाइदा पुग्ने बताउनुभयो ।

पौडेलले हेटौंडाको गौरीटार रंगशालामा प्रदेश सरकारले फुटबल मैदान निर्माण गरेको र प्यारापिट निर्माणको कामसमेत शुरु गरेको जानकारी दिनुभयो । शुक्रबारबाट शुरु भएको मेयरकप प्रतियोगिता फागुन २४ गतेसम्म सञ्चालन हुनेछ ।

नगर खेलकूद विकास समिति हेटौंडा उपमहानगरपालिकाको आयोजनामा हुन लागेको प्रतियोगितामा १९ वटा टोलीको सहभागिता छ । प्रतियोगिताको विजेतालाई दुई लाख र उपविजेतालाई एक लाख ५० हजार प्रदान गरिने जनाइएको छ । प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीलाई १० हजार, उत्कृष्ट डिफेन्डर, मिडफिल्डर, गोलरक्षक, प्रशिक्षक तथा सर्वाधिक गोलकर्तालाई जनही रु पाँच÷पाँच हजार प्रदान गरिने छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । विभाजनको संघारमा रहेको नेकपा (एमाले) का दुवै समूह पृथक ढंगले अघि बढिरहे पनि भित्र/भित्रै केही नेताहरु पार्टी एकढिक्का…

राती देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।

सन्तानबाट धनको सुख पाइनेछ। व्यापारमा लाभ हुनेछ। परिश्रमको फल मिल्नेछ।

कम लागतमा धेरै फाइदा लिन सकिने हुँदा माहुरी पालन पेशा फाईदाजनक भएको खत्रीकाे भनाइ छ ।

जतिसुकै नयाँ बीमा योजना ल्याएपनि यी समस्यालाई समाधान नगरेसम्म बीमा बजारको विस्तार हुन नसक्ने उहाँकाे भनाइ थियाे ।

कोरोना सङ्क्रमण पुष्टि भएसँगै कोभिड सघन उपचार कक्षमा उपचाररत उनको आज बिहान मृत्यु भएको स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीले…