Logo बैशाख २८, २०७८ मंगलबार


अस्पताल बनाउन १२ रोपनी जग्गा दान

शिब बोहोरा
म्याग्दी । अन्नपूर्ण गाउँपालिका–१ दोवाका बासिन्दाले अस्पताल निर्माण गर्न १२ रोपनी भन्दा बढी जग्गा दान गरेका छन् । संघीय सरकारको “एक पालिका, एक अस्पताल” योजना कार्यान्वयनका लागि स्थानीयले दोवा र मारका गाउँको बीचमा पर्ने १२ रोपनी सात आना दुई दाम क्षेत्रफलको जग्गा निशुल्क उपलब्ध गराएका हुन् ।

स्थानीयबासीले निशुल्क उपलब्ध गराएको जग्गाको माटो परीक्षण र विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पारेर पर्वाधार निर्माणका लागि ठेक्का प्रक्रिया अघि बढाएको गाउँपालिकाले जनाएको छ । दोवाका वडाध्यक्ष दिलिपकुमार गर्बुजाका अनुसार नौप्रसाद पुर्जाले एक रोपनी ३ पैसा, यादवबहादुर गर्बुजाले १ रोपनी ८ आना, गमबहादुर गर्बुजाले एक रोपनी १० आना, अमरबहादुर गर्बुजाले ५ रोपनी ४ आना, घमती पुर्जाले १३ आना, कर्णबहादुर पुर्जाले २ रोपनी २ आना र टिकाबहादुर पुर्जाले साढे २ आना जग्गा निशुल्क उपलब्ध गराउनुभएको हो ।

“कार्यपालिकाको बैठकले दोवामा पालिकास्तरीय अस्पताल बनाउने सर्वसम्मत निर्णय गरेपछि वडास्तरमा निशुल्क जग्गा उपलब्ध गराउन प्रस्ताव आव्हान गरेका थियाँै,” वडाध्यक्ष गर्बुजाले भन्नुभयो “स्थानीयले उपलब्ध गराएको मध्य मापदण्ड पुग्ने र उपयुक्त मानिएको ठाउँमा जग्गामा अस्पताल बनाउने प्रक्रिया अघि बढेको छ ।”

अस्पताल निर्माणस्थल बेनी–जोमसोम सडक देखि चार किलोमिटर भित्र पर्छ । मुख्य सडकदेखि दोवा जोड्ने सडकलाई स्तरोन्निति गरेर पालिकाका सबै वडाका बासिन्दा, सडकमा यात्रा गर्ने यात्रु र पर्यटकलाई सुबिधा दिन सकिने वडाध्यक्ष गर्बुजाले बताउनुभयो । वाइट स्थानीयले उपलब्ध गराएको जग्गाको स्थानीय बजार मूल्य एक करोड भन्दा बढी छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अन्नपूर्ण गाउँपालिकालाई क्षमताको अस्पताल निर्माण गर्न चालु आर्थिक वर्ष २०७७÷०७८ मा ७० लाख पठाएको थियो ।

जग्गा ब्यवस्थापनसहित पूर्वाधार बनाउन डिपिआर अनुसार ठेक्का आव्हान गरिएको गाउँपालिकाका इञ्जिनियर इश्वरबहादुर भण्डारीले बताउनुभयो । म्याग्दीका अन्य स्थानीय तहहरुले पनि अस्पताल निर्माणको प्रक्रिया अघि बढाएका छन् । धवलागिरी गाउँपालिकाले ताकममा र मंगला गाउँपालिकाले अर्मनको हाँडेभिरमा अस्पताल बनाउन ठेक्का प्रक्रिया अघि बढाएको छ । रघुगंगा गाउँपालिकाले बेगमा अस्पताल बनाउने निर्णय गरेर प्रक्रिया अघि बढाएको छ ।

बेनी नगरपालिमा जिल्लास्तरीय बेनी अस्पताल छ । मालिका गाउँपालिकाको केन्द्र दरवाङको प्राथमिक स्वास्थ्य केन्द्रलाई अस्पतालमा स्तरोन्निति गर्ने सरकारले हालै निर्णय गरेको छ । संघीय सरकारले सबै स्थानीय तहमा पाँच देखि १५ शैया क्षमताको अस्पताल स्थापना गर्ने कार्यक्रम अघि बढाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष

देशका केही स्थानमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुने महाशाखाको पूर्वानुमान रहेको छ।

मन्त्रालयका प्रमुख विशेषज्ञ डा रोशन पोखरेलले एक महिनामा एक लाख २८ हजार सङ्क्रमित बढेको जानकारी दिँदै सबैको प्रयासबाट नै सङ्क्रमण…

आज (मंगलबार) अस्पतालले प्रेस विज्ञप्ति जारी गरी दिएको जानकारी अनुसार पूर्वराजा शाहको २ दिनअघि पुनः स्वाब परीक्षण गरिएको र त्यसको…

प्रयोगशालाका लागि आवश्यक सामग्रीको अभावमा अस्पतालले परीक्षण रोकेको अस्पताल प्रशासन स्रोतले जानकारी दिएकाे छ ।

 बैठकले राष्ट्रिय प्राथमिकताप्राप्त विकास आयोजना बाहेकका सबै निर्माण कार्य पनि रोक्ने निर्णय गरेको छ । साथै अबको निषेधाज्ञा  थप कडा…

सहभागी प्रशिक्षार्थीहरुमा डेनमार्क, बेल्जियम, स्पेन, स्वीडेनलगायतका युरोपेली मुलुकमा रोजगारी तथा अध्ययनमा रहेका १८ युवा रहेको क्षेत्रीय सञ्चार स्रोत केन्द्र विराटनगरका…