Logo बैशाख २८, २०७८ मंगलबार


उपत्यकाका विभिन्न स्थानमा ६ घण्टा लोडसेडिङ

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले उपत्यकाका विभिन्न स्थानमा ६ घण्टा विद्युत कटौति गर्ने भएको छ । मर्मत सम्भारका लागि भन्दै नियमित विद्युत कटौति गर्दै आएको प्राधिरणले आज पनि कटौति हुने जनाएको छ ।

कीर्तिपुर फिडरअन्तर्गत त्रिभुवन विश्वविद्यालय परिसरमा ११ केभी क्षमताको लाइनको काम हुने भएकाले कीर्तिपुर फिडरअन्तर्गतका क्षेत्रमा बिहान ११ बजेदेखि बेलुकी ५ बजेसम्म विद्युत आपूर्ति बन्द हुने प्राधिकरणले जनाएकाे छ ।

यस्तै, बल्खु, खसीबजार, सीता पेट्रोल पम्प, परीक्षा नियन्त्रण कार्यालय, कुमारी क्लब, भगवती मन्दिर र त्रिभुवन विश्वविद्यालय क्षेत्रमा विद्युत आपुर्ति बन्द हुनेछ । त्यसैगरी महाराजगञ्ज वितरण केन्द्र अन्तर्गतका शिवपुरी फिडर, बासबारी फिडर र सामाखुशी फिडर अन्तर्गतका क्षेत्रमा पनि आज दिउँसो विद्युत कटौती हुने प्राधिकरणले जनाएको छ।

प्राधिकरणका अनुसार शिवपुरी फिडर अन्तर्गतका डाँडागाउँ, पासिकोट, भष्मस्थली, टोखा, पँचेटार, मेगासिटी, ढलमलटार लगायतका स्थानमा दिउँसो ३ बजेदेखि साढे ५ बजेसम्म बत्ती कटाैति हुनेछ।

बासबारी फिडर अन्तर्गतका महाराजगञ्ज, कपनमार्ग, पिपलवोट, गंगालाल अस्पताल लगायतका क्षेत्रमा पनि दिउँसो ३ बजेदेखि साढे ५ बजेसम्म विद्युत कटौती हुने प्राधिकरणले जनाएको छ । सामाखुशी फिडर अन्तर्गतका बानियाँटार, इन्द्रेणी पुल, गोँगबु, सामाखुशी, भण्डारीटोललगायतका क्षेत्रमा बिहान साढे ११ बजेदेखि दिउँसो साढे ३ बजेसम्म विद्युत कटौती हुने प्राधिकरणले जनाएको छ ।

यस्तै, पुल्चोक वितरण केन्द्र अन्तर्गत झम्सिखेल एरियामा पनि ११ केभी विद्युत लाइनको फ्यूज परिवर्तन गर्नु पर्ने भएकाले ९ बजेदेखि विद्युत कटौती भएको छ । फ्यूज परिवर्तनको काम सकिनेवित्तिकै पुल्चोक, कुवाटार, ठाडोढुंगा, हरिहर भवन लगायतका क्षेत्रमा साढे १० बजेसम्म विद्युत आउने प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार उपत्यकाका केही स्थानमा नांगो तार हटाएर कभर कन्डक्टर राख्नेलगायतका काम हुने भएकाले विद्युत् आपूर्ति बन्द हुने भएको हो ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष

देशका केही स्थानमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुने महाशाखाको पूर्वानुमान रहेको छ।

मन्त्रालयका प्रमुख विशेषज्ञ डा रोशन पोखरेलले एक महिनामा एक लाख २८ हजार सङ्क्रमित बढेको जानकारी दिँदै सबैको प्रयासबाट नै सङ्क्रमण…

आज (मंगलबार) अस्पतालले प्रेस विज्ञप्ति जारी गरी दिएको जानकारी अनुसार पूर्वराजा शाहको २ दिनअघि पुनः स्वाब परीक्षण गरिएको र त्यसको…

प्रयोगशालाका लागि आवश्यक सामग्रीको अभावमा अस्पतालले परीक्षण रोकेको अस्पताल प्रशासन स्रोतले जानकारी दिएकाे छ ।

 बैठकले राष्ट्रिय प्राथमिकताप्राप्त विकास आयोजना बाहेकका सबै निर्माण कार्य पनि रोक्ने निर्णय गरेको छ । साथै अबको निषेधाज्ञा  थप कडा…

सहभागी प्रशिक्षार्थीहरुमा डेनमार्क, बेल्जियम, स्पेन, स्वीडेनलगायतका युरोपेली मुलुकमा रोजगारी तथा अध्ययनमा रहेका १८ युवा रहेको क्षेत्रीय सञ्चार स्रोत केन्द्र विराटनगरका…