Logo बैशाख २८, २०७८ मंगलबार


सन्दीप पिएसएल खेल्न पाकिस्तान प्रस्थान

काठमडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने पाकिस्तान सुपर लिग (पिएसएल) खेल्न पाकिस्तान लागेका छन् । उनले लाहोर कलन्दर्सबाट प्रतियोगिता खेल्नेछन् ।

लामिछानेका व्यवस्थापक रमन शिवाकोटीका अनुसार शुक्रबार साँझ मात्र सन्दीपले पिएसएल खेल्ने पक्का भएको हो ।लामिछानेलाई राशिद खानको ठाउँमा बाँकी खेल खेलाउने लाहोर कलन्दर्सले निर्णय गरेको हो । जिम्बावेविरुद्धको टेष्ट र टी २० सिरिजका कारण अफगानिस्तानी क्रिकेट खेलाडी खानले पिएसएलको बीचमा नै प्रतियोगिता छोड्नु परेको हो ।

उनको स्थानमा लाहोरले लामिछानेलाई छनोट गरेको हो । लामिछाने कतार एअरवेजमार्फत दोहा हुँदै कराँचीतर्फ लागेका हुन् । यसअघि लामिछाने पिएसएलको ड्राफ्टमा सर्वाधिक महँगो प्लाटिनम श्रेणीमा रहेका थिए। उक्त ड्राफ्टमा नेपालबाट उनीसहित पूर्वकप्तान पारस खड्का, उपकप्तान दीपेन्द्रसिंह ऐरी, कप्तान ज्ञानेन्द्र मल्ल, करण केसी, कुशल मल्ल, अभिनास बोहोरा, पवन सर्राफ, सुवास खकुरेल र आसिफ शेख समावेश थिए ।

लाहोर कलन्दर्सले जारी प्रतियोगितामका तीन खेलमा दुईमा जीत तथा एकमा हार बेहोरेको छ । लाहोर कलन्दर्स लिगको तेस्रो स्थानमा रहेको छ । लामिछानेले यसअघि सन् २०१९ मा पनि लाहोरबाट नै खेलेका थिए । सन्दीपले सात खेलमा ११ विकेट लिएका थिए । सन् २०२० मा भने उनले पिएसएल खेल्न पाएनन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

देशका केही स्थानमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुने महाशाखाको पूर्वानुमान रहेको छ।

मन्त्रालयका प्रमुख विशेषज्ञ डा रोशन पोखरेलले एक महिनामा एक लाख २८ हजार सङ्क्रमित बढेको जानकारी दिँदै सबैको प्रयासबाट नै सङ्क्रमण…

आज (मंगलबार) अस्पतालले प्रेस विज्ञप्ति जारी गरी दिएको जानकारी अनुसार पूर्वराजा शाहको २ दिनअघि पुनः स्वाब परीक्षण गरिएको र त्यसको…

प्रयोगशालाका लागि आवश्यक सामग्रीको अभावमा अस्पतालले परीक्षण रोकेको अस्पताल प्रशासन स्रोतले जानकारी दिएकाे छ ।

 बैठकले राष्ट्रिय प्राथमिकताप्राप्त विकास आयोजना बाहेकका सबै निर्माण कार्य पनि रोक्ने निर्णय गरेको छ । साथै अबको निषेधाज्ञा  थप कडा…

सहभागी प्रशिक्षार्थीहरुमा डेनमार्क, बेल्जियम, स्पेन, स्वीडेनलगायतका युरोपेली मुलुकमा रोजगारी तथा अध्ययनमा रहेका १८ युवा रहेको क्षेत्रीय सञ्चार स्रोत केन्द्र विराटनगरका…