Logo बैशाख २८, २०७८ मंगलबार


बर्थिङ सेन्टरको स्थापनापछि ग्रामीण महिला खुशी

वीरगञ्ज । हिजोसम्म बर्थिङ सेन्टरको अभावमा पश्चिमी पर्साका सुत्केरी अभाव र प्रश्रव पीडा खेपी रहेकामा अब आफ्नै गाउँमा बर्थिङ सेन्टर स्थापना भएपछि छिपहरमाई गाउँपालिकाका महिलामा खुशी छाएको छ ।

सुत्केरी गराउन भारतको बेतिया, मोतिहारी, रक्सौलको डंकन अस्पताल तथा वीरगञ्जका अस्पतालमा जानुपर्ने बाध्यता रहेकामा अब यहाँका महिला आफ्नै गाउँघरमा बर्थिङ सेन्टर स्थापना भएपछि सुरक्षित तरिकाले सुत्केरी गराउन पाउँदा खुशी भएको वडा नं २ भेरिहर्वाका कमल दासको भनाइ छ ।

बर्थिङ सेन्टरको अभावमा सुत्केरी ब्यथाबाट छटपटाइरहेका सुदूर ग्रामीण क्षेत्रका महिलालाई अन्यत्र जानुपर्ने बाध्यताका कारण ज्यानसमेत गुमाउनुपर्ने अवस्था रहेकामा अब गाउँमै बर्थिङ सेन्टर स्थापना भएपछि ९० प्रतिशत महिला यो समस्याबाट निदान पाएको वडा नं ५ का वडाध्यक्ष केदार सहनी बताउनुभयो । उहाँले भन्नुभयो, “आफ्नै गाउँ जयमङ्गलपुरमा नयाँ बर्थिङ सेन्टर स्थापना भएपछि यहाँका सुत्केरी गराउने महिलाले नयाँ जीवन पाएका छन् ।”

यो समेत गरी वडा नं ३ जयमङ्गलपुर, वडा नं ४ तुल्सी बर्वा र वडा नं २ टिहुकी सेढा गरी सो गाउँपालिकामा तीन बर्थिङ सेन्टर रहेका छन् । उक्त बर्थिङ सेन्टरमा प्रतिमहिना २५ देखि ३० जनासुत्केरी गराउन आउने गरेका बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

देशका केही स्थानमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुने महाशाखाको पूर्वानुमान रहेको छ।

मन्त्रालयका प्रमुख विशेषज्ञ डा रोशन पोखरेलले एक महिनामा एक लाख २८ हजार सङ्क्रमित बढेको जानकारी दिँदै सबैको प्रयासबाट नै सङ्क्रमण…

आज (मंगलबार) अस्पतालले प्रेस विज्ञप्ति जारी गरी दिएको जानकारी अनुसार पूर्वराजा शाहको २ दिनअघि पुनः स्वाब परीक्षण गरिएको र त्यसको…

प्रयोगशालाका लागि आवश्यक सामग्रीको अभावमा अस्पतालले परीक्षण रोकेको अस्पताल प्रशासन स्रोतले जानकारी दिएकाे छ ।

 बैठकले राष्ट्रिय प्राथमिकताप्राप्त विकास आयोजना बाहेकका सबै निर्माण कार्य पनि रोक्ने निर्णय गरेको छ । साथै अबको निषेधाज्ञा  थप कडा…

सहभागी प्रशिक्षार्थीहरुमा डेनमार्क, बेल्जियम, स्पेन, स्वीडेनलगायतका युरोपेली मुलुकमा रोजगारी तथा अध्ययनमा रहेका १८ युवा रहेको क्षेत्रीय सञ्चार स्रोत केन्द्र विराटनगरका…