Logo बैशाख २८, २०७८ मंगलबार


अभिभावकद्वारा दलित शिक्षकमाथि कुटपिट

काठमाडौं । शुक्रबार जनतासमाचार डट्कम मा उद्योग संघको निर्वाचनमा अधिकांश सञ्चार माध्यमले भट्टराईलाई सघाउने, राइझुमाले सिडिओलाई भेट्ने छैनन् ! , अमेरिकी हवाई कारबाही १७ लडाकू मारिए र नायक पल शाहविरूद्ध प्रहरीमा उजुरी लगायत शीर्षकका समाचार तथा विचार प्रकाशित गरिए।

शनिबार राजधानीबाट प्रकाशित पत्रपत्रिकाले पनि फरक–फरक विषयका समाचारलाई महत्वका साथ छापेका छन्। पत्रिकाहरूमा नवीन्द्रराज जोशी बाँच्नु हुन्छ भन्ने आशा छ: डा. झा, प्रतिनिधिसभाको अधिवेशन २३ फागुनमा रनेपालमै उत्पादन भएको धानको भात खाँदैनन् नेपाली लगायतका शीर्षकमा प्राथमिकताका साथ समाचार सम्प्रेषण गरेका छन्।

नयाँ पत्रिका दैनिकले ‘जातीय दुर्व्यवहार गर्दै अभिभावकले दलित शिक्षक कुटे’ शीर्षकको समाचार महत्वका साथ छापेको छ । समाचारमा बर्दिवास नगरपालिका–३ गौरीडाँडास्थित जनता माविका शिक्षक नेत्रबहादुर रम्तेलमाथि एक अभिभावकले जातीय दुव्र्यवहार गर्दै कुटपिट गरेका छन् । गौरीडाँडाकै मनीष अर्यालले शिक्षक रम्तेलमाथि जातिसूचक शब्दहरू प्रयोग गरी दुव्र्यवहार गर्दै कुटेका समाचारमा उल्लेख छ।

पत्रिकाले ‘इतिहास यस्तो पनि थियो– प्रधानमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिन्थे’ शीर्षकको अर्को समाचार पनि महत्वका साथ छापेको छ । समाचारमा संसद्ले असहयोग गर्यो भन्दै प्रतिनिधिसभा विघटन गरेका ओली राजीनामा नदिई त्यही संसद्मा जाने तयारीमा छन्, उनको कदमलाई सर्वोच्च अदालतले असंवैधानिक मात्र भनेन, प्रधानमन्त्रीमा संवैधानिक नैतिकता हुनुपर्ने पनि स्पष्ट पारेको छ, तर ओलीले अदालतको व्याख्यालाई समेत नजरअन्दाज गरेका समाचारमा छापिएको छ ।

पत्रिकाले कोभिड महामारीपछि तंग्रिँदै अर्थतन्त्र: पर्यटन र चलचित्र क्षेत्र अझै समस्यामै, को नागरिक ? कसका लागि न्याय ?,नेकपा विभाजनको प्रमाणको प्रतीक्षामा कांग्रेस अनिर्णीत लगायत शीर्षकका समाचार तथा विचारहरु महत्वका साथ छापेको छ ।

कान्तिपुर दैनिकले भने ‘कोइलाखानीमा अड्किएको जीवन’ शीर्षकको समाचार मुख्य पृष्ठमा छापेको छ । समाचारमा १७ दिनकी सुत्केरी श्रीमतीलाई स्याहार्न साँझ नपर्दै आउँछु भन्दै गएका थिए मोहनलाल, तर फर्र्केनन् समाचारमा उल्लेख छ । समाचारअनुसार बिहान उठ्नेबित्तिकै सुत्केरी पत्नीलाई खाना पकाइदिए, आफूलाई खानेकुरा पोको पारे । त्यसपछि मोहनलाल कामी बिहान ७ बजे घरबाट उकालो लागे । ‘समयमै खाना खानू, आफ्नो ख्याल गर्नू, म छिट्टै आउँछु’ भन्दै उनी कोइलाखानीमा काम गर्न गएका समाचारमा प्रकाशित छ ।

पत्रिकाले ‘कर्णाली करिडोरको १२२ किमि ट्राक खुल्यो’ शीर्षकको अर्को समाचार पनि महत्वका साथ छापेको छ । समाचारमा कालीकोटको खुलालुदेखि हुम्लाको बालकुनासम्म १ सय २२ किलोमिटर सडकको ट्राक खुलेको उल्लेख छ । समाचारअनुसार २०७१ चैत्रदेखि नेपाली सनाले नर्माण थालेको खुलालुदेखि हुम्लाको सल्लेरिसम्मको १ सय २३ किलोमिटरमध्ये अब एक किलोमिटर मात्र ट्राक खोल्न बाँकी रहेको समाचारमा छापिएको छ ।

पत्रिकाले घोषणको ५ वर्षपछि जग खनियो, कांग्रेस नेता जोशीको अवस्था गम्भीर, कंक्रिटमा बज्रियो अभियन्ताको घन, संसद अधिवेशन २३ गते बोलाउन सिफारिस र ५२ सीडीओको सरुवा र पदस्थापन (सूचीसहित), लगायत शीर्षकका समाचार तथा विचार महत्वका साथ छापेको छ ।

आजको गोरखा पत्र दैनिकले ‘एकीकृत विकासका लागि साझा अवधारणा’ शीर्षकको समाचार मुख्य पृष्ठमा छापेको छ । समाचारमा काठमाडौं जिल्लाको एकीकृत विकासका लागि साझा अवधारणा बनाइने भएको छ । काठमाडौंका ११ वटै नगरपालिकाले एकीकृत विकासका लागि साझा समस्याको सामूहिक रूपमा समाधान गर्दै एकीकृत विकास गर्न रणनीति बनाइन लागिएको समाचारमा उल्लेख छ ।

त्यसैगरी पत्रिकाले फागुन २३ मा संसद् अधिवेशनको सिफारिस, संसदको अधिवेशन बोलाउने बारे छलफल मात्र भएको हो: प्रवक्ता गुरुङ, फेला पर्यो दुई लिङ्गी चरा र प्राकृतिक बासस्थानमा बढेनन् घडियाल लगायत शीर्षकका समाचार महत्वका साथ छापेको छ ।

त्यसैगरी आजको नागरिक दैनिकले ‘आश्रमलाई चार करोडको जग्गा’ शीर्षकको समाचार छापेको छ । समाचारमा मानव सेवा आश्रम विराटनगरलाई ६ कट्ठा जग्गा प्रदान गरिएको छ । विराटनगर महानगरपालिका ५ स्थित कोचाखालको जग्गा सडक सहयोगापेक्षी मानवको बसोबासका लागि भवन निर्माण गर्न आश्रमलाई प्रदान गरिएको समाचारमा उल्लेख छ ।

त्यसैगरी पत्रिकाले तानातानमा नेकपा सांसद, पत्रकार महासंघ गण्डकी प्रदेशको छुट्टै कार्यालय, सत्ता कि संगठन, न्यायाधीश धम्क्याउँदै उपप्रधानमन्त्री र अबको निकास अध्यादेश वा एकता लगायत शीर्षकका समाचार महत्वका साथ छापेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

देशका केही स्थानमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुने महाशाखाको पूर्वानुमान रहेको छ।

मन्त्रालयका प्रमुख विशेषज्ञ डा रोशन पोखरेलले एक महिनामा एक लाख २८ हजार सङ्क्रमित बढेको जानकारी दिँदै सबैको प्रयासबाट नै सङ्क्रमण…

आज (मंगलबार) अस्पतालले प्रेस विज्ञप्ति जारी गरी दिएको जानकारी अनुसार पूर्वराजा शाहको २ दिनअघि पुनः स्वाब परीक्षण गरिएको र त्यसको…

प्रयोगशालाका लागि आवश्यक सामग्रीको अभावमा अस्पतालले परीक्षण रोकेको अस्पताल प्रशासन स्रोतले जानकारी दिएकाे छ ।

 बैठकले राष्ट्रिय प्राथमिकताप्राप्त विकास आयोजना बाहेकका सबै निर्माण कार्य पनि रोक्ने निर्णय गरेको छ । साथै अबको निषेधाज्ञा  थप कडा…

सहभागी प्रशिक्षार्थीहरुमा डेनमार्क, बेल्जियम, स्पेन, स्वीडेनलगायतका युरोपेली मुलुकमा रोजगारी तथा अध्ययनमा रहेका १८ युवा रहेको क्षेत्रीय सञ्चार स्रोत केन्द्र विराटनगरका…