Logo बैशाख २८, २०७८ मंगलबार


भ्रष्टाचार नियन्त्रणको काम विगतभन्दा प्रभावकारी हुन्छ : अख्तियार प्रमुख

काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचार नियन्त्रणको कामलाई विगतको भन्दा प्रभावकारी बनाउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । घट्टेकुलो समाजले शनिबार आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै प्रमुख आयुक्त राईले नागरिक समाज र जनताको अपेक्षा अनुसार भ्रष्टाचार न्यूनीकरण र नियन्त्रणका लागि अहिलेसम्म भएको कामहरुभन्दा बढी प्रभावकारी ढङ्गले काम गर्ने बताउनुभएको हो ।

नागरिकको अपेक्षा र मिडियाले उठाएका विषयहरुलाई संविधान, अख्तियार दुरुपयोग अनुसन्धान आयोग सम्बन्धी ऐन र भ्रष्ट्राचार निवारण गर्ने ऐनको दायराभित्र रहेर विधि प्रक्रिया र कानून सम्मत ढङ्गले काम गर्ने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘नागरिक समाज र जनताले पनि अपेक्षा के गरेका छन् भने भ्रष्ट्राचारलाई न्यूनीकरण, नियन्त्रण गर्नुपर्यो । यहाँ धेरै भ्रष्ट्राचार व्याप्त छ भन्ने आवाजहरु उठाइराख्नु भएको छ । त्यो आवाजलाई मेरो कार्यकालमा मेले विगतमा जुन प्रकारको भ्रष्ट्राचार नियन्त्रणमा कामकारबाही भइराखेको थियो अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा त्योभन्दा प्रभावकारी ढंगले यसलाई लैजाने मेरो प्रण रहने प्रतिवद्धता व्यक्त गर्न चाहन्छु ।’

नगारिककाे अपेक्षा र मिडियाले उठाएकाे विषयवस्तु अनुरूप काम गर्ने बताउनु हुन्दै उहाँले भन्नुभयाे, ‘नागरिकहरुले जुन अपेक्षा गर्नुभएको छ र मिडियाले जुन विषयवस्तु उठाईराख्नु भएको छ त्यो विषयमा मैले संविधानले दिएको दायराभित्र र अख्तियार दुरुपयोग अनुसन्धान आयोग र भ्रष्ट्राचार निवारण गर्ने ऐनको दायराभित्र रहेर विधि, प्रक्रिया र कानून सम्मत तरिकाले भ्रष्ट्राचार नियन्त्रण गर्ने र जनताको अपेक्षा अनुसारको भ्रष्ट्राचार नियन्त्रण गरेर देखाउने मेरो प्रण रहने पनि यहाँ व्यक्त गर्न चाहन्छु ।’

प्रमुख आयुक्त राईले तथ्य र प्रमाणको आधारमा कुनैपनि भ्रष्ट्राचारीलाई कारबाही गर्न पछि नहट्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभएको छ । यस्तै निर्दोश व्यक्तिलाई भ्रष्ट्राचारको दायराभित्र ल्याउने कुनैपनि व्यक्तिलाई पनि कारबाही गर्ने बताउनुभयो । उहाँले भन्नुभयो ‘मेरो कार्यकालमा भ्रष्ट्राचारको तथ्य र प्रमाणका आधारमा कसैलाई पनि कारबाही गर्न पछि हट्ने छैन तर निर्दोश व्यक्तिलाई यदि कोही निर्दोश छ भने उसलाई भ्रष्ट्राचारको दायराभित्र ल्याउनेलाई पनि बचाउने क्रियाकलाप रहने छैन । विनापूर्वाग्रह कानून, विधि र प्रक्रियामा रहेर मैले कुनैपनि भ्रष्ट्राचार नियन्त्रणको काम कारबाहीलाई अगाडि बढाउन प्रतिवद्धता पनि तपाईहरुको सामु व्यक्त गर्दछु । मलाई तपाईहरुले यस्तो सम्मान दिनुभएको छ त्यो सम्मानलाई जोगाएर राख्नेछु र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इतिहासमै भ्रष्ट्राचार नियन्त्रणको क्षेत्रमा प्रभावकारी र उत्कृष्ट काम गरेर जाने प्रयास मेरो रहनेछ ।’

विना पूर्वाग्रह कानून, विधि र प्रक्रियामा रहेर भ्रष्ट्राचार नियन्त्रणको कामकारबाहीलाई अगाडि बढाउने प्रतिवद्धता समेत व्यक्त गर्नुभएको छ । आयोगको इतिहासमै भ्रष्ट्राचार नियन्त्रणको क्षेत्रमा प्रभावकारी र उत्कृष्ट काम गरेर जाने प्रयास गर्ने पनि प्रमुख आयुक्त राईले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

देशका केही स्थानमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुने महाशाखाको पूर्वानुमान रहेको छ।

मन्त्रालयका प्रमुख विशेषज्ञ डा रोशन पोखरेलले एक महिनामा एक लाख २८ हजार सङ्क्रमित बढेको जानकारी दिँदै सबैको प्रयासबाट नै सङ्क्रमण…

आज (मंगलबार) अस्पतालले प्रेस विज्ञप्ति जारी गरी दिएको जानकारी अनुसार पूर्वराजा शाहको २ दिनअघि पुनः स्वाब परीक्षण गरिएको र त्यसको…

प्रयोगशालाका लागि आवश्यक सामग्रीको अभावमा अस्पतालले परीक्षण रोकेको अस्पताल प्रशासन स्रोतले जानकारी दिएकाे छ ।

 बैठकले राष्ट्रिय प्राथमिकताप्राप्त विकास आयोजना बाहेकका सबै निर्माण कार्य पनि रोक्ने निर्णय गरेको छ । साथै अबको निषेधाज्ञा  थप कडा…

सहभागी प्रशिक्षार्थीहरुमा डेनमार्क, बेल्जियम, स्पेन, स्वीडेनलगायतका युरोपेली मुलुकमा रोजगारी तथा अध्ययनमा रहेका १८ युवा रहेको क्षेत्रीय सञ्चार स्रोत केन्द्र विराटनगरका…